कोरोना भाइरसको त्रासले दाङमा ग्यास ढुवानी सेवा बन्द

ओमप्रकाश गुप्ता,दाङ।कोरोना भाइरसको त्रासले दाङ जिल्लामा अाज बिहीबार देखि दाङ देउखुरी ग्यास बिक्रता संघले ग्यास ढुवानी सेवा बन्द गरेको छ । विश्व भरी फैलिएको कोरोना भाइरसको परिस्थितिको सामना गर्ने क्रममा ग्यास बिक्रेताहरु आफै संक्रमित हुन सक्ने र राज्यमा संक्रमण अझै बढ्ने सक्ने भन्दै चैत्र १३ गते देखि दाङ जिल्ला भरी ग्यास ढुवानीको सुबिधा बन्द गरिएको संघका महासचिब यादब श्रेष्ठले जानकारी दिएका छन् । अति आवस्यक र अति जरुरी उपभोक्ताले नजिकको ग्यास डिलरमा आफै गएर सुरक्षित ढङ्ग अपनाउदै ग्यास लिन सक्ने ब्यबस्था मिलाइएको श्रेष्ठले बताए । भयभित अवस्था सिर्जना भैसकेको अबस्थामा समेत ग्यास बिक्रेता सङ्घले उपभोक्ता बर्गलाई खाना पकाउने एलपी ग्यास उपलब्ध गराउदै आएको थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.