• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ६. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • ७. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ८. भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

  • ९. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • १०. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

नेपाल मगर विद्यार्थी संघको विवाद किन सुल्झिएन ?


  •   सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
  • -विभिन्न राजनीतिक पार्टीका भातृ संघ, संगठनहरुले जसरी आफ्नो माउ पार्टीलाई सघाउ पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । त्यसरी नै देशका सिमान्तक्रित, वर्ग, समुदाय र साम्प्रदायिक एवं जातजातिका संघ, संघठनहरुले पनि आफ्नो मातृसंघलाई हरक्षेत्रबाट कमजोर हुन नदिन त्यतिकै अहम् भूमिका निभाएका हुन्छन् ।प्रत्येक राजनीतिक, वैचारिक वा जातिय माउ संगठनले हरेक क्षेत्रमा कार्य सम्पादन गर्दा आफूमुखी गर्न र गराउँन भातू संगठन लगाएतका कुनै न कुनै संगठन तय गरेको हुन्छ । तथापि तिनै भातृ संगठनको जोड बलले मातू संगठन जीवित, उर्जाशिल र क्षमतावान बनेका छन् । त्यो चाहे राजनीतिमा होस, चाहे कुनै वर्ग, साम्प्रदायिक संघ, संगठनमा होस् ।नेपाल मगर संघ मगर जातिको राष्ट्रिय संस्था हो । जसले इतिहास, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने गर्दछ । यो कुनै राजनीतिक छत्रछायाँमा हुर्के बढेको संघ भने होइन । यो केवल आफ्ना जातिका पहिचानका मुद्दाहरु राज्यमा स्थापित गर्ने विरुद्ध जातिय संघ हो । उसको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ राजनीतिबाट प्रभावित हुने कुरै भएन । यो तटस्थ संघ हो । जसले अनुकुल वा प्रतिकुल दुबै समय, परिस्थितिमा विद्यार्थीहरुको हकहितका निम्ती दवाव दिने प्रेसर ग्रुपका रुपमा काम भने गर्छ। तथापि वर्तमान परिप्रेक्षमा देशका प्रत्येक विद्यायलय, क्याम्पस र विश्वविद्यालयहरुमा नेपाल मगर संघको भातृृ संगठन नेपाल मगर विद्यार्थी संघले आफ्नो संघलाई विस्तार गर्ने सन्दर्भमा केही महिना अगाडि त्रिभुवन विश्वविद्यालय काठमाडौमा उक्त संघ गठन गर्यो । तर संघ गठन गर्दा विवाद बल्झियो ।नेपाली राजनीतिमा अन्यौल र अस्थिरता पैदा भईरहेको बेला आम नागरिक पनि अन्यौंलमा फसेका छन् । त्यही अन्यौंलबाट प्रभावित विभिन्न राजनीतिक दल र वर्ग, जाति, समुदायका संघ, संघगठनहरु पनि अन्यौलमा नै देखिन्छन् । पछिल्लो चरणमा यो स्वभाविक लाग्न थालेको छ । यही स्वभाविकताको बीचबाट नेपाल मगर विद्यार्थी संघ पनि अछुतो रहेन ।नेपाली उखान छ, ‘सानो–सानो गाउँको अनौठो नाउ ।’ यही उखान चरितार्थ भयो, नेपाल मगर विद्यार्थी संघमा । जातिय उत्पीडन एवं आफ्नो स्वायत्तताको जडमा बाँचेको मगर जाति, जसको एउटा मात्र विद्यार्थी संघ छ । त्यही संघ गठन गर्ने सन्दर्भमा देशभर विवाद देखिएन । तर, त्रिभुवन विश्वविद्यालय काठमाडौमा दुई जनाको नेतृत्वमा एउटा संघ गठन भयो । जुन कुरा कुनै पनि जातिय संघको विधानमा उल्लेख छैन ।सत्तारुढ दल (नेकपा) निकट धिरज घर्ती मगर र प्रतिपक्षी दल (नेपाली कांग्रेस र अन्य साना दलहरु) निकटबाट चानकाजी मगरको नेतृत्वमा उक्त संघ गठन भयो । यसले गर्दा विवादको विरासत चुलिदै भयो । आफ्नै जातिका मिल्ने साथीहरु बीचमा पनि वैचारिक विविधताले सम्बन्धमा दरार उत्पन्न भयो र विद्यार्थीहरुका मुद्दामा केन्द्रित हुनुभन्दा पनि आफ्नै विवादको उत्कर्षले संघ नै थिलोथिलो बन्न पुग्यो ।यही फागुन २३, २४ र २५ गते काठमाडौमा नेपाल मगर विद्यार्थी संघको महाधिवेशन सम्पन्न हुनेछ । जसको तयारी अन्तिम चरणमा पुगेको छ । यता देशकै जेठो एवं ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको हकमा भने केन्द्र मौन देखिएको छ । नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल थापा मगरले यो कुराकोबारेमा पूरै वेवास्था गरेको प्रष्ट देखिन्छ । किनकि त्रि.वि. मा देखिएको विवाद सावधान गर्ने जिम्मा मुलतः थापा मगरकै हो नि ! यहाँसम्म आईपुग्दा उनी मौन हुनुले उनको नियतमा खोट देखिन्छ भने यही कुराले उनको नैतिकता एवं बौद्धिकतामा यक्षप्रश्न खडा भएको छ ।आफ्नो छायाँमा हुर्के बढेको संघमाथि वेखबर हुनुले सिंगो संघप्रति उदासिन हुनुको तात्पर्य देखिन्छ । यसले गर्दा २३, २४ र २५ गते सम्पन्न हुने महाधिवेशनमा यही विवादले भयानक रुप लिन पनि सक्छ । यसबारेमा विवाद किन सुल्झिएन ?
    नरेश राना राजनीति शास्त्र विभाग त्रि.वि. काठमाडौं ।

    Advertisement

    सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ६.
      ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    भर्खरै

    • १.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • २.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ३.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ४.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    • ५.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • ६.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ७.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ८.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation