मिस्टर डोजर– एक खाँटी कम्युनिष्ट

विजय विश्वकर्मा। अहिलेको सत्ताधारी पार्टी होे डबल नेकपा यानेकी नेपाल कम्युनिष्ट पार्टी । डबल नेकपा सत्ताधारी मात्र हैन नेपालको (भन्न त दक्षिण एसियाकै भन्छन ) सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी हो । मैले यहाँ यो कम्युनिष्ट शब्द लहैलहैमा लेख्या छु है सबैले कम्युनिष्ट भनेको हुँदा मैले पनि लेख्देको हो । यही डबल कम्युनिष्ट पार्टीका दुई मध्येका एक सुप्रिमोले २०७६र०६र०६ गते सहाना प्रधानको वार्षिकी कार्यक्रममा हामी कम्युनिष्ट जस्ता रहेनौ भनेर भाषण ठोकेको सुनेपछि म रनभुल्लमा परेको छु । यो कुरा ऐरेगैरे नेता बोलेका पनि हैनन, भनेका पनि हैनन । आक्नै सेना बनाएर १०र१० वर्ष जनयुद्ध लडेर दुनियालाई हायलकायल बनाएका, दुईदुई पटक प्रधानमन्त्री भएका, अहिले त झन सबैभन्दा ठुलो पार्टीकै अध्यक्षले हामी कम्युनिष्ट जस्ता रहेनौ भन्दा म एकछक दुईछक हैन तीनछक परेको छु । अध्यक्ष नै कम्युनिष्ट नरहेपछि उनी मातहतका मान्छेहरु पनि कम्युनिष्ट हुनै कुरै भएन । अब यो देशमा को रहेछ त कम्युनिष्ट भन्ने सोच्दासोच्दा मेरो दिमाग खराब हुन लागेको छ ।यही खराब हुन लागेको दिमागले बेलाकुबेला ९र१० कक्षाका स्कुले दिन सम्झिन्छ । स्कुल पढने समयमा म स्कुल विदा भएको बखत रामलाल सरको पुस्तक पसलमा पुग्थे । त्यहाँ जानुको मजा नै बेग्लै थियो । पसल बाहिर दैनिकर साप्ताहिकरमासिक पत्रिका र म्यागेजिङ्गहरु राखिएका हुन्थे । तिनै पत्रिका र पुस्तक मजाले पढिन्थ्यो । त्यतिबेला देखि नै हो मैले जनादेश र जनआस्था साप्ताहिक पढन सुरु गरेको । जनादेश सधै पढन पाईदैनथ्यो किनकी यो माओबादीको मुखपत्र थियो । प्रहरी कार्यालय नजिक रहेको पुस्तक पसल निगरानीमै थियो । आक्कलझुक्कल जनादेश साप्ताहिकको हेडलाईन हेर्न पाईन्थ्यो। जनआस्थामा पनि माओबादी सँग सम्बन्धित समाचार प्रशस्त हुन्थे । कम्युनिष्ट शब्द मैले यिनै पत्रिकामा नै भेटेको हो । यिनै पत्रिकामा धेरथोर पढन पाउँदा मलाई कम्युनिष्ट पार्टीप्रति रुचि लागेको थियो । एस.एल.सी. को परिक्षा दिएपछि रिजल्ट नआउदै म प्रेस मजदुर भैसकेको थिए । पहिलो युद्धविरामकाल भएकोले मैले काम गर्ने प्रेसमा माओबादी आन्दोलनसँग सम्बन्धित फरकफरक पुस्तकहरु दिनरात छपाईए । छपाउन आउने माओबादी नेताकार्यकर्तासँग चिनजान भयो । किताबहरु मजाले पढन पाईयो । बोदो दिमागले गर्दा धेरै बुझ्न त सकिएन तर अलिअलि जनयुद्ध, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट पार्टीहरुका बारेमा बुझियो । सबैकुरा नबुझेपनि कम्युनिष्ट भनेका जातीपाती नमान्ने, धनीगरिब बिच खाडल हुन नदिने, स्रोतसाधनको सबैलाई समान वितरण गर्ने, लोभलालच छलछाम नगर्ने र गर्न पनि नदिने, शोषणदमन भएमा प्रतिरोध गर्न सिकाउने, सबैलाई समान ब्यवहार गर्ने, ब्यक्तिगत सम्पति राख्दै नराख्ने, हरदम देश र जनताको खुशी चाहने नै हुन भन्ने मेरो बुझाई हो ।अब यी गुण भएका कम्युनिष्ट खोज्न पर्ने भयो । खोज्न त खोज्ने कहाँ खोज्ने ? अहिले नेपालका कम्युनिष्टहरु कोही नामधारी भए । भौतिकबादका भाषण २र४ घन्टा नै गर्छ तर घरमा मजस्तै साथीलाई लैजादा यस्तै छ साथी बाआमाले कुरा बुझेका छैनन मर्का बुझिदिनुस यही बसेर खाना खाम भन्दै पिढिमा बसाल्छ । सङ्गै यात्रा गर्दा पिसाब लाग्यो भने पिसाब फेर्दा खुइलिएको जनै कानमा अडयाउछ । केही काम गर्न लगायो कि फाईदा खोजीहाल्ने दामधारी भए । आदर्शका गफ लगाएको लगाई गर्ने तर सिन्को पनि नभाच्ने बेकामधारी भए । मरे मरिहालियो शहिद भैयो बाँचे नाफाको जिन्दगी भन्नेपनि त देखियो । नेपालका ४र६ वटा कम्युनिष्ट नाम जोडीएका पार्टीको ईतिहास र वर्तमान हेरेरपढे । मैले गन्यमान्य कस्लाई चिनेको छैन नाम किन लेखिरहनु सुची सय भन्दा बढी हुन्छ । तर उनीहरुले पो मलाई चिन्दैनन र गाह्रो छ । ती केन्द्रका गन्यमान्य कम्निष्टनाम जोडिएका नेताको सेरोफेरो हेरे तर किताबमा पढेजस्तो कम्निष्ट हुन भन्नेमा बडो शंका लाग्यो । केन्द्रका मात्र किन चिनेजानेका सँगत भएका प्रदेश, स्थानीय तह, वार्ड, गाँउ कमिटी का नेता कार्यकर्ता हेरे, यसो आफैलाई पनि हेरे । हामीमा के को कम्निष्ट आचरण ब्यबहार पाईनथ्यो एकरति पनि कम्निष्ट ब्यबहार पाईएन । जस्लाई पनि लोभलालच छ ।जस्लाई पनि धनसम्पति थुर्पानु छ । हिजो एकै थालमा भुटेका मकै चपाएर भकारोमा पराल ओढेर सुतेका साथी आपसमै खुराफातमा रमाउछन । आफ्नैले आफनैलाई हराउछन । नाताबाद र परिवारबादमा चुर्लुम डुबेर पौडी खेल्छन । आफ्नो जित खोज्दैनन तर साथीको हारमा चियर्स गराउँछन । यस्तो भएपछि कम्युनिष्ट कहाँ खोजम । नखोजी पनि भएको छैन भेटीने पनि चान्स छैन । तनाबैबतनाब पो हुनलाग्यो ।यो तनाबले कताकता यसो बहुलापानी पो मागेको होकी जस्तो नि लाग्यो । ए ठुली कुनामा राखेको एक बोतल र भुटेको भट्ट सहित बाइबेडाको अचार लेत बाए । कम्निष्टसम्निष्ट खोज्दै गरम्ला यसो बहुलापानी चिरिप्प पार्नपरो । एक बोतल बहुलापानी के सक्या थ्यो मेरो दिमागमा खाँटी कम्निष्ट आईहाले । हाम्रो तम्घासमा एकजना डोजर नामले परिचित दाई थिए । अहिले त उनी स्वर्गिय भैसके । बाटोघाटो खन्ने मेसिनलाई पो डोजर भनिन्छ मान्छेको नाम पनि कहीँ डोजर हुन्छ यार यस्को दिमाग खुस्कीयो की क्या हो भन्ने पनि अरुलाइ लाग्ला । गुल्मीको बडागाँउतिर घर भएका हाईटटाईट मिलेका दाईले तम्घासमा भारी बोक्ने काम गर्थे । उनी प्रायः झयापुल्ले कपाल र दारीमा हुन्थे । सामान्य मान्छेले दुईपटकमा बोक्ने भारी उनले एकैपटकमा बोक्ने धेरै बलियो भएको हुनाले उनलाई डोजर भनिएको हो रे । घर बडागाँउतिर हो भन्थे तर उनी घरमा गएको कहिले जानिएन । तम्घासकै पाटीपौवामा उनी मस्त सुतिदिन्थे । ब्यक्तिगत सम्पति नभएका खाँटी सर्वहारा थिए । प्रायः जसोलाई सम्मानजनक नाता लगाएरै बोल्थे । जरकमरकका काम गर्न तम्घासबासीले खोज्ने ब्यक्ति उनै थिए । उनले कहिलेपनि ढाँटछल गरेर खाएको थाहा पाईएन । काम गर्थे आएको पैसाले मस्त बहुलापानी पनि पिउथे अनि बाटोपौवामा मस्तले नै सुत्थे । भारी बोक्दा निस्केका पसिना पुछदै दुःख मला कैले भैन सुखले छोडदै छोडिन हा.हा.हा. भन्दै उन्मुक्त हाँस्थे । गर्ने खाने मर्ने जाने केको दुःख गर्नु विनास्वादैको भन्दै बेलाबेला हास्थे । उनको बोली हाँसो देख्दा लाग्थ्यो उनको मनमा छलकपट एकरत्ति पनि छैन । उनमा धनसम्पतिको लोभ थिएन । उनमा पारिवारीक मायामोह र स्वार्थ थिएन । उनमा अरुलाई छिर्के हानेररसुराफात गरेर लडाउनेरभिडाउने कला थिएन । यति गुण भएका डोजर मेरो बुझाईमा पियोर कम्युनिष्ट हुन । मिस्टर डोजर खाँटी कम्युनिष्ट हुन । डोजरलाई मैले खाँटी कम्युनिष्ट मान्दा जो जो रिसाए रिसाउन यत्रैसिती लु जा ।
डोजर यिनै हुन । तस्बिर स्रोत कर्ण पाण्डे ।

Sharing Now!

You might also like

Comments are closed.