चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा

अनिल खत्री, गुल्मी । नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना वढि समय रहदा बजार तिज बिशेष गीतहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका गीतहरु गाउने पर्वको रुपमा पनि लिइन्छ ।
तर पछिल्ला केहि वर्ष यता तिज पर्वमा गाइने गीतहरु पनि नारी पुरुष मिलेर गाउने गरिएको पनि छ । लोकदोहोरी गायक चन्द्र शर्माको तीज गीत सार्बजनिक गरिएको छ ।
शर्माले अघिल्ला वर्षहरुका तिज पर्वमा जस्तै यसवर्ष पनि नयाँ तिज गीत ‘बाटुलो ऐना’ बोलको सार्बजनिक भएको हो । कलाकार रबिन लामिछानेको शब्द संगीत रहेको गीतमा शर्मा सँगै मञ्जु ज्योती गौडेल पाण्डेको आवाज रहेको छ ।
चर्चित निर्देशक शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा विसीसँगै अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई गायक स्वयम् शर्माकै अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।
गीतको पुरा भिडियो

Sharing Now!

You might also like

Comments are closed.