• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लैंगिक समानताका लागि समान सोच र ब्यवहार


  •   शनिबार, चैत ०२, २०७५ मा प्रकाशित
  • –हीरा कुवँर ÷तम्घास गुल्मी
    जिन्दगीमा पहिलोपटक आमा बन्दाको अनुभव लिदै थिए । प्रवास मेडिकल कलेजको १२ नम्बर क्याबिनमा नवजात शिशुलाई काखमा राखी दुध चुसाँउदै थिएँ म । साथमा श्रीमान् हिरा ए.सी. अनि बहिनी कला । २०७१ साल असार २५ गते दिउँसो २ः३० बजे पहिलोपटक बच्चालाई यस सुन्दर धर्तीमा पाइला टेकाउन पाउँदा प्रफुल्ल मनले प्रसवपीडाको अनुभवलाई कम गर्दै थियो । अपरेसनबाट बच्चा जन्मिएको हुनाले एक हप्ता अस्पतालमै बस्नुपर्यो । त्यसबीचमा मोबाइलमा सयौं घण्टीहरु बज्थे आफन्त र साथीभाइका । हिराजीको र मेरा चिनजानका व्यक्तिहरु करीब एउटै भएको हुनाले पनि दुवैका फोनहरु उहाँकै मोबाइलमा आउँथे ।
    एकजना सामाजिक अगुवा र वरिष्ठ व्यक्तित्व काम विशेषले अस्पतालमा जानुभएको रहेछ । हाम्रो खबर थाहा पाएपछि बधाईका लागि हामी बसेको क्याबिनमा जानुभो र दुवैजनालाई बधाई छ भन्नुभयो । छोरा वा छोरी भनेर सोधेर छोरा भन्ने थाहा पाएपछि हिराजीसंग दोस्रो्रपटक जोसिलो पारामा फेरी हात मिलाउँदै भन्नुभयो लौ त्यसोभए फेरी पनि बधाई छ , भोज खानुपर्यो । अस्पतालको बेडमा सुतिरहेकी आमाको मन भने चसक्क भो । समाज परिवर्तन र समानताका लागि लडिरहेको एक परिपक्व राजनीतिज्ञमा पनि छोरा र छोरीबीचको विभेदको मानसिकता कति बलियो गरी बसेको रहेछ । मनले आफैंसंग प्रश्न सोधिरह्यो बेजोडसंग । सायद छोरी जन्मिएको भए त्यो दोस्रोपटकको बधाई र भोजको अनुरोध आउँथ्यो वा आउँथेन त्यो मलाई थाहा भएन । मनको कुरा मनमै रह्यो, प्रश्न अनुत्तरित नै रह्यो।
    हामीले हाम्रो दैनिकीमा यी र यस्ता कैयौं व्यवहारहरु गरिरहन्छौं, जुन व्यवहार नियतबश नभएर सदियौंदेखि विकास भएको पितृसत्तात्मक सोचको कारण भइरहेका हुन्छन् । पितृसतात्मक सोच केवल पुरुषमा मात्र होइन, महिलामा पनि छ । छोरा र छोरीमा अभिभावकले गर्ने फरक व्यवहार, अवसरमा भिन्नता, घरायसी कामको जिम्मेवारीमा फरकपन यिनै स साना कुरामा हाम्रो सोच र ब्यवहार केन्द्रित छन् । भर्खरमात्रै १०९ औं अन्तराष्ट्रिय महिला दिवस “समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ देशभर मनाइएको छ । यस दिवसको नाराले पनि दिन खोजेको सन्देश यही हो । हाम्रो सोच अनि दैनिक रुपमा छोरा र छोरीबीच गरिने व्यवहार समान हुन जरुरी छ । जसले समाजको समृद्धिको आधार तयार पर्दछ ।
    नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । जसमा १) प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ २) महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ, ३) महिला विरुद्ध धार्मिक, सामाजिक ,सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनौवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ४) राज्यका सबै निकायमा महिलालाई समान्पातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ५) महिलालाई शिक्षा,स्वास्थ्य, रोजगारी र सामाजिक सुधारमा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ६) सम्पत्ति तथा पारीवारिक मामिलामा दम्पत्तिको समान हक हुनेछ भन्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख छ । अब सोचौं यति सुन्दर व्यवस्था संविधानले हामीलाई दिएको छ । साँच्चिकै व्यवहारिक कार्यान्वयन भएमा अब महिलाअधिकारको लागि छुट्टै वकालत गर्दै हिंड्न जरुरी छैन । यसबाहेक नेपालमा महिलाको पक्षमा बनेका अन्य थुप्रै कानुन, नीति, ऐनहरु छन् , जसले महिला र पुरुषको समान हैसियत कायम गर्नका लागि कानुनी आधार प्रदान गरेका छन् । तसर्थ कानुनी रुपमा नेपाली महिलाहरुका लागि प्रशस्त व्यवस्थाहरु छन् । मुलुकी ऐन २०७४ ले पनि महिलाअधिकारको पक्षमा थुप्रै व्यवस्था गरेको छ । यद्यपि कार्यान्वयन भने अलिक कमजोर देखिन्छ ।
    तसर्थ अबको पालो व्यवहार अनि सोचमा समानताको हो । अहिले पनि नेपालका सुदुरपश्चिमी क्षेत्रमा छाउपडी प्रथाबाट महिलाहरु पीडित छन् । दाइजो प्रथाबाट महिलाहरु हिंसामा परिरहेका छन् । नेपाली समाजमा भएमा यस्ता थुप्रै कुसंस्कार कुरीती विरुद्धमा समुदायमा सचेतनाको माध्यमबाट सोचमा परिवर्तन ल्याउन जरुरी छ । लामो समयदेखि अँगाल्दै आइएका विभेदकारी चालचलन र प्रथाहरुको अन्त्यका लागि आम नागरिकले आफ्नो तर्फबाट वकालत र पैरवी गर्नु जरुरी छ ।
    हामीले छोरा र छोरीलाई दिने शिक्षा दिक्षा र अवसरमा समानता हुनुप¥यो । हामी अभिभावकले छोरालाई सकी नसकी महंगो स्कुल कलेजमा पढाउने तर छोरीलाई त्यो भन्दा सामान्य लगानीमा पढाउने अभ्यास नै गलत छ । साथै घरको कामको बोझ पनि छोराछोरीमा समान रुपमा दिन जरुरी छ । यद्यपि सबै अभिभावकमा यस्तो नहोला तर औसतमा यस्तै देखिन्छ ।

    Advertisement

    शनिबार, चैत ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation