सरल बाटो हिडौ

– कल्पना पौडेल ।  बाटो जति बढि बाँगोटिंगो भयो उति गन्तव्यमा पुग्न गाह्रो हुन्छ, समय पनि बढि लाग्छ । चिन्तन सोच जति सरल हुन्छ त्यसलाई प्राप्त गर्न त्यति सजिलो हुन्छ । सरलताले नै जटिल समस्याको निकास निकालिदिन्छ । त्यही भएर सरल मानिस नै आप्mनो गन्तव्यमा सजिलै पुग्न सक्छन् । सरल मानिसले नकारात्मक कुरामा आप्mनो उर्जा खर्च गर्नु पर्दैन । उसले आप्mना सबै इन्द्रिइहरुलाई सकारात्मक उर्जा पैदा गर्न केन्द्रित गर्न सक्दछ । जसको परिणामस्वरुप उसले आपूmले चाहेको कुरा सजिलै प्राप्त गर्न सक्दछ ।

सरलताले भौतिक सुख मात्र होइन आध्यात्मिक सुख पनि दिन्छ ।

यस्तो सरलताको बाटोबाट आजको युवा पुस्ता भने विचलित हुँदैछ । भौतिक सुखलाई सर्वश्व ठानेर त्यसैमा लिप्त हुन पाउँदा उसले आपूmलाई भाग्यमानी ठानीरहेको छ । त्यो भौतिक सुखको लागि जस्तोसुकै कुकर्म गर्न पनि उ तयार भइरहेको छ कुकर्मले परिणाम नकारात्मक दिए पनि उ त्यो स्वीकार गर्न तयार छ । भौतिक सुखको दलदलले मानिसलाई नैतिक आचरणमा समेत समस्या पैदा गरिदिएको छ ।
मानिस सामाजिक प्राणी भएको कारण अहिले मानिसको आचरणलाई लिएर सामाजिक अपराध बढिरहेको छ । सामाजिक अपराध घटाउन सरकारले प्रहरी प्रशासनमा ठूलो लगानी गर्नुपरिरहेको छ । एकपटक ठण्डा दिमागले सोचौ त हामी सबै अनुशासीत नैतिक, विवेकी, इमान्दार, शान्तिप्रिय भइदिने हो भने वर्षेनी हामीले प्रहरी प्रशासनको लागी खर्च गर्र्नुपर्ने पैसा हामीले मानिसको समृद्धि हुने गतिविधिमा खर्च गर्न सक्ने थियौं । तर अहिले अवस्था त्यसको ठिक विपरित छ । अपराधिक घटनाहरु घट्ने हैन हरेक वर्ष बढ्ने चरणमा छन् । अपराधीहरु नयाँ नयाँ प्रविधिको प्रयोग गरेर अपराध गर्दैछन् ।

उनी किन त्यसो गरेका होलान् भनेर हामीले घोत्लिएर सोच्यौ भने सजिलै उत्तर भेट्न सक्छौ – भौतिक सुखको खोजी ।

समाजमा अपराध वृद्धि गर्ने जड भनेको भौतिक सुख नै हो । मानिस तेरी र मेरी किन गर्छ त्यही भौतिक सुखको लागि । त्यो मृगतृष्णारुपी भौतिक सुखको लागि विश्वव्यापी ठूला ठूला युद्धहरु समेत भए । मानिसलाई अत्यावश्यक खाद्यान्न उत्पादन गर्न भन्दा मानिसलाई नै घातक हुने हतियार निर्माण गर्न अहिले मानिस लागिरहेको छ । कथित शक्तिशाली राष्ट्रहरुले आप्mनो सुरक्षामा बजेटको महत्वपूर्ण हिस्सा छुट्याउँदै आएका छन् । विश्वमै अहिले ठूलो धन राशीमा हुने व्यापार मध्येको हतियारको व्यापार एक हो ।
अहिले मानिसको स्वार्थपूर्ण चिन्तनले विश्वव्यापी असर परिरहेको छ । देश देश बीचमा मनमुटावहरु छन् । तेरी र मेरीको भावनाले एक देश र अर्को देशबीचको सम्वन्धमा तिक्तता आइरहेको छ । एउटा व्यक्तिमा भएको नकारात्मक भावना अहिले समाज हुँदै राष्ट्र राष्ट्रमा समेत प्रतिविम्वित भइरहेको छ ।
अहिले हामी शान्ति राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खोज्छौ । ती सबै देखावटी हुन् । अशान्तीको जरो भनेको मान्छेको मन नै हो । त्यो जराबाट उपचार नगरेसम्म शान्ति कायम हुन सक्दैन । मान्छेका मनहरु शान्त नभएसम्म त्यहाँ शान्ती आउँदैन । मन शान्त आउनको लागि वातावरण पनि आवश्यक होला । त्यो वातावरण मिलाइदिने काममा सरकारले केही सहयोग हुन सक्ला । त्यो बाहेक महत्वपूर्ण कुरा भनेको व्यक्तिको मन सकारात्मक हुन जरुरी छ । तर अहिले त्यसो देखिदैन सामाजिक सञ्जालमा हाम्रो सामाजिक अभिमत प्रतिविम्व हुन्छ । त्यसै भएर मैले केही सन्दर्भ लिन चाहन्छु । सामाजिक सञ्जालमा अहिले हामी अरुलाई गाली गरेको छ्याप छ्याप्ती भेट्न सक्छौं ।नकारात्मक कुराहरु अहिले सामाजिक सञ्जालमा सजिलै भाइरल हुन्छन् । त्यस्ता सामाग्रीहरु धेरैले रुचाउँछन् ।

यसबाट पनि हामीले सहजै अनुमान लगाउन सक्छौ हाम्रो समाज नकारात्मक दिसातर्फ उन्मुख भएको छ ।

अहिले सामाजिक सञ्जालहरुमा सरकार विरोधी तथा अधिकार प्राप्त निकायले गरेको स्यानोतिनो कमजोरीलार्इ मसेलदार बनाएर भाइरल बनाइन्छ । उनीहरुले गरेको राम्रो तथा पं्रशंसनीय कार्यको त्यति बढि महत्व दिइदैन । सरकारलाई धुवादार गाली गर्नेहरु उनीहरुले एउटा राज्यको नागरिकको हिसावले के गरिरहेका छन्? उनीहरुले नागरिक हुनुको दायित्व पूरा गरेका छ्न कि छैनन् भनेर हे¥यो भने उनीहरु पनि सरकार भन्दा कम हुदैनन् ।  अहिले हामीले विरोध गर्ने सरकारको चरित्र र एउटा नकारात्मक चरित्र भएको व्यक्तिको गुणको तुलना गर्ने हो भने त्यो व्यक्ति सरकार भन्दा पनि खराव भेटिन सक्छ ।
कतिपय मानिसलाई यस्तो पनि लाग्दछ शक्तिको प्रयोगले सबै चिज नियन्त्रण गर्न सकिन्छ । तर त्यसो होइन शक्तिको प्रयोगले सिमित समय मात्र व्यक्तिको मन नियन्त्रण हुन्छ । समय क्रमसँगै क्रमशः त्यो मन तरंगीत हुन पुग्दछ । उसले त्यसको प्रतिरोध गर्न थाल्दछ । उसको विरुद्ध भएभरको शक्ति लगाएर धावा बोल्दछ । आपूm माथि भएको शक्ति प्रयोगलाई बदलाको भावले लिन्छ र पुनः अशान्ति हुन्छ ।

अशान्तिको श्रृंखला भनेको बदलाको सिक्री नतोडिएसम्म त्यो निरन्तर घुमिरहन्छ । अहिले हाम्रो समाज त्यही बदलाको सिक्रीमा जकडिएको छ ।

त्यो वदलाको भावनालाई हामीले क्षमा दियौ भने मात्र शान्ति स्थापनामा सहयोग पुग्दछ । त्यो क्षमा दिने भनेको सरल बाटो हो । हामी सरल बाटोमा हिड्यौ । हामीलाई नराम्रो गर्ने व्यक्तिलाई माफि दियौं भने मात्र बांगोटिंगो बाटोको अन्त्य हुन्छ । त्यसैले व्यक्तिगत तथा सामाजिक सुखको लागि सरल बाटो हिडौ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.