• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ३. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ४. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ५. खुट्टाले लेखेर ३.४० जिपिए

  • ६. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ७. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • १०. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

बाँके ट्राफिकले अब इन्टरनेटबाट सवारी चेकजाँच गर्ने


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • लामो दुरीका बसमा दुईजना चालक अनिवार्य

    Advertisement

    सागर थापा/महेन्द्र सिंह,बाँके।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अब तपाईको गाडी इन्टरनेटमार्फत चेकजाँज गर्नेछ । लामो दुरीका गाडीमा दुई जना चालक भए नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत चेकजाँच ‘ट्राफिक कम्युनिकेशन एप्स’बाटै हुनेछ ।सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । यो एप्सले तपाईले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो या भएन भन्ने चालकको तस्वीरसहितको सबै कुराको राख्नेछ । यदी तपाईले नियम पालना गर्नुभएको छैन भने एप्सको निर्देशनअनुसार कारबाही भोग्नुपर्ने हुनसक्छ ।तपाई कारबाहीबाट बच्न तपाईले ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशनअनुसार समयको पालना गर्नुपर्नेछ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको उक्त आज उद्घाटन समेत गरेको छ ।आगामी दिनमा लामो दूरीका सबै क्षेत्रमा सञ्चालन गर्ने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आज ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीमा कार्यक्रमको आयोजना गरी ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गरी आजैदेखि सञ्चालनमा ल्याएको छ ।प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । रोकायका अनुसार लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न पोष्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुङ्गा, प्रदेश–२ को सर्लाहीको कर्मैया र प्रदेश–५ को बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याइएको छ । ट्राफिक प्रहरी प्रमूख रोकायले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउनेछ ।’ ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा कोहलपुरको चप्परगौडीमा आयोजित कार्यक्रममा ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर रावतले एप्सले सवारी दुर्घटना न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ३.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ४.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ५.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ६.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु,

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...