कोरोना परीक्षण गर्न पाल्पामा पुग्यो पीसीआर मेसिन

पाल्पा । कोरोना भाइरस संक्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपैयामा मेसिन खरिद प्रकृया अगाडि बढाइएको थियो । छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएका ओम सर्जिकल्सले पीसीआर मेसिन पाल्पाको तानसेनमा निर्माण भएर ल्याबमा ल्याएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । ।प्रतिघण्टा ९२ जनाको स्वाब परीक्षण गर्न सकिने पीसीआर मेसिन ल्याउन ७७ लाखमा व्यवसायिक कम्पनीसँग ठेक्का सम्झौता भएको उहाँले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पीसीआर मेसिनका बारेमा जानकारी गराउदैै अस्पतालका अध्यक्ष सहितका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिीती रहेका थिए।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.