• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • अर्घाखाँची।जिल्लाको छत्रदेव गाउँपालिकाले कृषि मार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सुरु गरेको खेती अभियानले सकारात्मक नतिजा दिन थालेको छ। वडा नं. ४ को सेरिखोलामा रहेको परशुरामेश्वर गुठीको २० रोपनी बाँझो जमिनलाई उपयोगमा ल्याएर यस वर्ष आलु खेती गरिएको हो।
    उक्त जमिनबाट करिब ३० क्विन्टल आलु उत्पादन भएको छ। अघिल्लो वर्ष यही जमिनमा धान खेती गरिएको थियो, जसले बाँझो जमिनलाई उत्पादनशील बनाउने अभियानलाई निरन्तरता दिएको देखिन्छ।
    गाउँपालिकाले गोबरमल र कम्पोस्ट मल प्रयोग गरी उत्पादन गरेको आलु खेतबाटै बिक्री गर्न सफल भएको छ। आलुलाई गुणस्तर अनुसार ग्रेडिङ गरी मूल्य निर्धारण गरिएको थियो। ठूला आलुको थोक मूल्य प्रतिकिलो ४३–४८ रुपैयाँ र फुटकर मूल्य ५३ रुपैयाँ तोकिएको थियो। मध्यम आकारका आलु खेतमै फुटकर ४०, थोक ३८ र पालिका कार्यालयबाट ४५ रुपैयाँमा बिक्री गरिएको छ भने साना आलु खेतबाट फुटकर ३५, थोक ३३ र पालिकाबाट ४० रुपैयाँमा बिक्री गरिएको छ।
    छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालका अनुसार बीउ र मलसहित आलु खेतीमा करिब १ लाख रुपैयाँ लगानी गरिएको थियो। ‘गाउँमै कृषि उद्यमबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि यो खेती गरिएको हो,’ उनले भने। ‘युवाहरू गाउँमा केही हुँदैन भनेर विदेशिने र सहरतिर बसाइँ सर्ने क्रम बढ्दो छ। त्यसलाई रोक्न केही गरौँ भन्ने युवालाई कृषि नै सम्भावना भएको क्षेत्र हो भनेर देखाउन खोजेका हौँ।’
    उनका अनुसार आलु भित्र्याएपछि सोही जमिनमा पुनः धान खेती गर्ने तयारी भइरहेको छ। गत वर्ष यही क्षेत्रमा करिब ६० मुरी धान उत्पादन भएको थियो।
    गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले पालिकाले अर्गानिक आलु उत्पादन गरेको जानकारी दिए। ‘सिंगो पालिकाका युवा र कृषक सबै उत्पादनमा लाग्नुपर्छ,’ उनले भने, ‘खेती गरेपछि उत्पादन हुँदो रहेछ भन्ने यो उदाहरण हो। हामीले किसानलाई बीउ, मल, सिँचाइ र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छौँ।’
    पालिकाको यो पहलपछि खेत नजिकैका केही कृषकले पनि आलु खेती सुरु गरेका छन्। उत्पादन र बिक्रीबाट राम्रो आम्दानी भएपछि यस्तो खेती विस्तार गर्ने योजना बनाइएको छ।
    यो अभियानले स्थानीय युवालाई गाउँमै काम गर्ने वातावरण सिर्जना गर्नुका साथै बाँझो जमिनको सदुपयोग गर्ने प्रभावकारी उदाहरण प्रस्तुत गरेको छ।

    Advertisement

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation