शुुुुसिला बुढा मगर, प्युठान। प्युठानमा आगोलागी हुँदा एकैघरका दुई जना बालबालिकाको ज्यान गएको छ।
जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ बर्षिया छोरा हिमाल राना र ३ बर्षीया छोरी चन्द्रकला रानाको ज्यान गएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिए ।
बुधबार विहान करीव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको उनले बताए। जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले घटनाको आवास्यक अनुसन्धान भईरहेको जानकारी दिएका हुन। उनका अनुसार यो संगै जिल्लामा आगोलागीबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। चैत्रको दोश्रो साता देखि जिल्लाका दर्जनौ सामुदायीक बनमा आगोलागीका घटना भईरहेको डिभीजन बन कार्यालयले जनाएको हो ।
Prev Post
You might also like