कोरोना कहर : लकडाउन १० दिन थप

काठमाडौँ । सरकारले जारी लकडाउनको समय अवधि १० दिन थप्ने निर्णय गरेको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अवधिलाई बढाएर अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए।

लकडाउन थपिएको यो चौथोपटक हो। गत चैत११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। तेस्रो चोटी थपिएको लकडाउनको अवधि भोलि १५ गते समाप्त हुँदैछ।

नेपालमा कोरोनाको नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

Sharing Now!

You might also like

Comments are closed.