सिसहनियाँ स्वास्थ्य चाैकीको गेटमै हेल्थ डेक्स स्थापना

ओमप्रकाश गुप्ता, सिसहनियाँ। विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि राप्ती गाउँपालिकाले सिसहनियाँ स्वास्थ्य चाैकीको गेटमा रहेको प्रतिक्षालयमा आइतबार हेल्थ डेक्स स्थापना गरेको छ ।कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई कम गर्नका लागि कोरोना हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।गाउँपालिकाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि उच्च जोखिममा रहेका महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई ध्यानमा राखेर सचेतनामूलक माइकिङ समेत गरिरहेको छ । हेल्थ डेक्समा डाक्टर रेगनसिंह थापा र स्वास्थ्यकर्मी धनबहादुर खड्का सहितको टोलीले सेवा दिइरहेको छ ।

Sharing Now!

You might also like

Comments are closed.