• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ८. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ९. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

  • १०. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मी महोत्सव सम्पन्न गर्न १२ वटा संस्था एक जुट


  •   आइतबार, चैत १०, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । गुल्मीमा सञ्चालन प्रथम सांस्कृतिक तथा पर्यटयन महोत्सब एवं ब्यापार मेलाको तयारीलाई तिब्र पारिएको छ ।
    जिल्लामा रहेको गुल्मी चेम्बर अफ कर्मसले यहि चैत २० गते देखी ३० गते सम्म महोत्सव सञ्चालन गर्दैछ । महोत्सव सम्पन्न गर्न गुल्मी जिल्ला स्थित बिभिन्न १२ वटा संस्था एक जुट भएका छन् । जिल्लामा रहेका बिभिन्न क्षेत्रमा काम गर्दै आइरहेका संस्थाहरुले महोत्सवलाई सम्पन्न गर्न एक जुट भएका हुन् ।
    बिभिन्न संस्थाबाट एक जुट भएका संस्थाका पदाधिकारीले महोत्सवलाई सम्पन्न गर्न गठित १९ वटा उपसमितिहरुमा रहेर कामलाई तिब्र पारेका छन् । मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी र गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् ।
    सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, अर्जुन युवा क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् ।
    गुल्मी महोत्सवमा मायाको चिनो गुल्मीको कफी र गुड
    महोत्सवमा अतिथीलाई प्रदान गरिने मायाको चिनोमा गुल्मीको कफी र गुल्मीकै प्रसिद गुड दिइने भएको छ । नेपाल र नेपाल बाहिर परिचित मानिने गुल्मीको अर्गानिक कफी र गुड अतिथिलाई प्रदान गरिने मायाको चिनो स्वरुप प्रदान गरिने भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।
    गुल्मी जिल्लामा उत्पादन भएका बस्तुलाई अन्य जिल्लाहरुमा प्रचासप्रसार गर्ने उदेश्य स्वरुप मायाको चिनो स्वरुप प्रदान गरिने भुसालले बताए । महोत्सवबाट गुल्मीमा उत्पादन हुने कफी र गुडलाई बजारी करणमा पनि सहयोग गर्ने उदेश्यले मायाको चिनोमा प्रदान गरिने अन्य बस्तु भन्दा गुल्मीकै उत्पादन दिने निर्णय गरिएको सह–संयोजक भुसालले बताए ।
    महोत्सवको मिति नजिक थालेसँगै महोत्सव हुने स्थल चिदिचौर खेल मैदानमा व्यापारिक स्टल निर्माणको काम पनि सुरु भएको छ । महोत्समा राखिने रमाइलो मेला पिङ्ग लगायत बिभिन्न मनोरञ्जनात्म सामाग्रीहरु पनि महोत्सव हुने स्थल चिदिचौरमा तयार गरिदै गरेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरुले आ–आफ्ना महोत्सव लक्षित गतिबिधीलाई बढाएसँगै महोत्सवको तयारी तिब्र बन्दै गएको हो ।
    गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ ।
    २ सय ३० वटा स्टल रहने
    प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा २ सय ३० वटा स्टल रहने भएका छन् । तम्घासको चिदिचौर खेल मैदानमा चल्ने महोसत्वमा कुल स्टल २ सय ३० मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर राख्ने काम भइरहेको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको बुढाथोकीले बताए । बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ ।
    नृत्य प्रतियोगिता हुने
    मेलामा खुल्ला समुहगत नृत्य प्रतियोगिता हुने भएको महोत्सव मुल आयोजक साँस्कृतिक कार्यक्रम संयोजक सन्तु थापाले बताए । महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको संयोजक थापाले बताए ।
    प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११, तृतिय हुनेलाई २१ हजार १ सय ११ रुपौयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सान्तवना हुनेलाई ११ हजार एक सय ११ र सहभागितलाई पनि प्रमाण पत्रको व्यवस्था गरिएको संयोजक थापाले बताए ।
    खादा र ब्याच प्रयोगमा निषेध गरिने
    गुल्मीमा हुन लागेको महोत्सवमा कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको छ । जिल्लामा उत्पादन भएका फूलका मालाहरुलाई मात्रै प्रयोग ल्याइने भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।
    महोत्सवमा अतिथिलाई प्रयोग गरिने ब्याच को सट्टामा पिपलको पात प्रयोग गरिने खादाको सट्टामा स्थानिय फूलका मालाहरु मात्रै प्रयोग गरिने भएको भुसालले बताए । महोत्सवमा जिल्लामा उत्पादन भएका धेरैजसो बस्तुहरु र यहाँको बिशेष मौलितालाई देखाउने उदेश्यले कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको आयोजकले जनाएको छ ।
    अतिथिलाई सत्कार गर्ने बाहनामा जिल्लामा रहेका फूलहरु पनि प्रयोग नगरिने र जिल्ला बाहिरबाट ल्याएर कृतिम मालाहरु र अन्य प्रयोग नगर्ने निर्णय गरिएको सह–संयोजक भुसालले बताए ।
    जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए । महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ ।
    जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए । मेलामा झण्डै ५ दर्जन वढि नेपालका ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

    Advertisement

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास
    निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा
    कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन
    झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव
    प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ
    दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    • २.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • ४.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • ५.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ६.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • ७.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ८.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation