रुपन्देही । प्रहरीले एक युवकको हत्या गरेको आरोपमा रुपन्देहीबाट पाँचजनालाई पक्राउ गरेको छ।
प्रहरीले लुम्विनी साँस्कृतिक नगरपालिका -४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको हत्या अभियोगमा पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन्।
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतले गत जेठ २३ गते रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बन्दरगढस्थित यादवको शव फेला परेको बताए।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार सहित अन्य प्रमाणहरु बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिन म्याद थप भइ आवास्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।