स्याङ्जामा पहिरोमा परी ९ जनाको मृत्यु, १ को जीवितै उद्धार

वालिङ। अबिरल बर्षापछि गएको पहिरोका कारण स्याङ्जामा एकै घरमा ९ जना पुरिएका सबैको सनाखत भएको छ ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादी स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै पुरिएका हुन ।पुरिएर मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदिपको श्रीमती बिनिता नेपाली, बिनिताको एक वर्षे छोरा, काइलो छोरा शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपालीको निधन भएको हो । यसैगरी घाइते मनिषा नेपालिको भने जीवितै उद्धार गरिएको छ।उनको उपचार भैरहेको प्रहरीले बताएको छ ।

Sharing Now!

You might also like

Comments are closed.