• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

एक्ली वक्ताको चिन्ता: ‘म मरे भने कुसुन्डा भाषा पनि मर्छ।’


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • प्युठान। नेपालका १२४ वटा मातृभाषामध्ये सबैभन्दा लोपोन्मुख कुसुन्डा भाषा अहिले अस्तित्व संकटमा छ। २०७६ माघ ११ गते ज्ञानुमैयाँ कुसुन्डाको निधनपछि यो भाषा बोल्ने एकमात्र पूर्ण वक्ता ५० वर्षीया कमला सेन कुसुन्डा मात्र बाँकी रहनुभएको छ। रोल्पाको टुनिबोट मा जन्मिएकी कमलाले चिन्तित हुँदै भन्नुभयो,
    “पहिले दिदीसँग मातृभाषामा कुरा गर्थें, तर अब म मात्र छु। म मरे भने यो भाषा पनि मर्छ।”
    १८ वर्षको उमेरमा विवाह गरेपछि परिवारको जिम्मेवारीसँगै आफ्नो मातृभाषा बचाउन उहाँ अहोरात्र लागिरहनुभएको छ। तर, विडम्बना! उहाँकै तीन छोरा, एक छोरी, तीन नाती र दुई नातिनीमध्ये कसैले पनि यो भाषा सिकेका छैनन्।
    कुसुन्डा समुदाय पहिले वनमा फिरन्ते जीवन बिताउने गर्थ्यो। उनीहरू जंगलमै जन्मिन्थे, हुर्किन्थे, र आफ्नै भाषामा कुरा गर्थे। सिकार खेल्ने, गिट्ठा–भ्याकुर खाने, जङ्गलको बासस्थानमा रमाउने उनीहरूको जीवनशैली थियो। बसाइँसराइ त उनीहरूको पहिचान नै थियो। कुनै ठाउँमा खानेकुरा सकियो भने अर्को जंगलतिर सर्ने चलन थियो।
    तर जब जंगल छोडेर गाउँ पसे, उनीहरू नेपाली बोल्न थाले। बाहिरी समुदायसँग अन्तरक्रिया बढ्यो, बिहेगरे अन्य जातिसँग हुन थाल्यो, र नयाँ पुस्ताले कुसुन्डा भाषा सिक्न छोड्यो।
    नेपालभर कुसुन्डा समुदायका १५९ जना मात्र सदस्य बाँकी छन्, जो शाही, सेन, र खान गरी तीन वंशमा विभाजित छन्। हाल प्युठान, सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, र गोरखा जिल्लामा उनीहरू छरिएर बसिरहेका छन्।
    कुसुन्डाहरू एक समय वनराजा भनेर चिनिन्थे। उनीहरूलाई जंगल नै आफ्नो घर, खेत, मन्दिर, र स्कूल थियो। दसैंमा पितृपूजा, वर्षमा एक पटक वनदेवीको पूजा, र विवाहमा जंगली पन्छीको मासु लिएर केटी माग्न जाने चलन थियो। तर, अहिले गाउँमा बस्न थालेपछि संस्कार मात्र होइन, भाषा पनि हराउँदै गएको कुसुन्डा भाषा अध्येता उदयराज आले मगर बताउनुहुन्छ।
    “ज्ञानुमैयाँपछि भाषा जोगाउने मुख्य स्रोत कमला मात्र हुनुहुन्छ। अब जति सकिन्छ, सिक्नुपर्ने बेला हो।”

    Advertisement

    कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आले मगर

    हाल कुसुन्डा समुदाय ऐलानी जग्गामा बसोबास गर्दै आएको छ। कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले कुसुन्डाहरूलाई एकीकृत बस्तीमा बसाउने आवश्यकता रहेको बताउनुभएको छ। संघीय सांसद सूर्य थापा ले पनि राज्यले लोपोन्मुख भाषाको संरक्षण आफ्नो दायित्व मानेर काम गर्नुपर्ने बताउनुभएको छ।
    सकारात्मक पक्ष के छ भने नयाँ पुस्ता भाषा जोगाउन सक्रिय देखिएको छ। भाषा आयोगले दाङमा ज्ञानुमैयाँलाई स्रोतव्यक्ति बनाएर कुसुन्डा भाषा कक्षा सञ्चालन गरेको थियो, जसबाट प्युठानकी हिमा कुसुन्डा र सुर्खेतका तेजबहादुर कुसुन्डा अहिले सामान्य रूपमा बोल्न र लेख्न सक्ने भएका छन्।
    हाल प्युठानको सरुमारानीमा कुसुन्डा भाषा तालिम सञ्चालन भइरहेको छ, जहाँ कमला स्रोत व्यक्ति, उदयराज आले प्रशिक्षक, र हिमा सहायक प्रशिक्षक हुनुहुन्छ। आलेले तयार पारेका ‘कुसुन्डा गिभन’, ‘कुसुन्डा शब्दकोष’, ‘कुसुन्डा शब्दचित्र’, ‘कुसुन्डा पाठ्यक्रम’, ‘गेम्याक’, र ‘सोजक’ लगायत दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन्।

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...