युवा ब्यबसायी न्यौपानेले दिने भए क्वारेन्टाईनका लागी घर

राम बहादुर बिश्वकर्मा,प्युठान । युवा ब्यबसायी भरतमणि न्यौपानेले क्वारेन्टाइन बनाउन समस्या भएमा आफ्नो प्युठान नगरपालिका ८ धर्मावती बाग्दुलामा रहेको एक फल्याट सरकारलाई दिन तयार रहेको बताउनु भएको छ ।उहाँले फेसबुकमा कोरोनासंग लड्ने दायीत्व सरकारको मात्र नभई नागरिकको पनि भएकोले आवश्यक परेमा क्यारेन्टाइनका लागि आफूले करिब ८ बेडको फल्याट सरकारलाई दिन तयार रहेको उल्लेख गर्नुभएको छ । उहाँले सरकारले घरबाट बाहिर ननिस्कन गरेको आग्रहलाई सबैले स्विकार गर्नु पर्ने र कसैले पनि अनावश्यक हल्ला भ्रम र आतंक सृजना हुने कुराहरु सामाजिक सञ्जालमा सम्प्रेषण समेत नगर्न आग्रह गर्नुभयो।उहाँले अहिले सबैभन्दा बढी त्रासमा स्वास्थ्यकर्मीहरु रहेको आफूले पाएको पनि सुनाउनुभयो। प्युठानका स्वास्थ्य क्लिनिक तथा अस्पतालका विभिन्न अस्पतालहरुमा रहेका स्वास्थ्यकर्मीहरुसंग सुरक्षा उपकरणहरुको निकै अभाव रहेको देखिएको बताउनु भयो ।छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सबै सचेत रहन आग्रह समेत गर्नुभयो ।गौमुखी गाउँपालिका ४ पुजा जन्म घर भई हाल बाग्दुलामा बस्दै आएका न्यौपानेले ब्यबसायसंगै राजनीतिलाई निरन्तरता दिदै आएका छन। संक्रमण भित्रिन नदिन सम्पुर्ण युवा जगतलाई सरकारी अभियानलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.