हरिकृष्ण नामको मेरो एउटा साथी थियो । बिधालय पनि संगै पढिन्थ्यो । सानै उमेरदेखी नै हामी बिचको समबन्ध साह्रै संघन थियो । हामी पढाइमा पनि अब्बल थियौ । यो सम्बन्ध क्याम्पस पढ्दा सम्म पनि टुटेन। तर संगै रहेनी जिवनको बाटोको सम्बन्धमा भने सधै अलग नै रहयो । उस्को साहित्यमा अलि बढि रुचि राख्थ्यो। म चाहिँ ईतिहास र समाज परिवर्तनका तत्वहरुको खोजी गर्न चाहना राख्ने । हुनत बिचाराधाराका हिसाबले पनि हामीमा त्यति फरक पनि होइन । यति हो उ मा समाज परिवर्तनको निम्ति दैनिक घटना र परिघटनामा सहभागी हुनेभन्दा नि राम्रोसंग पढ्ने अनि भारत वा नेपालमा अधिकृतससम्मको जागिर गर्ने थियो । क्याम्पस तह सम्म आइपुग्दा त उसले क्याडेट परिक्षाको तयारी भित्रभित्रै गरिरहेको थियो ।
हरिकृष्णका बुवा पनि भारतिय सेनाबाट निबृत थिए। घरमै सानो चिया नास्ता पसल पनि गर्थे ।उनको बिचार थियो छोराछोरीले राम्रो पढेर जागिर खाइदिए हुन्थ्यो । अझै आफू भारतको जागिरे भएको हुँदा उतै भर्ती गर्न पाए हुन्थ्यो भनी सोच्थे । किनकी उनलाइ लागेको थियो नेपालमा राम्रोसंग पढेपनी अन्तिममा पैसा र सोर्सफोर्स चाहिन्छ । हुन त सामान्य जनतालाइ नेपालको अहिलेसम्मको परिबेश हेर्दा यस्तै लाग्ने गर्छ । मेरो परिबारमा भने यसरी सोचिदिने पनि कोहि थिएन ।आमाले कम्तिमा आफुले पढ्न नपाए पनि छ,सात जना सन्तानलाइ दुई चार कक्षा पढाउन पाए आफुले जस्तो दुख पाउने थिएनन् भन्ने मात्रै सोच थियो ।अझै राम्रोसँग पढाउन सकेर गाउँघरमै शिक्षकको जागिर खुवाउन सकेपनी यसरी अरुका जुठ्ठा भांडा त माझ्नु पर्दैनथ्यो कि भन्ने बाहेक अरु सोचाइ थिएन कि जस्तो अहिले लाग्छ ।खै सानैदेखी आमाको संरक्षणमा हुर्किएकोले होला मभित्र भने यो समाजको हेपा प्रवृत्ति ,अन्याय,विभेद र दमनप्रती अलि बढी नै आक्रोश थियो ।तसर्थ पढन सके नेपालभित्र र त्यो पनि यहि समाजमा नै रहेर यी सबैमा सुधार ल्याउन आफ्नो तर्फबाट कोसिस गर्नेछु ।तसर्थ राम्रो जागिर खाने,एस आराम गर्ने भन्ने इच्छा भित्री मनमा चाहिँ लागेन ।त्यो दबाब कतैबाट ममाथी थिएन पनि ।आमाको टालेको चोली फेर्न र नाङ्गो पैतालामा राम्रो जुत्ता लगाइदिने हैसियत बनाउने भने रहर चाहिँ पक्कै थियो ।
अहिले यो हामी घनिष्ठ भएर पनि कथा ब्यथा फरक भएको प्रसंगलाइ ठ्याक्कै हटकेक बनेको नेपाल, भारतबिचको चर्को सिमा बिबादसंग जोड्न मन लाग्यो।यतिबेला राष्ट्रको अस्मिता र सिमा बचाउने कुरामा कसैको दुइमत नहुनुपर्ने हो।भनिन्छ नि आफू जन्मेको देश आमा जत्तिकै प्यारो हुन्छ।कसैले पनि आफ्नो आमाको अपमान,बेइज्जत र मानमर्दन गरेको सहनसक्ने स्थिती हुदैन। त्यतिबेला सामार्थ्य छ छैन भनेर हेरिदैन, मिलेरै बदला लिन कोसिस गरिन्छ । तर यो अवस्था सबैको निम्ति एउटै हुदोरहेन्छ । अलिकती पृष्ठभुमि र परिबेशले पनि काम गर्दोरहेछ ।जति सिमामा बस्ने नेपालिलाइ यतिखेर लिपुलेक,कालापानी ,पशुपतिनगर र सुस्ता,त्रिबेणी मिचिदा दुखेको छ ,त्यति न यो देशका नेतृत्वलाई दुखेको छ न आम नेपालीलाई पनि । सिमामा बस्ने नेपाली आफ्नो भुमिबाट रातारात बेदख्खल हुनुपरेको छ। पकाउदा पकाउदैको भांडोमा बन्दुकको कुन्दाले हानेर प्वाल पारिएको छ ।जमिनको लालपुर्जा आफुसंग भएर पनि आफ्नै घरमा बस्न नपाउनु र आफ्नै खेतबारिमा जोत्न नपाउनु कति पिडामय हुन्छ सायद महशुस गर्नपनी सकिदैन । भारतिय एस एस पिका जवान आफ्नै नेपाल आमाको छातिमा रातदिन परेड खेल्दा गोलि लागेर मारिएका हजारौ गोबिन्द गौतम जस्ताको मनमुटु कति रोए होला ? देशका शासकले प्रतिउत्तरमा केही नगरी उनिसंगै डिनर खाएर आजसम्म बस्दा कति घृणा पैदा भए होला ? ढिलै भएपनी केपि सरकारले जनअभिमत स्विकार्दै नक्शा जारी गरेको छ । अधिकांश नेपालीलाइ गर्व लागेको छ । सरकारले प्रतिबाद गर्न शुरुवात गरेको छ । हेर्न बांकी छ । उ मेरो साथी हरिकृष्ण हुन्छ कि म जस्तै हेपा प्रबृती सधैका लागि अन्त्य गर्ने गरि कसम खाएर दृढ भएर लागिरहने छ । सबै नेपालीले बाबुको इच्छा पूरा गर्न मात्रै होइन आमाको उध्रेको चोली सिलाउन पनि हिम्मत गरिनुपर्छ । अपमान,तिरस्कार र कुदृष्टिबाट नेपाल आमालाइ बचाउने कि खोइरो खन्ने र खुच्चिङ्ग भन्दै बस्ने हो बिचार गरौ ।
बर्तमान सरकारमा प्रचण्ड र शेरबहादुरको मात्रै होइन करोडौ जनताको तस्विर अटाएको कल्पना गर्ने फराकिलो हृदय बनाउन कन्जुस्याइँ गरिनु हुदैन । एकता नै बल हो । भारतको पछिल्लो हडबडाएको अभिब्यक्तिले यहि संकेत गरेको छ । सलाम मनिषा कोइराला र मिनेन्द्र रिजाल ,नेपाल र नेपालीको अपमानको दर्हो प्रतिबाद गरेकोमा । सानो या ठूलो जे होस् देश आखिर देश नै हुन्छ । जय नेपाल जय वीर गोर्खाली ।”
लेखक सबिन बस्नेत,तम्घास गुल्मी निबासी हुनुहुन्छ ।