रमेश गिरी,प्युठान ।
नेपाल प्रहरीकाे सक्रियतामा वडा स्तरीय लैङ्गिक हिंसा नियन्त्रण संजाल गठन भएकाे छ ।
प्युठान नगरपालिका वडा न.९ काे वडा कार्यालयमा अाज एक कार्यक्रम गरि वडा स्तरीय लैङ्गिक हिंसा नियन्त्रण संजाल समिती गठन गरिएको हो।प्रहरी चौकी मरन्ठानाका प्रहरी ईन्चार्ज टिकाराम कुवँरको संयोजक्तवमा गठित उक्त समितीको सदस्य सचिवमा वडा नम्बर ९ का सचीव ध्रुव बहादुर जिसी, कोषाध्यक्षमा कमला भारती र सदस्यहरूमा रमेश गिरी, रविन्द्र कुमार भण्डारी, रन्जना केसी, शुशिला घर्तीमगर, सरीता खड्का, सञ्चालिका सुनार रहेका छन। समाजमा देखा परेका विभिन्न सामाजिक विकृति तथा सामाजिक अपराधजन्य घटनाहरूलाई न्युनीकरण गर्ने, महिला माथि हुने हिंसा अन्त्य गर्नका लागि समाजमा जनचेतना फैलाउन वडा स्तरीय लैङ्गिक हिंसा नियन्त्रण संजाल गठन गरिएकाे हो ।
Advertisement