तेजेन्द्र बिएम, प्यूठान। गौमुखी गाउँपालिकाका एक जनाको शनिवार चट्याङ लागेर ज्यान गएको छ ।
Advertisement
गौमुखी गाउँपालिका वडा नं. ३ रजवारा निवासी ६७ बर्षिय धन बहादुर मल्लको मृत्यु भएको छ भने १४ बर्षीया सर्मिला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । धन बहादुर मल्लको शनीबार दिउसो ३ वजे घटनास्थलमै मृत्यु भएको थियो भने सर्मिला समान्य घाइते भएको उनको भनाई छ ।