• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ३. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ४. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ५. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • अर्घाखाँची। भदौ-२४ गते जेन-जी आन्दोलनको नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी गरियो । आगजनी बाट आचार्यको घरमा भएका संपूर्ण सामाग्री जलेर नष्ट हुनुका साथै सिङ्गो घर समेत जलेर ध्वस्त भयो ।
    यो घर आचार्य सांसद नहुँदै पैतृक सम्पत्ति र उनकी श्रीमती दीपा आचार्यको नोकरी बाट बनेको घर हो । घर जलेपछी मुख्यमन्त्री आचार्यको परिवार आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएको छ ।
    २३ गते काठमाडौंमा भएको घट्नाले निकै चिन्तित बनेको आचार्य परिवारले अर्को दिन हुल आएर आफ्नो घर जलाउला भन्ने कल्पना पनि गरेन ।काठमाडौंमा भएका घाइतेलाई कसरी बचाउन सकिन्छ ? उनिहरुलाई के सहयोग गर्नुपर्छ भनि उनि निरन्तर सम्पर्कमा थिए । तर अपशोष उनले कल्पना नगरेको उनको घरलाई नै निशाना बनाएर आगजनी गरियो ।
    अर्घाखाँची जिल्लामा आन्दोलनकारीले अलि बढी राजनीतिकदलका पार्टी कार्यालयलाइ निशाना बनाएका थिए । उनिहरुले अरु पार्टी कार्यालयका सामाग्री बाहिर ल्याएर सामान मात्र आगजनी गरेपनि नेकपा एमालेको पार्टी कार्यालय भने पूर्णरुपमा ध्वस्त हुनेगरी आगजनी गरे । एमाले पार्टी कार्यालय आगजनी गरेको भिडले तत्कालै मुख्यमन्त्री आचार्यको घरमा आगजनी गर्यो । आगजनीको समयमा मुख्यमन्त्री आचार्य प्रदेश राजधानी दाङ थिए ।
    आचार्यको घर आगजनी गर्न आउने समूहलाई स्थानीय बासिन्दाले आगजनी नगर्न धेरै अनुरोध गरे , रोए – कराए तर त्यहाँ सुन्नेवाला कोही थिएन । स्थानीय बासिन्दाले गरेको आग्रह निरर्थक भयो बरु उनिहरुले उल्टो धम्कि खेप्नु पर्यो । आफ्नो घर र घरमा भएका धन,सम्पत्ति, सर-सामान पुरै जलेर नष्ट भएपनि मुख्यमन्त्री आचार्य अझै घरमा आउन पाएका छैनन् । घर,परिवार र धनसम्पत्ति भन्दा जनता ठुलो भन्दै काममा खट्ने उनले आफ्नोघर जलेको प्रति सोच्न सम्म पाएका छैनन् । उनलाई मृतकको परिवार ,घाइते र घरवार बिहीन बनेकाहरुको चिन्ताले सताएको छ । क्यान्सर,मृगौला लगायतका जटिल रोगलाई जितेर यहाँ सम्म आएका आचार्यको जिवन निकै संघर्षमय छ । उनको जिवन जति संघर्षमय छ उनि जनताको बीचमा पनि त्यत्तिकै लोकप्रिय छन् ।
    निस्वार्थभावले राजनीतिमा लागेका उनि स्वच्छ छबि भएका सरल,इमान्दार र जुझारु नेता हुन् । सत्य र इमानको राजनीति गर्ने उनले सरकारमा रहँदा वा नरहँदा कहिल्यै इमान्दारीता र स्वाभिमान बेचेनन् । आचार्य जव मुख्यमन्त्री बने उनले कुनै नेताले गर्न नसक्ने थुप्रै काम गरेर एउटा इमान्दार र स्वाभिमानी नेताको रुपमा आफुलाई अब्बल साबित गरे ।
    आफू मुख्यमन्त्री भए सँगै उनले पूर्व विशिष्ट पदाधिकारीलाई दिंदै आएको ( सवारी साधन,इन्धन,मर्मत ) फिर्ता गराए ।,सरकारी कार्यक्रम होटल रेष्टुरेन्टमा संचालन नगरी सरकारी हलको प्रयोग गर्ने,सरकारी आवासको प्रयोग गर्ने,स्वागत,विदाई अतिथ्यता लगायतका कार्यक्रममा खादा,मालाको प्रयोग नगर्ने । ५ लाख भन्दा बढी रकम भएका आयोजना टेण्डर प्रकिया बाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गराउने । स्वकीय सचिवमा आफन्त र परिवारका सदस्यलाई नराख्ने । अति जरुरी बाहेक जिल्ला भ्रमण नगर्ने,भ्रष्टाचार बिरुद्ध शुन्यसहन्सिलता लागु गर्ने,कार्यालयमा गरिने दैनिक फजुल खर्च रोक्ने लगायतका खर्च कटौतीका निर्णय गरेर उनले प्रदेश सरकारको करोडौं रकम चुहावट हुन बाट जोगाए ।
    आचार्य मुख्यमन्त्री भएपनि उनकी श्रीमती दीपा आचार्य धेरैजसो अर्घाखाँचीमै बस्थिन । उनलाई मुख्यमन्त्रीकी श्रीमती भन्ने पटक्कै घमण्ड थिएन । बरु उनले जनतालाई कसरी सेवा पुर्याउन सकिन्छ भनेर दिनरात चिन्तित देखिन्थिन । जनताको जीवनस्तर भन्दा कहिल्यै फरक हुन नचाहने उनले माछामासु समेत खान छोडेको धेरै बर्ष भएको थियो । अरु महिला नेतृहरुले महंगा लुगा र गहनामा सजिएर जाँदा पनि उनि सामान्य लुगा लगाएर कार्यक्रममा जान्थिन । सामान्य पोशाक र सहजताका कारण उनलाई धेरैले रुचाउछन् र मनमा लागेको कुरा ढुक्कले भन्छन् । श्रीमती आचार्यले करीब २८ बर्ष शिक्षण पेसा गरेर केहीबर्ष पहिले सेवा निवृत्त भएकी हुन् । पेशामा रहँदा उनिअब्बल शिक्षक थिइन । उनले हरेक कठिन परिस्थितिमा पनि मेहनत गरेर विद्यार्थीलाई पढाइन् कुनै दिन आफ्नो शक्ति देखाईनन् । दैनिक डेढ घण्टाको बाटो हिडेर शिक्षण गर्ने उनले खाई नखाई मुख मारेर थोरै थोरै पैसा जम्मा गरेर सन्धिखर्क बजार भन्दा केही टाढा सन्धिखर्क-१ को हटारी नेटामा घर बनाइन ।
    २०६६ सालमा ऋण धन गरेर घर बनाउँदा उनले जिवनमा ठूलो खुसिको अनुभूति गरेकी थिइन तर विडम्बना उनको २८ वर्षको जागिरे जीवन र श्रम बाट बनेको घर आज ध्वस्त भएको छ ।
    श्रीमती आचार्यले बजारमा गएर प्राय तरकारी किनिनन् । उनले आफ्नो परिवारलाई खानको लागि तरकारी घरमै उत्पादन गर्थिन । उनले उत्पादन गरेको तरकारी उनको घर परिवारले मात्र नभएर मुख्यमन्त्री कार्यालय दाङ पठाएर मुख्य मन्त्रीका स्टाप सम्म पुग्थ्यो । उनले मुख्यमन्त्री कार्यालय दाङमा रहँदा पनि आफुलाई निरन्तर श्रममा जोडीन । त्यहाँ बस्दा पनि उनले खानको लागि तरकारी उत्पादन गर्थिन । आचार्यलाई धेरैले दयाकी खानि भन्छन् अरुलाई दु:ख पर्यो भने आफ्नो अर्को नभनि उनि तुरुन्त भेट्न जान्छिन् । आफु सक्दो सहयोग गर्छिन र प्यारो समिप्यता र सान्त्वना दिएर फर्कन्छिन् । कुनै समस्यामा परे सबैले उनलाई संझन्छन् । उनि सँग बोल्दा पनि मनमा शान्तिको अनुभूति हुने स्थानीयको भनाई छ । श्रीमती आचार्यको थात बास सबै सकिएको छ । थात बास नभए पनि जनताले देखाएको प्रेम र मायाले आफूलाई शान्त्वना मिलेको उनको भनाई छ । उत्तेजनामा आएर आफूलाई घरबास बिहिन बनाए पनि आफूले कहिले पनि अरुको कुभलो नचाहने उनको भनाई छ । उनले स्थानीय बासिन्दाको बीचमा मनथाम्न नसकी बलिन्द्र आसुका थोपा चुँहाउँदा उपस्थित सयौंका आँखा रसाएका थिए । अझै उनि बोलेको भिडियो सार्बजनीक हुँदा धेरैजना भक्कानीएर रोए ।

    Advertisement

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    यो बुढो रुख त्यो बुढो रुख
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ४.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation