राम बहादुर बिश्वकर्मा, प्युठान । मरन्ठानामा करेन्ट लागेर बुधवार दिउँसो एक महिलाको मृत्यु भएको छ । घर नजिकै बासको घास काट्ने क्रममा करेन्ट लाग्दा प्युठान नगरपालिका ९ सिमलगैराकी २४ बर्षीया निसा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।करेण्ट लागेर भण्डारीको घटनास्थलमै मृत्यु भएको मरन्ठाना प्रहरी कार्यालय इन्चार्ज टिका कुवरले जानकारी दिएका छन । आज दिउसो करिब २ बजे एक्कासि आगो लागेको देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए।
आबश्यक प्रक्रिया पुरा गरि मृतकको सवलाई पोष्टमार्टमका लागि प्युठान जिल्ला अस्पताल ल्याइने बताइएको छ ।
Advertisement