टु आर क्षेत्रि,प्यूठान। प्यूठानको झिमरुक गाउँपालिका ८ दिहाल्नाको लालिगुरास क्रिकेट रंगशालामा खुल्ला (टि–२०) क्रिकेट प्रतियोगिता सन्चालन हुने भएको छ । ‘स्वास्थ्यको लागी क्रिकेट, राष्ट्रको लागी क्रिकेट’ भन्ने मुलनाराका साथ बडा दशैको अवसर पारेर मदन भण्डारी स्पोर्ट एकेडेमी (जेट) नौ बहिनि गाउँपालिका ४ खवाङको आयोजनामा खेल सन्चालन हुन लागेको हो । आयोजकका अनुसार प्रथम पुरस्कार बाह्र हजार,द्धितिय पुरस्कार ६ हजार साथमा प्रदान पत्र समेत प्रदान गरिने छ । साथै उत्कृष्ट ब्याट्सम्यानलाई नगद पाँच सय, म्याचअफ्द प्लेयरलाई नगद पाँच सय प्रदान गरिने आयोजकले जानकारी गराएको हो।असोज १७ गते देखि २० गते सम्म सन्चालन हुने उक्त खेलमा क्रिकेट खेलाडी, क्लव तथा खेलप्रेमि महानुभावलाई सहभागि हुन आयोजकले आग्रह समेत गरेका छ ।
Advertisement