• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ३. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ४. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ५. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

सल्लेरी बनको सुन्दर ‘किमिचौरदह’ आउनुस घुम्न जाउँ!


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी (प्यूठान) — बस्तीको शिरमा अग्लो डाँडो। डाडाँको काखमा प्राकृतिक रुपमै बनेको दह । त्यसो त ‘चारैतिर डाँडै डाँडा छन। घना सल्लेरी वनले घेरिएको प्राकृतिक दहको दृष्य हेर्दा मन खुसीले फुरुङ्ग हुने गर्छ । सरुमारानीको चुलीबाट बाह्रै महिना हिमशृङ्खला देखि तराई मधेश र भारतका समथर फाँट र प्राकृतिक भू–वनोट हेर्न सकिन्छ। फागुन चैतमा फुल्ने लालिगुराँसले सिंगारिने दृश्यहरुको सौन्दर्य बयान गर्नुभन्दा पुगेरै अनुभव गर्न मज्जा हुन्छ । सरुमारानी गाउँपालिका–६ कुटिचौर गाउँको शिरमा रहेको पर्यटकीय ‘किमिचौर दह’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउछ्न । डाँडाको बिचमा रहेको दह रमणीय र आकर्षक भए पनि आन्तरिक पर्यटकको गन्तव्य बन्न सकेको छैन । प्रशस्त पर्यटकिय संभावना बोकेको तिरामको किमिचौर दह प्रचार–प्रचार र संरक्षण अभावले छायाँमा परेको छ । दहको आकर्षण अनुसार प्रचारप्रसार हुन नसकेको स्थानीयले बताए । ‘यसको संरक्षणमा कसैको ध्यान पुगेन,’ लालबहादुर रोकाले भने, ‘गाउँको पर्यटकीय क्षेत्रमा ध्यान जावस।’ यो दहले गाउँको सुन्दरता मात्र नदिएर स्थानीयलाई आवश्यक पानीसमेत अपूर्ति गर्दै आएको स्थानिय टंक बहादुर उलुङेले बताए । उनका अनुसार दहको पानी स्थानीयले कपडा धुन, गाईभैंसीलाई खुवाउन प्रयोग गर्छन् ।

    Advertisement

    सरुमारानीको लेक!

    बिशेष्ता

    वरिपरि सल्लेरिघारीको बिचमा अवस्थित यस दहमा प्रत्यक बर्षको पुस मसान्त र माघेसक्रान्तिको दिन विशेष मेला लाग्ने गर्छ।यस बाहेक अरु बेला पनि जिल्लाबासी मनोरन्जनका लागि बनभोजका लागि समेत यहाँ जाने गर्छन । पुस मसान्तको दिन यहाँ रातभर स्थानिय संस्कृती झल्कने गित नृत्य सहित मेला लाग्ने गर्छ । यस्तै त्यस्को भोलिखेर माघेसक्रान्तिको दिन परम्परा अनुसार दहमा पुजा गर्ने चलन छ । यहाँ भाकल गरेर पुजापाठ गरे मनले चिताएको पुग्ने,वर मागे अनुसार फल प्राप्ती हुने धार्मिक बिश्ववास छ ।अनौठो बिशेषता बोकेको यो दह धमिलो भएमा पानी पर्ने र दह सफा भएमा पानी बन्द हुने गरेको स्थानिय जित बहादुर राहुँले बताए । उनी भन्छन्, ‘बराहको शक्तिले यो ठाउँमा पुजाआजा गरेमा कुनै रोगब्याथी समेत लाग्दैन ।’ यो दह दाङको बार्हकुने दहबाट छुट्टिएर आएर तिनकुने दह भएको किबँदन्ती छ ।

    किमिचौरदह!

    गाउसरकारले के गर्दैछ?

    सरुमारानी गाउपालिकाले पालिकाभित्रका पर्यटकियस्थलहरुको संरक्षण तथा प्रबर्द्धन गर्न पहल थालेको छ। ती स्थानहरुमा बजेट बिनियोजन गरि भौतिक पुर्वाधार निर्माणको काम समेत अघि बढाईएको छ।दहको संरक्षण गर्न प्रयास थालिएको सरुमारानी -६ का वडाध्यक्ष तुलबहादुर रोकाले बताए। । ‘दह निकै सुन्दर छ,’ गाविस पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘राम्रोसँग संरक्षण गर्न प्रयास थालेका छौ ।’ केही वर्षअघि तत्कालीन जिविसले दिएको एक लाख रुपैयाँले केही पर्खाल लगाइएको थियो ।स्थानीय तहको निर्वाचनपछि सरुमारानी गाउँपालिकाले दहको संरक्षण गर्ने योजना बनाएको रोकाले सुनाए । ‘धेरैपटक गाउँपालिका प्रमुखसहितको टोलीले यश भेगको अवलोकन गरिसक्नुभएको छ,’ उनले भने, ‘पर्यटन बिकासमा पालिकाले बृहत् योजना बनाएको छ’ दहमा बर्से्नि मघेसंक्रातिमा मेला लाग्ने गर्छ । यहाँ नुहाउन स्थानीयका साथै दाङको लोहारपानी, मुरकुटी क्षेत्रवासीसमेत आउने गर्छन् । दाङ भालुबाङ–प्यूठान सडकको बाङ्गेखोलाबाट दहसम्म मोटरबाटो निर्माण भएको छ । सडक पुगेपछि केही आन्तरिक पर्यटक अवलोकन गर्न आउन थालेको स्थानीय बताउँछन् । ‘पहिले सडक नभएकाले पनि दह ओझेलमा परेको हो,’ स्थानीय लक्ष्मी मगरले भनिन्, ‘सडकले गाउँ नै सुगम भएको छ ।गाउँसम्म बस आउन थालेकाले दह हेर्न आन्तरिक पर्यटक आउन थालेका छन् ।’ यहाँ आउनेले स्थानीय उत्पादन मह, सिमी, बोडीको दाल, खुर्सानी, बेसार र अदुवा किनेर लग्ने गरेको उनले बताइन् । ‘दहले हाम्रो गाउँको चिनारी भएको छ,’ उनले भनिन्, ‘संरक्षण र प्रचार–प्रचार भए गाउँलेको आयआर्जनसमेत बढ्ने थियो ।’ तिरामको दह संरक्षण गर्न गाउँपालिकाले गत बर्ष ३ लाख रुपैया छुट्टाएको थियो। यसपालि पनि नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ‘गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्र तिरामको दह, ऐरावती मन्दिर र सरुमारानीको डाँडो हो,’ उनले भने, ‘पर्यटकिय क्षेत्रको संरक्षण गर्दैछौं ।’ उनले पर्यटन क्षेत्रको प्रचार–प्रचार र संरक्षण गरेर पर्यटक भित्र्याउने र त्यसबाट हुने आम्दानीलाई गाउँपालिका स्रोतको रूपमा उपयोग गर्ने बताए ।

    कसरी पुग्ने?

    रानीकुवा

    भालुवाङवाट प्युठान प्रबेश गर्दा मुखैमा पर्छ सरुमारानी गाउपालिका। सडक यातायात भएर यहिको ददेरीस्थित दुर्गाभगवती मन्दिर, फोर्साबाङको मदनआश्रीत पार्क,बड्डडाडाँको गढी दरवार,रानिकुवा लगायतका पर्यटकिय स्थल अवलोकन गर्न सक्छन। पदमार्ग हुँदै पुठाखोला दरवार सिद्धलेक र सरुमारानीको चुली छिचोल्दै दह पुग्न सकिन्छ। यीनै संम्पदाहरुको एकिकृत रुपमा प्रचार प्रसार र पूर्वाधार निर्माण गर्न आफू लागि परेको पालिका अध्यक्ष बिश्वकर्माले बताए।उनले पर्यटकिय क्षेत्रको प्रबर्द्धनका लागि डिपीआर बनाउन सुरु गरिएको सुनाए।भालुबाङ–प्यूठान सडकको बागेखोला किनारैकिनार निर्माण भएको १५ किलोमिटर मोटरबाटोबाट तिरामको दह पुग्न सकिन्छ । घोराही देबिस्थान सडकको लोहारपानी देखि पनि ३ घण्टा पैदल हिडेपछी यहाँ पुग्न सकिन्छ ।यसै गरि थकलेनिबाट यो दहमा जाने बाटोमा पर्ने सोलिघोप्टे भन्ने स्थानको ठूलो पहरोमा ढुङ्गाको शिवलिङ्ग सर्प भ्यागुता र मान्छेका आकार कुँदिएका चित्र समेत देख्न सकिन्छ । यस दह देखि माथी अग्लो श्रमैरानी लेक अवस्थित छ । भुरेटाकुरे राजाको पालामा यस लेकमा बैशाख पुर्णिमाको अवसरमा भव्य मेला लाग्ने गर्छ । यो लेकमा भ्यु टावर बनाउन सके नेपालका विभिन्न उच्च हिमश्रृंखला तथा बेशी फांट्मा रहेका तराइ र भारतको गोरखपुर गोडां लगायतका दर्जनौ ठाउँ देख्न सकिने स्थानियहरू बताउँछन ।

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ३.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ५.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ४.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ६.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ७.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ८.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...