शरद रिजाल, रोल्पा । रोल्पा र प्युठानको सिमास्थल रोल्पाको चतुर्भुजमा तेस्रो ‘चतुर्भुज महोत्सब’ हुने भएको। लुङ्री र माडिको संगम पबित्र धार्मिकस्थल चतुर्भुजमा यहि माघ ५ गते देखि महोत्सव सुरु हुने भएको हो। फागुन ५ गतेसम्म चल्ने महोत्सबमा राष्टियस्तरका चर्चित लोकदोहोरी ,हास्य कलाकारहरुका साथै महानायक राजेश हमाल समेत आउने महोत्सब मुल आयोजक समितिका अध्यक्ष इमान बिस्टले बताए । महोत्सवले रोल्पाको कृषि तथा पर्यटन क्षेत्रको बिकासमा टेवा पुर्याउने रोल्पा उधोग बाणिज्य संघका अध्यक्ष विश्व चन्द बताउछन। महोत्सवले पबित्र धार्मिक स्थल चतुर्भुज सहित रोल्पाको अन्य पर्यटन तथा कृषीजन्य बस्तुको प्रचार प्रसार गर्न मद्दत पुर्याउने उनको बिश्वास छ । विभिन्न स्थानियस्तरमा उत्पादित कृषीजन्य उपज सहित अन्य व्यापारिक स्टल पनि महोत्सवमा राखिने छ । कृतिम हिमालको आरोहण र हेलिकप्टरद्वारा प्युठानको पबित्र धार्मिक स्थल स्वर्गद्वारिको दृश्याबलोकन महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको मेला आयोजक समितिका अध्यक्ष बिष्टले जनाए। रोल्पाको कला, सस्कृती र भेषभुषाको उजागर गर्ने गरि स्थानिय सास्कृतिलाइ महोत्सवमा प्राथमिक्ता दिइने महोत्सव मुल आयोजक समितीले कामना डेलीलाई बताएको हो।ल
रोल्पामा तेश्रो’ चतुर्भुज माण्डबी’ महोत्सब हुँदै
रोल्पामा तेश्रो’ चतुर्भुज माण्डबी’ महोत्सब हुँदै

Advertisement
तपाईको प्रतिक्रिया