• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

कोदो एक, फाइदा अनेक हेर्नुहोस !


  •   आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
  •  काठमाडौं / कोदोलाई कु–अन्न भनेर चिनिन्छ । व्राम्हण समुदायमा धार्मिक कार्यमा प्रयोग नहुने भएपनि गुरुङ, मगर, तामाङ, राई, लिम्बु लगायतका जनजाति समूदायको धार्मिक काममा भने कोदोको परिकार नभै हुन्न ।

    तर अहिले कोदोलाई जाति विशेषको मानिँदैन । शहरीकरणसँगै मान्छेमा पलाएको अल्छिपनाले रोग निम्तिरहेको छ । त्यस्ता मान्छेको अचुक औषधि बनेको छ कोदो । गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहरबजारतिर खोजी खोजी खान थालिएको छ ।

    Advertisement

    अफ्रिकाबाट आईपुग्यो

    दक्षिण अफ्रिकामा उत्पत्ति भएको कोदो भारतको हिमाञ्चल र आल्मुडा हुँदै नेपालको मध्यपहाडी भागमा भित्रियो । अहिले त देशका सबैजसो भागमा कोदो खेति विस्तार भैसकेको छ । एक हजारदेखि एक हजार आठ सय मिटर उचाईसम्म कोदो राम्रो फल्छ ।

    उच्च पहाडमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिन्छ । कृषि वैज्ञानिकहरुले काभ्रे कोदो १, डल्ले र मुड्के जातलाई मात्र सिफारिस गरेका छन् । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।

    सबैतिर उत्पादन नहुनेहुँदा धेरैले डल्ले जातको कोदोलाई त्यसपछिको स्वादिलो रुपमा लिएका छन् । घरेलु रुपमा मदिरा बनाउँदा पनि मुड्के र डल्ले जातकै कोदो खोजिन्छ ।

    सम्धी झुक्याउने कोदो

    उच्च पहाड र मध्य पहाडको माथिल्लो क्षेत्रमा धान उत्पादन नहुँदा चामलको विकल्पको रुपमा कोदो खाईन्थ्यो । तर घरमा सम्धी पाहुना लाग्न आउँदा भातै खुवाउनु पर्ने भएकाले सेतो कोदोको भात खुवाईन्थ्यो ।

    सिलामभन्दा पनि सेता दाना कोदो संकलन गरि पाहुना लाग्न आएका बेला मात्र पकाईन्थ्यो । सम्धीलाई चामलको भात भनेर कोदोको भात झुक्याएर खुवाईएकोले यसलाई सम्दी कोदो भनिन थालिएको विश्वास छ । यो कोदोको पिठो चामलको जस्तै हुन्छ । कतै कतै यसलाई ज्वाईँ कोदो पनि भनिन्छ ।

    कोदो एक, परिकार अनेक

    परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्छ । अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र खानेदर बढ्दै गएको छ ।

    कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी परिकार पनि बन्न थालिसकेका छन् । थोरै चामलको भातसँग बिहान र बेलुका ढिंडो खाईन्छ । रोटी भने दिउँसोको खाजा र बेलुकाको खानाको रुपमा गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ ।

    जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढीजसो परिकार जाडो याममैं खाईन्छ ।

    मंगोलियन जातिले घरमैं कोदोको रक्सी बनाउने चलन छ । कोदोको रक्सी सबैभन्दा राम्रो मानिन्छ । खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो भएकाले स्वास्थ्यका हिसाबले पनि कोदोको रक्सीले अरु रक्सीको तुलनामा सबैभन्दा कम असर गर्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

    बच्चाको लागि सबैभन्दा उत्तम

    स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरेका छन् । कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ ।

    औषधी पनि हो कोदो

    जाडोमा कोदोको खोलेले वृद्धवृद्धालाई फाईदा गर्छ । पेट आडिलो हुनुका साथै पेट र आन्द्रालाई सफा गर्छ । उच्चरक्तचाप र मधुमेहका विरामीले नियमित खानाले सञ्चो हुँदै जान्छ । चिल्लो नहालिकन बनाईएको कोदोको खोलेले घाँटीको टनसिल वा खटिरा निको पार्छ । पुरानो घाउ वा एलर्जीले सताएमा पनि कोदोको लेप लगाउनाले ठिक हुने गर्छ । साभार श्राेत : नयाँपुस्ता

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation