• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

बाँके ट्राफिकले अब इन्टरनेटबाट सवारी चेकजाँच गर्ने


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • लामो दुरीका बसमा दुईजना चालक अनिवार्य

    Advertisement

    सागर थापा/महेन्द्र सिंह,बाँके।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अब तपाईको गाडी इन्टरनेटमार्फत चेकजाँज गर्नेछ । लामो दुरीका गाडीमा दुई जना चालक भए नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत चेकजाँच ‘ट्राफिक कम्युनिकेशन एप्स’बाटै हुनेछ ।सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । यो एप्सले तपाईले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो या भएन भन्ने चालकको तस्वीरसहितको सबै कुराको राख्नेछ । यदी तपाईले नियम पालना गर्नुभएको छैन भने एप्सको निर्देशनअनुसार कारबाही भोग्नुपर्ने हुनसक्छ ।तपाई कारबाहीबाट बच्न तपाईले ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशनअनुसार समयको पालना गर्नुपर्नेछ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको उक्त आज उद्घाटन समेत गरेको छ ।आगामी दिनमा लामो दूरीका सबै क्षेत्रमा सञ्चालन गर्ने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आज ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीमा कार्यक्रमको आयोजना गरी ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गरी आजैदेखि सञ्चालनमा ल्याएको छ ।प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । रोकायका अनुसार लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न पोष्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुङ्गा, प्रदेश–२ को सर्लाहीको कर्मैया र प्रदेश–५ को बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याइएको छ । ट्राफिक प्रहरी प्रमूख रोकायले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउनेछ ।’ ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा कोहलपुरको चप्परगौडीमा आयोजित कार्यक्रममा ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर रावतले एप्सले सवारी दुर्घटना न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    गुल्मीको भुर्तुङ्गमा बारम्बार मोबाइल नेटवर्क समस्या

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...