रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय जागरण अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी गर्ने बताएका छन्।
पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियान शनिबार रोल्पाको लिबाङमा उद्घाटन गर्दै पुनले जनतामाझ पुगेर सरकारका कामकारबाहीबारे जानकारी गराउने र निर्वाचनको तयारी अघि बढाउने बताए। उनले नयाँ सरकार गठन भएको सात महिनामै जनतामा रहेको उत्साह घट्दै गएको दाबी गरे। गत फागुन २१ गते राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत प्राप्त गर्दा विशेषगरी युवामा देखिएको उत्साह अहिले कमजोर हुँदै गएको उनको भनाइ छ। सरकारका प्रतिबद्धता र कामकारबाहीबीच देखिएका भिन्नताबारे जनतालाई सुसूचित गर्नु अभियानको उद्देश्य रहेको पुनले बताए।
दुई महिनासम्म सञ्चालन हुने अभियान मंसिर २५ गते समापन हुने उनले जानकारी दिए। स्थानीय तह निर्वाचनको तयारीका लागि पनि अभियानलाई उपयोग गरिने पुनको भनाइ छ।
राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन
राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन
Advertisement
तपाईको प्रतिक्रिया