• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या


  •   शनिबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
  • भक्तपुर — ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुरमा शुक्रबारदेखि ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सुरु भएको छ।
    भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा आयोजित दुईदिने सम्मेलनको उद्घाटन सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका हुन्। नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको सम्मेलनमा साहित्यिक वाचन, विचार विमर्श र सांस्कृतिक प्रस्तुति समेटिएका छन्।
    सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए। आमन्त्रित साहित्यकारले आफ्ना सिर्जना प्रस्तुत गर्नुका साथै विभिन्न क्षेत्रका विज्ञले समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विषयमा धारणा राखेका थिए।
    पहिलो चरणमा साहित्य वाचन र विचार विमर्श गरिएको थियो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, धनरत्न शाक्य, सरोज धिताल, तारालाल श्रेष्ठ, हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायतले मन्तव्य व्यक्त गरेका थिए।
    समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई समेत साहित्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएको आयोजकले जनाएको छ। साहित्यिक कार्यक्रम दिउँसो र सांस्कृतिक कार्यक्रम साँझ सञ्चालन गर्ने परम्पराअनुसार पहिलो दिन रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीत प्रस्तुत गरिएका थिए। सम्मेलनमा विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ। सम्मानित हुनेमा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी तथा २०८२ सालको मदन पुरस्कार प्राप्त पुस्तक ‘मुकुण्डो’ की लेखिका वीणा जोशी छन्। कार्यक्रममा तःमुंज्या स्मारिकासमेत विमोचन गरिएको थियो। पहिलो दिनको सभापतित्व इभा कंशाकारले गरेकी थिइन् भने शनिबारको कार्यक्रमको सभापतित्व वसन्त महर्जनले गर्ने आयोजकले जनाएको छ।
    नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। चार दशकभन्दा लामो इतिहास बोकेको यस सम्मेलनले नयाँ पुस्तालाई मातृभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको छ।
    भक्तपुरका विभिन्न वडा तथा टोलमा पालैपालो आयोजना हुने सम्मेलनमा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई पनि स्थान दिइँदै आएको छ। प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी दिए।
    दुई दिनसम्म चल्ने सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहने आयोजकले जनाएको छ।

    Advertisement


    शनिबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...