• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ३. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ४. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ५. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

सम्झनामा ‘गौमुखी’


  •   आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
  • स्मृती घर्ती मगर, प्युठान ।
    नयाँ बर्ष २०७६ सालको पहिलो दिन। सबै जना जताततै नयाँ बर्षलाई जिवन्त राख्ने कोसिसमा थिए। हामीलाई पनि नयाँ ठाउँ घुम्ने र त्यहाँको परिवेश बारे जानकारी लिने अबसर जुटेको थियो। हामी त्यसदिन प्युठान जिल्लाको दोस्रो ठूलो धार्मिक गन्तव्य ‘गौमुखी’ यात्राको तयारीमा थियौं। नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठान र गौमुखी गाउँपालिकाको आयोजनामा हुन लागिरहेको कार्यक्रम “गौमुखी मिडिया सम्मेलन” मा सहभागी हुनका निमित्त हामी त्यहाँको यात्रा तय गर्दै थियौं। अघिल्लो दिन गराइएको सुचना अनुसार ‘गौमुखी’ यात्राको लागि हामी बस्ने कोठाबाट साथी शोभा र म बिहान ११ बजेतिर निस्कियौ। गौमुखी जाने भनेपछी मनमा छुट्टै उत्सुकता, खुसी र प्रश्नहरु सहित मन पुरै फुरुङ्ग थियो। साच्ची कतिबेला पुगिएला? ठाउँ कस्तो होला? बाटो कस्तो होला?, यस्तै- यस्तै प्रश्न मनमा खेलाउदै मित्रमणी चोक पुगियो। त्यहाँ गएर पनि अन्य साथीहरुलाई केही समय कुर्नु पर्यो। सायद, मध्यान्हको १२ बजेको थियो होला, जुम्रीबाट गौमुखी सम्म जानको लागि रिजर्भ गरिएको बस मित्रमणी चोक आइपुग्यो। त्यो बैशाख महिनाको तातो घाम सहनै नसकी एउटा पसलमा गइ बसेका थियौं , शोभा र म। बस त्यहाँ आउनासाथ बोम दादाले मलाई तिमीहरु कहाँ छौ? छिटो आउ? भनेर फोन गर्नु भो। हामी नजिकै थियौं। बसमा आईहाल्यौ। सबै अग्रज पत्रकारहरू सिटमा बसिसक्नु भएको थियो। हामी पछि ५/६ नम्बरको सिटमा गएर बस्यौं। त्यहाँबाट बस छुट्यो। साच्ची फुरुङ्ग थियो मन। हिजो सम्म अरुले भनेको आधारमा गौमुखीको बर्णन गर्दै आएका हामी, आज साच्ची त्यही ठाउँमा पुग्दै थियौं।।
    प्युठानको ठुलाबेशीदेखि अगाडी नगएको मान्छे म। पहिलो पटक गौमुखी जाँदै थिए। बसमा भएका प्राय: हामी गौमुखी पहिलो पटकनै जाँदै थियौं। बसमा गरिएको त्यो रमाइलो, आहा! साच्चिकै रमाइलो पल थियो त्यो दिन। बाटोमा रमाइलो गर्दै गयौं। अर्खाको त्यो गाउँमा पुगेपछी बाटो असजिलो भएका कारण केही समय हिड्नु पर्ने भयो। हामी सबै जना बसबाट ओर्लियौ। बिजुवारबाट लगिएका सामानहरु बसबाट झार्यौ। बस त्यहीँबाट फर्कियो। हाम्रो टोलि भने पैदलमार्ग हुँदै अगाडी बढ्यो। छोटो बाटो जाने भन्दै साथीहरुले हामीलाई पनि पुलको बाटो लिएर गए। उहाँहरुलाई के थाहा? मलाई पुल भने पछि डर लाग्छ भन्ने कुरो। बल्ल- बल्ल गैयो। त्यही पनि साथीहरुको साहारामा। पुल तरेर अगाडी गएपछी मात्र लामो सास फेरियो। पुलभरी भगवानको नाम जप्दै, आँखा चिम्लेर गयो। अनि मात्र लाग्यो ‘मान्छेले सुखमा भन्दा पनि दुखमा भगवान सम्झन्छ भन्ने कुरो यथार्थ हो।’ त्यसपछि हामी करिब दिउँसोको ४ बजेतिर अर्खाको ‘शवरा’ भन्ने गाउँमा पुग्यौं। सबैजना ३/४ घण्टाको बसको यात्रा र झन्डै आधा घण्टा सम्म हिडेर गएकाले थकानका कारण अलि असजिलो महसुस गरिरहेका थियौ। र पनि नयाँ ठाउँको स्पर्शले ती थकान ताढिदै गए जस्तो लाग्यो। शवराको चिसो पानी पिएपछी तिर्खा सङ्गै थकान पनि मेटियो।।
    यसै क्रममा शशी दादा आउनु भो। गौमुखी दर्शनको लागि सबैजना भोलि बिहान मात्र जाने कुरा पनि सुनाउनु भयो। र, हामीलाई बास बस्ने ब्यबस्था गरिएको घर सम्म लिएर जानु भो। त्यहाँ पुगेर हात, खुट्टा धोयौ। हामी बस्ने कोठा सफा हुँदै थिए। हामी एकछिन अलि पर बारिमा गएर घुम्यौ। फेरि कोठामा फर्कियौ। अनि सबैजना मिलेर अलि माथीतिर घुम्न गयौं। त्यतिबेला सम्म सुन्दर अनि मिलेर बसेको त्यो शवरा गाउँलाई अधेरीको पछ्यौराले छोपीसकेको थियो। कतै फुल खेल्दै गरेका मुरुला गहुँले हामीलाई मुस्कुराउदै स्वागत गरेको जस्तो लाग्थ्यो त, कतै भर्खर उम्रीएका दुईपाते मकैले हात हल्लाउदै बोलाए जस्तो लाग्थ्यो। चरिहरु पनि बास बस्नको लागि आफ्नो गुँडतिर फर्किसकेका थिए। हामी पनि कोठातिर फर्कियौ। बेलुकीको १० बजेतिर खाना तयार भयो। खानामा कुखुराको मासु र कोदोको ढिंडो बनेको रैछ। सबैजनाले खानु भयो। मैले पनि त्यहाँ स्थानिय रुपमै उत्पादित मसुरोको दालसङ्ग भात खाए। निकै मिठो स्वादमा बनाएको त्यो खाना, पेट अघायो तर मन भने अघाएन। यस्तैमा हाम्रो टोलिले राती ११ बजे सम्म नाचगान गरि रमाइलो गर्यौ। त्यसपछी भोलि बिहानको सुनौलो दिनको प्रतीक्षा गर्दै बिस्तारामा पल्तियौ।।
    अर्को दिन बैशाख २ गते बिहान ५:३० बजेतिर सबै जना उठ्यौ। हात, मुख धोइवरी, पुजाको सामान किनेर गौमुखी दर्शनको लागि यात्रा तय गरियो। त्यो झन्डै एक घण्टाको उकालो बाटो हिडेर झिम्रुक नदिको उद्गमस्थल गौमुखी पुगियो। त्यो साँघुरो अनि भिरको बाटो भएपनी साथिहरु सङ्ग रमाईला गफ गर्दै हिड्नुको मज्जा नै छुट्टै थियो। त्यहाँ, पुगियो आहा ‘गौमुखी’। साच्ची मैले सोचेको भन्दा पनि सुन्दर र रमणीय छौ गौमुखी। म त जिउदै स्वर्ग पुगेको अनुभव गरे। माथीबाट निश्चल रुपमा झरिरहेको झरना, त्यै झरना सुसाएको मनमोहक आवाज, चराहरुको चिरबिर आवाज अनि त्यो मनै लोभ्याउने प्रकृति। म त साच्ची ती परिदृश्यको अगाडी मोहित हुन पुगे। त्यहाँ पुगेपछी गाईको मुखबाट झरेको पानीले नुहाएपछी सबै पाप पखालिन्छ भन्ने सुनेकी थिए। हामी भन्दा अगाडी पुगेका साथीहरु कतिले नुहाउदै, कतिले पुजा गर्दै हुनुहुन्थ्यो भने कति साथीहरु भिडियो बनाउन ब्यष्ट हुनुहुन्थ्यो। हामी पनि त्यहाँ पुग्यौं। पुजा गर्यौ, गुफा भित्र गएर गाईको मुख आकृतीको छहराबाट झरेको पानीले नुहायौ। एकाबिहानै त्यो चिसो पानीले नुहाउदा निकै चिसो त भयो नै निकै रमाइलो पनि भयो, साथमा मनमा उब्जिएका केही जिग्यासाहरु पनि मेटिए। नुहाएर, पुजा गरिसके पछि हाम्रो लागि भन्दै त्यही खोलामा स्थानियहरुले नास्ताको ब्यबस्था गर्दिनु भएको रैछ। अर्निको (नास्ता) रुपमा कालो चिया, घिउमा नुन राखेर भुटेको मकै, भटमास थियो। आहा! कति मीठो थियो त्यो अर्नि। त्यो खोलाको छेउमा बसेर सबै साथीहरु सङ्ग त्यसरी अर्नि खाँदा आफुले पहिले गाउँमा छदा आमाले बनाएको अर्निको याद आयो। त्यसपछि सबैजना साथीहरु फेरि ठुलाचौरमा हुने ” गौमुखी मिडिया सम्मेलन” को लागि हिडियो।।
    फेरि १ घण्टा पछि ठुलाचौर आइपुगियो। त्यहाँ आएर स्थानिय स्दादमा बनाइएको खाना खायौं। खाना खाएर कार्यक्रममा आयौं। कार्यक्रमकै लागि माननीय सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल प्रसाद बास्कोटा, नेकपाका केन्दृय सदस्री तथा बौद्धिक युवा नेता सुर्य थापा लगायत स्थानिय तहका प्रतिनिधि, केन्दृय सञ्चार माध्यममा आवद्ध पत्रकारहरु, विभिन्न जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो। बिभिन्न मौलिक भाषा, कला, संस्कृती, भेषभुषा, रितिरिवाज र पहिचान बोकेको प्युठानका ठाउँहरु मध्ये गौमुखीको अर्खा पनि हो। साच्ची प्रकृतिले भरिपुर्ण त्यो ठाउँमा गौमुखी जस्तो धार्मिक तथा पर्यटकिय तिर्थस्थल हुनु पनि शौभाग्यको कुरो हो। गौमुखी जाने बाटोमा पर्यटकलाई दुर्घटनाको डर नहोस भन्ने उद्देश्यले रेलिङहरु राखिएको छ। अझै बाटो ब्यबस्थित बनाउनको लागि निर्माणकार्य पनि भैरहेको छ। यो अत्यन्त खुसीको कुरो पनि हो।

    Advertisement

    आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ३.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ३.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ७.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ८.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...