प्यूठान : छैठौं संविधान दिवसको अवसरमा प्यूठानका दुईजना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन्।
स्वर्गद्वारी नगरपालिका वडा नंवर – २ र गौमुखी गाउँपालिका ५ का एक/ एक जना गरि दुई जना पुरुषको कैद माफी मिनाहा भएको हो । जिल्ला कारागार प्यूठानमा उनिहरुले कैद भुक्तान गरिरहेका थिए। जिल्ला कारागार प्यूठानका प्रमुख सुर्य पन्तका अनुसार अंगभंग तथा ज्यानमार्ने उद्योगमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका उनिहरुलाई एक बर्ष भन्दा कम सजाय अवधि बाकी रहेकाले मिनाहाको लागि सिफारिस पठाईएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका दुई सय ८९ कैदिबन्दीको सजाय मिनाहा गरेकी हुन ।
Comments are closed.