• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

लोकप्रिय समाचार

  • १. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • २. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ३. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • ४. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ५. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ६. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ७. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ८. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ९. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

‘रोजगारीको नयाँ गन्तव्य उद्यम विकास सहजकर्ता हो’ :अध्यक्ष पोख्रेल


  •   बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
  • प्रदेश न ५ अन्तर्गत बर्दियाको माटोमा हुर्के बढेका सागर पोख्रेल करिब एक दशक देखि सामाजिक सेवामा क्रीयाशील छन।उनी अहिले झिमरुक टेक्निकल कलेज प्युठानको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका छन ।पोख्रेल बिध्यार्थी जीवनकाल देखी नै सामाजिक क्षेत्रमा कृयाशिल रहे उनि एक कर्मठ, कर्तव्य निष्ठ तथा मिलनसार ब्याक्तिका रुपमा चिनिन्छ्न ।
    उनमा विभिन्न जिल्लाहरुमा उद्यम बिकासको क्षेत्रमा उद्यम बिकास सहजकर्ता, कार्यक्रम संयोजक तथा अध्यक्ष पदको जिम्मेवारी लिदै देशको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदान कसैले नकार्न नसक्ने लामो अनुभव छ।
    नेपालमा उद्यमशीलताको महत्वपूर्ण भूमिका रहेको कुरालाई दृष्टिगत गरी उद्यम बिकास सहजकर्ता मागको दाँजोमा आपूर्ति कम भएको अवस्था रहेको हुँदा बजार माग पूरा गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी उद्यम विकास सहजकर्ता तयार गरि रोजगार तथा स्वरोजगार प्रदान गराउने उद्देश्यले प्युठान जिल्लामा यस्तो कलेज स्थापना गरिएको बताउने पोख्रेल सङ्ग उद्यमशिलता बिकासको महत्त्व ,क्षेत्र र अवस्थासहितका विषयमा कामना डेलीका राम बहादुर बिश्वकर्माले गरेको कुराकानीको सारः

    Advertisement

    १.उद्दम बिकास सहजकर्ता भनेको के हो ?
    बताइदिनुस न ?

    उद्यम विकास सहजकर्ता उद्यम तथा व्यवसायको क्षेत्रका लागि आवश्यक जनशक्ति मानिन्छ । देशमा व्याप्त गरीबी तथा बेरोजगारी समस्या समाधानका लागि समेत यस्ता जनशक्तिको महत्वपूर्ण भूमिका हुने गर्छ । उद्यम व्यवसाय गर्न चाहने विपन्न समुदायका महिला, दलित गरीब तथा पिछडिएका वर्गलाई परामर्श, ज्ञान, सिप प्रदान गरी उद्यम व्यवसायमा प्रोत्साहित गर्न सामाजिक परिचालकको रुपमा यस्ता जनशक्ति सक्षम हुन्छन् । साथै उत्पादनको बजारीकरण, उपयुक्त प्रविधिको प्रयोग र संस्थागत विकासमा समेत तिनले सहयोग गर्छन् ।स्थानीय स्रोतसाधनको उपयोगबाटै रोजगारी सृजना हुँदा बेरोजगारी समस्या कम हुन्छ । स्थानीय कच्चापदार्थको प्रयोगबाट आयआर्जन बढाउन सके सम्बन्धित क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिन्छ । यस कार्यमा समेत उद्यम विकास सहजकर्ताले विशेष भूमिका निर्वाह गर्न सक्छन् ।

    २.यो शिक्षा हासिल गर्न कति योग्यता कति हुनु पर्दछ ?

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त यो कोर्स एसएलसी (अहिलेको एसईसी) उत्तीर्ण विद्यार्थीले पढ्न सक्छन् । साधारण शिक्षा अनतर्गतका पलस टु, ब्याचलर देखी माथी अध्ययन गरिसकेका बिध्यार्थीहरु पनि बेरोजगार भई बस्न बाध्यता हुने भएकाले यो शिक्षा अध्ययन पश्चात रोजगारका साथै स्वरोजगार उद्यमी बन्ने सकिने भएकाले यसको अध्ययन प्रती पछिल्लो समय यता बजारमा विद्यार्थीको आकर्षण जानुको साथै उद्यम विकास सहजकर्ताको सम्भावना पनि उत्तिकै बढ्दै गएको छ । यो विषय पढेकाहरूले सामाजिक परिचालनको माध्यमबाट रोजगार तथा स्वरोजगार बन्न चाहनेलाई उपयुक्त मार्गनिर्देश गर्दछ।

    ३. त्यसो भए सामाजिक परिचालक र उद्यम बिकास सहजकर्ता एउटै बिषय हुन ?

    उद्यम बिकास सहजकर्ताले सामाजिक परिचालनको माध्यमबाट उद्यम बिकासको काम गर्न सक्छन तर सामाजिक परिचालकले उद्यम बिकासको क्षेत्रमा काम गर्न सक्दैनन ब्यक्तिलाई उद्यम तिर अभिप्रेरित गराउन सामाजिक परिचालन आबश्यक पर्दछ ।
    उद्यम बिकास सहजकर्ता नेपालको गरीबी न्यूनीकरणका लागि प्रभावकारी भएकाले सरकारले २०६६ सालदेखि यो कार्यक्रम शुरू गरेको हो । यो विषय अध्ययन गरेपछि उद्योग मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयका साथै विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा रोजगारी पाउन सजिलो हुन्छ । साथै स्वरोजगार उद्यमी बन्न सकिने भएकाले यसको अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

    ४.किन यसको महत्व बढ्दै गैईरहेको छ ?

    नेपालमा रोजगारीको अवसर कम भएको भन्दै दिनहुँ १ हजार २ सय भन्दा बढी युवा बिदेशिन्छन् । तर स्वदेशमा नै सम्भावना पहिल्याउनेहरु पनि नभएका होइनन् । पछिल्लो समयमा सीप तथा प्राविधिक शिक्षा लिएका युवा स्वदेशमा नै बिदेशमा कमाए सरह आम्दानी गर्न थालेका छन् । अनी आफुसँग कुनै सीप भयो भने अवसर पनि पाईन्छ भन्ने चेतनाको विकास पनि हुँदै गएको छ ।
    धेरै क्षेत्रका सम्भावनाहरु मध्ये प्राविधिक एसएलसी(टी एसएलसी) भनिने उद्यम विकास सहजकर्ता अबको दिनका लागि राम्रो सम्भावना बोकेको प्राविधिक शिक्षा हो । यो बिषय पढेका बिद्यार्थीले व्यवसाय गर्न चाहनेलाई उपयुक्त बाटो देखाउने काम गर्दछन् । सिप विकास तालीम लिएर स्थानीय स्तरमै उद्यम गर्नेहरू पनि बढेका छन् । युवा पलायन रोक्न नेपाल सरकारले समेत सिप विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तो शिक्षा हासिल गरे पश्चात रोजगारी तथा स्वरोजगारी को ग्यारेन्टी हुने भएकाले यसको अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

    ५.प्युठान जिल्लामा यस्तो पढाईको सुरुवात गरिएको छ ,प्रतिक्रिय  के कस्ता पाईरहनुभाछ?

    यस्तो पढाई नेपालको गरीबी न्यूनीकरणका लागि प्रभावकारी भएकाले प्युठान जिल्लामा २०७२ सालमा विभिन्न निकायमा दर्ता गरि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त गरि सन्चालन गरिएको छ।
    हामीले जिल्लामा सरोकारवालाको बुझाई न्युन भएको बुझेका छौँ अहिले राज्यको संमरचना परिबर्तन भएको छ सबै कार्यालयहरु बिकेन्दृकरण भएका छन यहाँ स्थानीय श्रोत र साधन अत्याधिक छ्न यहाँका जनप्रतिनिधिले विभिन्न भौतिक बिकासलाई मात्र बिकास भन्ने तर शैक्षिक तथा उद्यमशिल क्षेत्रमा कम चासो दिएको पाइन्छ।
    यतिबेला सबैको मुखमुखमा आर्थिक समृद्धिका कुराहरु छन तर समृद्धिका कुनैपनी भिजन ल्याएको पाइदैन।

    ६. तपाईको कलेज बाट उत्पादित जनशक्ति कहाँ खपत हुन्छ्न ?
    यो विषय अध्ययन गरेपछि उद्योग मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयका साथै विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा रोजगारी पाउन सजिलो हुन्छ । साथै स्वरोजगार उद्यमी बन्ने सकिने भएकाले यसको अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।एक बर्ष अध्यापन गराइने यो शिक्षामा बिध्यार्थिहरुले सैद्धान्तिक ज्ञान प्राप्त गरि सोहि केलजमै प्रयोगात्मक ज्ञान तथा (ओ जे टि) को ब्यबस्था छ र बिध्यार्थी उत्तीर्ण पश्चात रोजगार तथा स्वरोजगार तर्फ लगाइन्छ ।
    ७.यस शिक्षा अध्ययन अन्तर्गत कस्ता बिषयहरु रहेका छ्न ?

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमीले तयार पारेको उद्यम विकास सहजकर्ताको पाठ्यक्रम अनुसार रोजगारका आधारभूत सिद्धान्त, साामाजिक परिचालन, उद्यमशीलता विकास, उद्यम विकास तालीम, प्राविधिक सिप विकास तालीम, लघुवित्तमा पहुँच , उपयुक्त प्रविधिको छनोट, सन्चार ,व्यावसायिक योजना ,कम्प्युटर वस्तुको बजारीकरण लगायत विषयमा तालिम तथा शिक्षा प्रदान गरिन्छ ।

    ८.यो शिक्षा अध्ययन पश्चात बिध्यार्थिको क्षेत्र कहाँ हो ?

    उद्यम विकास सहजकर्ता पढेका विद्यार्थीको अहिले सरकारी तथा गैरसरकारी संघसंस्थामा माग बढ्न थालेको छ । विभिन्न तालीम प्रदायक संस्थाले यस्तो जनशक्तिको खोजी गर्न थालेका छन् । नेपाल सरकारको उद्योग मन्त्रालयद्वारा सञ्चालित गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्न उद्यम विकास सहजकर्ता जनशक्ति आवश्यक पर्छ । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनमा आधारिक रोजगारी सृजना गरी बेरोजगारी घटाउन उद्योग मन्त्रालय र यूएनडीपीको सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमीले उद्यम विकास सहजकर्ताको पाठ्यक्रम तयार पारेको हो ।
    नेपाल सरकारले देशका प्रत्येक स्थानीय तहमा २/२ जना उद्यम बिकास सहजकर्ता राख्ने योजना प्रस्ताव गरेको छ । तर यो योजना कार्यान्वयनमा भनें आइसकेको छैन । यदि सरकारले यस योजनालाई कार्यान्वयनमा ल्याएमा जनशक्ति कम हुनेछ ।

    ९. कलेजबाट बिषयगत अन्य कार्यक्रम पनि सन्चालन गरिएको छ ?

    अहिलेको समय भनेको आधुनिक समय हो ,दिनप्रतिदिन बिश्वब्यापी रुपमा प्राबिधिको बिकास भैरहेको छ मानिस प्राविधिमैत्री बन्न चाहन्छ र रम्न चाहन्छ हुन पनि हो प्रबिधि बिना हरेक काम गर्न सकिदैन प्रबिधिले जुनैपनी काम सहज ,सरल प्रभावकारी तरिकाले सुसम्पन्न गर्न सकिन्छ त्यसैले प्रबिधिलाई प्रयोग गर्न सक्ने दक्ष ब्यक्ति बन्नु अहिलेको माग हो सोहि परिप्रेक्षलाई मध्यनजर गरि हामिले यतिमात्र होईन पशु सेवा प्राबिधिक ,कृषि , इलेक्टि्रकल ,कम्प्युटर ,मेसन ,पलम्बर,टेलरिङ्ग ,ब्युटिसियन लगायतका २४ वटा बिषयगत कार्यक्रमहरु सन्चालन गरेका छौँ ।
    १०.अहिलेसम्म कलेजमा कुन कुन जिल्लाबाट बिध्यार्थिको आगमन हुने गरेको छ नि ?

    मैले अगाडी नै प्रष्ट पारिसकेको छु यो समय प्रबिधियुक्त समय हो प्रबिधिको बिकास संगै मानिस दक्ष हुन उत्तिकै आबश्यक छ त्यसैले यतिबेला बिध्यार्थी ,अभिभावक साधारण शिक्षा अध्ययन गर्नुको सट्टा प्राबिधिक शिक्षा तर्फ आकर्षण बढेको छ त्यसमा पनि उद्यम बिकास सहजकर्ता तर्फ बिध्यार्थिको चाप अधिक हुने गरेको पाइन्छ ,अहिले यस कलेजमा प्युठान लगायत पाल्पा,गुल्मी ,रोल्पा, सुर्खेत ,दाङ बाट बिध्यार्थी को आगमन भएको छ।

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ४.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ५.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ६.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    भर्खरै

    • १.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • २.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ३.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ४.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ५.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    • ६.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • ७.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ८.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation