• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ३. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ६. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ७. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ८. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ९. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • १०. प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

नेपाली माटोको आवश्यकता: नेपाली स्वराज आन्दोलन


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • स्वराजको शब्दिक अर्थ ” स्वयम को राज्य” भन्ने बुझिन्छ। नेपाली स्वराजलाई परिभाषित गर्दा हरेक नेपाली नागरिकको राज्य प्रती अपनत्वको भावना बिकास हुनु नै हो। स्वराज आन्दोलनको मुख्य कार्य जनतालाई “आत्मनिर्भर” र राष्ट्रलाई “स्वाधिन” पर्ने नै हो। हाम्रो मुलुक नेपाल लामो समय देखि प्रजातान्त्रिक आन्दोलनमा होमिएको थियो, हामीले सत्याग्रह देखि हिंसात्मक द्वन्दको सामना गर्दै ठुला ठुला आन्दोलनको आधिबेरी नै लेराएका छौ।।

    Advertisement

    हरेक दशकमा केही न केही परिवर्तनको सुरवात भएको तथ्य पनि छ। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौ। हामीलाई दशकौबाट अनेक सपना र आश्वाशन दिइएको छ। हामी त्यो पूरा हुन आशामा आफ्नो खुन पसिना दिएर हिडिरहेका छौ। तर समयावधीले आउने जिवनका परिवर्तन बाहेक हाम्रो दैनिक जिवनका खासै फरक नै परेन। आज पनि हामीलाई शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका आधारभूत आवश्यक्ताबाट जुधिरहेका छौ। आज पनि हरेक घरको एक छोरो अथवा छोरी परदेशमा आफ्नो श्रम बेच्न बाध्य छन। आज पनि धनी र समाजमा पहुच भएका ब्यक्तीहरुका बाल बालिकाहरु महङ्गो बिधालयमा अत्याधुनिक तरिकाबाट पढिरहेका छन, भने उसकै छिमेकीका बालबालिका सामुदायिक विद्यालयमा पढिरहेका छन, किन सामुदायिक विद्यालयलाई महँगो निजि विद्यालय जसरी सुबिधा सम्पन्न बनाईएको छैन। हरेक नेपाली नागरिकले स्वास्थ्य सेवा पाउनु उसको अधिकार हो तर पनि हरेक नेपाली नागरिक स्वास्थ्य सेवाको पहुचमा छैन्न। जनताले चुनेका प्रतिनिधीहरु आफै निजि अस्पताल सन्चालन गरिरहेका छन। आज पनि नेपाली नागरिक सार्वजनिक यातायातमा यात्रा गर्दा सुरक्षित छैनन, भिडभाड अनि ब्यबस्थापनको अभावमा पनि पूरा भाडा तिर्नु पर्ने बाध्यता किन? महिलाहरु सुरक्षीत छैन्न् बाल बालिकाहरु अम्बुसमा आफ्नो ज्यान गुमाउन बाध्य छन। धेरै जसो नेपालीले नागरिक सरह पाउने सुबिधाबाट बन्चित छन। केही समृद्ध र प्रभुत्व जमाउने ब्यक्तीहरुका इशारामा हाम्रो समाजमा भएका राज्य सम्यन्त्रहरु परिचालित छन। यो सबै हुदा हुँदै पनि हाम्रो संस्कृति, सभ्यता अनि स्वाधिनतामा बाह्य हस्तक्षेप व्यापक छन। भारतले ५३ ठाउँ मा नेपाली सिमामा गरेको अतिक्रमण जोलन्त उदाहरण हो। नेपालको राजनितीका मुख्य घटनाहरु सबैमा भारतको मुख्य भुमिका हुने गरेको छ। नेपालको आर्थिक, सामाजिक, संस्कृतिक अनि राजनैतिक गतिविधि माथि हुने वैदेशिक हस्तक्षेपले नेपाल रंगशाला नै परिणत भएको छ। 

    नेपाली स्वराजले आत्मक्रान्ती हुँदै आत्मनिर्भर समाज निर्माणमा जोड दिन्छ। नेपाली स्वराज एक सोच हो जसले देश बिदेशमा भएका लाखौ नेपालीमा भएको परनिर्भरताको अन्त्य गरि नेपाललाई आत्मनिर्भर बनाउने अभियानमा जोड्ने काम गर्दछ। नेपाली स्वराज आन्दोलन आजको नेपालको आवश्यकता हो, किन भने नेपालीहरुको प्रमुख शत्रु नै परनिर्भरता हो। नेपाली स्वराज आन्दोलनका प्रथम चरणमा दुई प्रमुख निती छन, “स्वदेशी प्रयोग” अनि “बिदेशी बहिस्कार”। यो भन्दै गर्दा आजको ग्लोबल युगमा कसरी बहिष्कार हुन सक्छ, एकलाई अर्काको सहयोग अपरिहार्य हुन्छ भन्ने प्रश्न हरु उब्जिन सक्नु स्वभाबिक हो। तर मित्र सहयोग आदानप्रदान को प्रक्रिया हुन्छ, निर्भरता होइन। निर्भरता फरक कुरा हो। हामी स्वयममा निर्भर हुनुपर्छ। स्वदेशी प्रयोग को नीति अनुरुप नेपाली उत्पादान प्रयोग नेपाल मै हुने। हरेक नेपालीले भान्सा देखि आगन सम्म र आगन देखि आफू सम्म नेपाली उत्पादनको खपत गर्ने र बिदेशि बस्तुको प्रयोगलाई स्वयम् रोक लगाउने हिम्मत गर्नु आजको आवश्यक्ता हो। हाम्रो एक पुस्ताले दुख कष्ट अनि अभावको सामना गर्नु पर्ला तर नेपालको पछि आउने पुस्तालाई हामी आत्मनिर्भर बनाउन सक्छौ। हाम्रो स्वभिमानमाथि हुने हरेक प्रहारहरुलाई थप मलजल हाम्रो परनिर्भरताले गरेको छ। हामि आफ्नो राष्ट्र लाई कृषि प्रधान भन्छौ तर वार्षिक खर्बौको त तरकारी मात्र भारत बाट निर्यात गर्दछौ। अनि स्वभिमान र स्वधिनताको ठुला ठुला कुरा गर्छौ। कसरी हुन्छ नेपाल स्वाधिन, यो एक गम्भीर प्रश्न हो।
    स्वराज प्राप्तीका लागि आत्म क्रान्ती हुनु अत्यन्त आवश्यक हुन्छ।आत्मक्रान्ती नै एक सैद्धान्तिक सेतु हो। जब सम्म हामी सबै पेशा र अहोदामा भएका नेपाली नागरिक हरुले आफुले आफै भित्र क्रान्ति गरि लोकतन्त्रमा अधिकारका लागि मात्र होइन आफ्ना कर्तब्य र दायित्व पनि अतिआवश्यक हुनेकुराको तत्व बोध गर्दैनौ तब सम्म नेपालको समृद्धि र बिकास सम्भब छैन। मान्छे मारेर मात्रै परिवर्तन हुदैन, १७००० त के १७ लाख नै मान्छे मारेपनी जब सम्म मानिसमा भएको सोच र बिचारमा परिवर्तन आउदैन तब सम्म कुनै पनि ठोस उपलब्धि नदेख्निने निश्चितै छ।नेपाली स्वराज आन्दोलनको मुख्य उद्देश्य नै नेपालको सम्बिधानको मुल मर्मलाई आत्मसात गर्दै कानुनीराज्यको पालना गर्दै हरेक नेपालि नागरिकमा भएको पर्निर्भरताको सोचलाइ आत्मक्रान्ती मार्फत परिबर्तन गरि आफ्ना अधिकारहरुको रक्षा गर्दै कर्तव्य र दायित्व बोध गरि नेपालको आत्मनिर्भरतामा योगदान गर्ने नै हो। आत्म क्रान्ती एक प्रकारको आत्मको शुद्धता पनि हो। आत्म क्रान्तीले ब्यबहारलाई सिद्धान्त सङ्ग जोड्ने काम गर्दछ। हामी सबै नेपाली नागरिकले नेपाली उत्पादनलाई प्रबर्द्धन गर्दै नेपाली उत्पादन मात्र प्रयोग गर्ने हो भने नेपाली स्वराज सम्भव छ। नेपालको बिकासका लागि कृषिमा औद्योगिकरण हुनु अत्यन्त आवश्यक छ्। कृषि उत्पादनको परम्परागत खपत सङ्गै औद्योगिक खपत बढाउने हो भने नेपालका कल कालकारखानाहरु पुर्न स्थापित हुन सक्छन। बजारको माग पूरा हुन सक्छ। हाम्रो मुलुक पराधिन हुनुको मुख्य कारक नै आफ्नो उत्पादन शून्य प्राय बनाउने अनि बिदेशबाट आयात गर्दा हुने ब्यापार घाटा नै नेपालको बिकासका कारक हुन। आज हामी विश्व बजारमा मात्र मानव जनशक्तीलाई बिदेशलाई बेच्ने र रेमिटान्स बाट देश चलाउने मुलुकका रुपमा परिचित छौ तर जब हामि स्वदेशी उत्पादनको खपत हामी आफ्नो बजार मै गर्छौ तब युवाहरु देश फर्किन्छन, उधम गर्छन अनि देशको बिकासमा सदुपयोग हुन्छन।

    बर्तमान अवस्थामा भारतले नेपालको सिमा क्षेत्रमा गरेको अतिक्रमणको जवाफ दिने गरि भारतिय उत्पादित बस्तुहरु बहिस्कार गर्दै स्वदेशी उत्पादन नै प्रहोत्सान गर्नु पर्छ। भारतबाट आउने हरेक बस्तुहरुको उत्पादन हामी आफ्नै मुलुकमा सुरु गर्न सक्छौ। हाम्रो पुस्तालाई मुस्किल होला, असहज हुन सक्छ, अभावमा बाच्नु पर्ला तर हामी पछिका पुस्ताहरु स्वराज गर्ने छन। नेपाली स्वराज एक पुस्ता कै बलिदान पनि हो, संघर्ष हो। हामि यो ७-८ बर्ष असह्य अवस्था आए पनि सामना गर्दै स्वदेशी बिकल्प निर्माण गर्न सक्यौ भने हाम्रा सन्ततीहरु स्वभिमानका साथ बाच्न पाउने छन। हाम्रा राज्य सम्यन्त्रहरु संवत् स्फुर्त आफ्ना कार्यहरु सन्चालन गर्ने छन। हरेक नेपाली जनताले भारतिय बस्तुहरुको बहिष्कार सुरु गर्नु पर्छ। नेपाल सरकारले नक्सा प्रकाशीत गरेपछि भारतिय प्रधान मन्त्रीलाई आफ्नो सेना कालापानी लिम्पियाधुरा अनि लिपुलेकबाट फिर्ता लग्न अनुरोध गर्दै कुटनैतिक मर्यादा कायम गरिएको एक पत्र औपचारिक रुपमा पठाउनु पर्छ। अनि नेपालले स्वराज आन्दोलन सुरु गर्नु अपरिहार्य छ। भारतले नेपालका सबै नाका शिल गरेर आपूर्ति ठप्प पार्दा पनि नेपाल त्यसको सामना गर्न तयार हुनको लागि पनि पहिले स्वराज आन्दोलन हुनु आवश्यक छ। परनिर्भरतामा जगडिएको हाम्रो नेपाली जिवनलाई स्वधिनता र आत्मनिर्भरता तर्फ पुराउनका लागि पनि एक हामी नेपालि स्वराजका लागि तयार छौ। तयार छौ भने, बहिष्कार गरौ बिदेशी सामान! भारतिय सामान! अनि राष्ट्रिय एकता कायम गरि आफ्नो देश निर्माणमा लागौ। आज एक पुस्ता अभावमा आफनो जिन्दगी गुजारा गर्दै अब आउने पुस्तालाई आत्मनिर्भर रहने बाटो निर्माण गर्नु हाम्रा लागि अपरिहार्य छ। प्रश्न आफै सङ्ग सोधौ, के आत्म क्रान्तिका लागि तयार छौ? के नेपाली स्वराज आन्दोलनका लागि तयार छौ। के अभावका गुजारा गर्न तयार छौ। उत्तर तयार छौ आउँछ भने आजै बाट भारतिय सामानको उपभोग बन्द गरौ। नेपाली सामानलाई प्रवर्द्धन गरौ। नेपाली उद्योगिलाई प्रोत्साहन दिऔ। नागरिक स्तर बाट भारतिय बिस्तारवाद विरुद्धको जवाफ नेपाली स्वराज आन्दोलन हुनु पर्छ।
    आत्मनिर्भताका लागि स्वराज, स्वभिमानका लागि स्वराज, राष्ट्रियताका लागि स्वभिमान

    लेखक किशोर गैरे, बर्दघाट नगरपालिका ४ नवलपरासी निबासी हुन।

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ३.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ६.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    भर्खरै

    • १.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ४.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ५.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ६.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ७.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ८.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation