• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले–कांग्रेस गठबन्धन पराजित, वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी


  •   शनिबार, चैत २२, २०८१ मा प्रकाशित
  • बुटवल । सत्तारूढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्दै शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को अध्यक्षमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका छन्। चौथो अधिवेशनबाट उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले हराएका हुन्।
    पाण्डेले ३९६ मत प्राप्त गर्दा खरेलले २३४ मत पाए। राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार टिकादेवी आलेले ३९ मत ल्याइन्। यसअघि उपाध्यक्ष रहेका पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर समर्थन दिएको थियो भने एमाले–कांग्रेस गठबन्धनभित्रका असन्तुष्ट समूहले पनि आन्तरिक समर्थन जनाएका थिए। निर्वाचनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे र तिलोत्तमाका मेयर रामकृष्ण खाँणले पनि मतदान गरेका थिए। ७७५ मतदातामध्ये ६६१ जनाले मतदान गरेका थिए। उपाध्यक्षमा कांग्रेसका मिनप्रसाद देवकोटा ३७८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी गठबन्धनकै बागी लेखबहादुर खड्काले १३४ र राष्ट्रिय जनमुक्ति पार्टीकी चन्दा थापाले १०९ मत प्राप्त गरिन्।
    सचिव पदमा कांग्रेसबाट बागी बनेका विदुर केसीले ३७९ मत ल्याएर सत्ता गठबन्धनकी उम्मेदवार कमला पाण्डेलाई पराजित गरे। पाण्डेले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गरे।
    कोषाध्यक्षमा एमालेका मनिराम भट्टराई ३८५ मतसहित निर्वाचित भए। माओवादी केन्द्रका सौरभ भुसालले १७५ र उदलसिंह थापाले ६३ मत पाए। लेखा समिति सदस्यमा स्वतन्त्र उम्मेदवार सन्दीप भट्टराई (३१३ मत) र गठबन्धनका विष्णुप्रसाद सुवेदी (२११ मत) विजयी भए। मिठुमाया पौडेल, इन्दु थापा मगर, शंकर पाण्डे र सीता श्रीस पराजित भए। लेखा समिति संयोजकमा कांग्रेसका प्रदीप पराजुली निर्विरोध निर्वाचित भए। कार्यसमिति सदस्यमा गठबन्धनबाट विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल, शंकर भण्डारी र पार्वती क्षेत्री निर्वाचित भए। दुई अन्य सदस्यमा बागी उम्मेदवार राममाया पौडेल र माओवादी केन्द्रकी ज्योतिमाया थापा विजयी भए।
    लुम्बिनी प्रदेशकै ठूलो वन वाटिका २०६२ सालदेखि शंकरनगर सामुदायिक वन क्षेत्रमा सञ्चालनमा छ, जहाँ वार्षिक पाँच लाखभन्दा बढी पर्यटक आउने गरेका छन्।
    स्थानीय बुद्धिजीवी बाला कुँवरका अनुसार यो परिणामले उपभोक्ता संस्थामा पार्टीगत भागबण्डाको विरोध जनमतले स्पष्ट पारेको छ। यसअघि शंकरनगर खानेपानीको निर्वाचनमा पनि बागी उम्मेदवारले गठबन्धनका आधिकारिक उम्मेदवारलाई पराजित गरेका थिए।

    Advertisement

    शनिबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation