• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

मुखदर्शक सरोकारवाला:लुप्लुङ्गवासीलाई झुक्याउँदै शुभश्री अग्नि सिमेन्ट


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन
    चुनढुङ्गाखानीले दिनप्रतिदिन लुप्लुङ्गबस्तीलाई उच्च जोखिममा पारेको छ । पर्यावरणीय जोखिम कम गर्न खानी तथा भूगर्भ विभागले दिएको १३ बुँदे निर्देशन खानी पक्षले कार्यान्वयन नगरेको गाउँलेहरुको आरोप छ । ‘मापदण्ड विपरित खानीपक्षले उत्खनन् जारी राखेको छ ।’ लुप्लुङ्ग काठमाण्डौं साझा संम्पर्क मञ्चका अध्यक्ष अगुवा युवा एल.बि भण्डारीले भने, ‘लुप्लुङ्ग जोगाउन अब कुनै सम्झौता हुन दिदैनौँ ।’ खानीपक्षले मनपरि ढंगले उत्खनन् गरेको र सरोकारवाला पक्ष रमिते बनेकोमा भण्डारीले आक्रोस पोखे । सरकारकै निर्देशनका खिलाप सिमेन्ट कम्पनीले उत्खनन् जारी राख्दा समेत प्रशासन मुखदर्शक बनिरहेको र अनुगमन नगरेको गाँउलेहरु सुनाउँछन् ।

    Advertisement

    संघर्ष समितिको सहमती विपरित चुनढुङ्गगाखानीले एकलौटी रुपमा दादागीरी सैलीमा पुनः उत्खनन्को कार्य थालनी गरेको संघर्ष समितिको आरोप छ । स्थानियसंग गरेका सम्झौता कार्यान्वयनमा खानीपक्ष उदासिन देखिएको गाँउलेहरु बताउँछन् । खण्डर बनेको भूगोललाई पुन भू–उपयोग गर्न नमिल्ने गरि खानीपक्षले चुनढुङ्गा निकालिरहेको छ । बेन्च कटिङ्गको मापदण्ड खानीपक्षले पुरै अवज्ञा गरिरहेको गाँउलेहरु बताउँछन् । जिल्ला शिक्षा कार्यालय मार्फत ३२ लाखको बजेटमा स्थानिय लुप्लुङ्ग मा.वि.को भवन बनेकोमा खानीपक्ष आफुले बनाएको भनि झुठो प्रतिवेदन खानी तथा भूगर्भ विभागमा पठाएको भण्डारीले बताए ।
    स्थानियको आन्दोलनका कारण १५ दिन खानी बन्द भएको थियो । प्रशासन तथा राजनीतिक दल सम्मीलित सर्वपक्षिय वैठकमा संर्घष समितिको सहमती विपरित ‘मापदण्ड पुरा गर्दै जाने, खानी उत्खनन् पनि गर्दै जाने’ त्रुटिपूर्ण निर्णय गरेकाले खानीपक्षले उक्त निर्णयको गलत एव नाजायज फाईदा लिईरहेको लुप्लुङ्ग बचाउ अभियानका अभियन्ता भरत केसीले बताए । ‘यहाँ सरकारले दिएको निर्देशनको पालना भएन ।’ केसीले भने, ‘अब हामी वडा केन्द्रित मात्र नभएर गाँउपालिकास्तरीय आन्दोलनको तयारीमा जुट्दैछौँ ।’ यही ढंगले खानी उत्खनन् हुँदै गए लुप्लुङ्ग जोगाउन नसकिने केसीको बुझाई छ । गाँउका केही टाठाबाठालाई कम्पनीले साथमा लिएर सोझासाझा जनतालाई भ्रममा पारेको केसी बताउँछन् । पछिल्लो अवस्थाकाबारे छिट्टै प्रदेश हुँदै केन्द्र सरकार तथा मन्त्रालयमा पुगी ध्यानाकर्षण गराईने केसीले बताए ।

    केहि दिनभित्रै भारतमा रोजगारी गर्दै आएका गाँउलेहरु समेत बस्ती बचाउ अभियानमा आउन लागेको भण्डारीले जानकारी दिए । चुनढुङ्गाखानीको असरबारे पुनः जागरण अभियान चलाउने योजना रहेको छ । ‘करिब २ सय यूवाको सक्रिय टोली अभियानमा होमिने छ ।’ भण्डारीले हाम्रो एकतासंगको कुराकानीमा भने, ‘खानी बन्द गराएरै छाड्छौँ । हाम्रो प्यारो गाँउ प्राण भन्दा प्यारो छ ।’
    ‘आजसम्म बिनास छ, खै विकास हुने छाँटकाट देखिएन ।’ लुप्लुङ्गका स्थानिय ७५ वर्षिय रुद्रमणि भण्डारीले भने, ‘हामी त डाँडापारीका जुन हो,सन्ततीले दुःख पाउने भए ।’ बृद्ध भण्डारीले चुनढुङ्गाखानी आएपछि गाँउको विकास हुने सपना देखेका थिए तर परिस्थिति ठिक उल्टो हुँदै गएपछि अहिले उनमा निराशा एंव बस्तीको भविष्यबारे चिन्ता छाएको छ । ‘उतिबेला गाँउका ठूलाबडा टाठाबाठा भनाउँदाहरुले खानी चल्न दिने कुरा गरे ।’ भण्डारीले भने, ‘मैले उतिबेला पनि बिरोध गरेकै हुँ ।’ खानीका कारण अहिले गाई चराउने र घाँस काट्ने ठाँउ समेत हराउँदै गएकोमा उनले दुःखेसो पोखे । ‘जताततै खण्डर बन्न लाग्यो ।’ भण्डारीले भने, ‘यहि चालाले उत्खनन् हुँदै गए केहि वर्षमै गाँउनै सखाप हुन्छ ।’

    खेतियोग्य जग्गा, खरबारी, कुलो, घर गोठहरुमा क्षति हुन नदिनका लागि तारजाली, ग्याविनवाल, होमपाईन राखी काम गर्नुपर्ने सम्झौता भएपनि खानीपक्षले प्रभावकारी काम नगरेको स्थानियको आरोप छ । खानी पक्षले लुप्लुङ्ग माविमा चारकोठे पक्की भवन, साविकको फोप्ली १ र २ को सेण्टरमा स्वास्थ्य केन्द्र स्थापना, बालविकास केन्द्रको भवन र गाँउसम्म मोटरबाटो पु¥याउन गरेको प्रतिबद्धता हालसम्म पुरा गर्न सकेको छैन ।
    १५ वर्ष सम्मका लागि खानी उत्खनन्को स्वीकृति कम्पनीले पाएको बताईएको छ । यहाँबाट निकालिएको चुनढुङ्गा चकचकेमा डम्पीङ्ग गरि दाङ्गको कालाकाटे स्थित सिमेन्ट कम्पनीमा पु¥याईएको छ । खानी संचालनको दिर्घकालिन असर तथा जोखिम न्यूनिकरणबारे स्थानिय सरकारले कुनै चासो नदेखाएको प्रति स्थानियहरु दुःखी बनेका छन् ।

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...