अर्घाखाँची। भदौ-२४ गते जेन-जी आन्दोलनको नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी गरियो । आगजनी बाट आचार्यको घरमा भएका संपूर्ण सामाग्री जलेर नष्ट हुनुका साथै सिङ्गो घर समेत जलेर ध्वस्त भयो ।
यो घर आचार्य सांसद नहुँदै पैतृक सम्पत्ति र उनकी श्रीमती दीपा आचार्यको नोकरी बाट बनेको घर हो । घर जलेपछी मुख्यमन्त्री आचार्यको परिवार आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएको छ ।
२३ गते काठमाडौंमा भएको घट्नाले निकै चिन्तित बनेको आचार्य परिवारले अर्को दिन हुल आएर आफ्नो घर जलाउला भन्ने कल्पना पनि गरेन ।काठमाडौंमा भएका घाइतेलाई कसरी बचाउन सकिन्छ ? उनिहरुलाई के सहयोग गर्नुपर्छ भनि उनि निरन्तर सम्पर्कमा थिए । तर अपशोष उनले कल्पना नगरेको उनको घरलाई नै निशाना बनाएर आगजनी गरियो ।
अर्घाखाँची जिल्लामा आन्दोलनकारीले अलि बढी राजनीतिकदलका पार्टी कार्यालयलाइ निशाना बनाएका थिए । उनिहरुले अरु पार्टी कार्यालयका सामाग्री बाहिर ल्याएर सामान मात्र आगजनी गरेपनि नेकपा एमालेको पार्टी कार्यालय भने पूर्णरुपमा ध्वस्त हुनेगरी आगजनी गरे । एमाले पार्टी कार्यालय आगजनी गरेको भिडले तत्कालै मुख्यमन्त्री आचार्यको घरमा आगजनी गर्यो । आगजनीको समयमा मुख्यमन्त्री आचार्य प्रदेश राजधानी दाङ थिए ।
आचार्यको घर आगजनी गर्न आउने समूहलाई स्थानीय बासिन्दाले आगजनी नगर्न धेरै अनुरोध गरे , रोए – कराए तर त्यहाँ सुन्नेवाला कोही थिएन । स्थानीय बासिन्दाले गरेको आग्रह निरर्थक भयो बरु उनिहरुले उल्टो धम्कि खेप्नु पर्यो । आफ्नो घर र घरमा भएका धन,सम्पत्ति, सर-सामान पुरै जलेर नष्ट भएपनि मुख्यमन्त्री आचार्य अझै घरमा आउन पाएका छैनन् । घर,परिवार र धनसम्पत्ति भन्दा जनता ठुलो भन्दै काममा खट्ने उनले आफ्नोघर जलेको प्रति सोच्न सम्म पाएका छैनन् । उनलाई मृतकको परिवार ,घाइते र घरवार बिहीन बनेकाहरुको चिन्ताले सताएको छ । क्यान्सर,मृगौला लगायतका जटिल रोगलाई जितेर यहाँ सम्म आएका आचार्यको जिवन निकै संघर्षमय छ । उनको जिवन जति संघर्षमय छ उनि जनताको बीचमा पनि त्यत्तिकै लोकप्रिय छन् ।
निस्वार्थभावले राजनीतिमा लागेका उनि स्वच्छ छबि भएका सरल,इमान्दार र जुझारु नेता हुन् । सत्य र इमानको राजनीति गर्ने उनले सरकारमा रहँदा वा नरहँदा कहिल्यै इमान्दारीता र स्वाभिमान बेचेनन् । आचार्य जव मुख्यमन्त्री बने उनले कुनै नेताले गर्न नसक्ने थुप्रै काम गरेर एउटा इमान्दार र स्वाभिमानी नेताको रुपमा आफुलाई अब्बल साबित गरे ।
आफू मुख्यमन्त्री भए सँगै उनले पूर्व विशिष्ट पदाधिकारीलाई दिंदै आएको ( सवारी साधन,इन्धन,मर्मत ) फिर्ता गराए ।,सरकारी कार्यक्रम होटल रेष्टुरेन्टमा संचालन नगरी सरकारी हलको प्रयोग गर्ने,सरकारी आवासको प्रयोग गर्ने,स्वागत,विदाई अतिथ्यता लगायतका कार्यक्रममा खादा,मालाको प्रयोग नगर्ने । ५ लाख भन्दा बढी रकम भएका आयोजना टेण्डर प्रकिया बाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गराउने । स्वकीय सचिवमा आफन्त र परिवारका सदस्यलाई नराख्ने । अति जरुरी बाहेक जिल्ला भ्रमण नगर्ने,भ्रष्टाचार बिरुद्ध शुन्यसहन्सिलता लागु गर्ने,कार्यालयमा गरिने दैनिक फजुल खर्च रोक्ने लगायतका खर्च कटौतीका निर्णय गरेर उनले प्रदेश सरकारको करोडौं रकम चुहावट हुन बाट जोगाए ।
आचार्य मुख्यमन्त्री भएपनि उनकी श्रीमती दीपा आचार्य धेरैजसो अर्घाखाँचीमै बस्थिन । उनलाई मुख्यमन्त्रीकी श्रीमती भन्ने पटक्कै घमण्ड थिएन । बरु उनले जनतालाई कसरी सेवा पुर्याउन सकिन्छ भनेर दिनरात चिन्तित देखिन्थिन । जनताको जीवनस्तर भन्दा कहिल्यै फरक हुन नचाहने उनले माछामासु समेत खान छोडेको धेरै बर्ष भएको थियो । अरु महिला नेतृहरुले महंगा लुगा र गहनामा सजिएर जाँदा पनि उनि सामान्य लुगा लगाएर कार्यक्रममा जान्थिन । सामान्य पोशाक र सहजताका कारण उनलाई धेरैले रुचाउछन् र मनमा लागेको कुरा ढुक्कले भन्छन् । श्रीमती आचार्यले करीब २८ बर्ष शिक्षण पेसा गरेर केहीबर्ष पहिले सेवा निवृत्त भएकी हुन् । पेशामा रहँदा उनिअब्बल शिक्षक थिइन । उनले हरेक कठिन परिस्थितिमा पनि मेहनत गरेर विद्यार्थीलाई पढाइन् कुनै दिन आफ्नो शक्ति देखाईनन् । दैनिक डेढ घण्टाको बाटो हिडेर शिक्षण गर्ने उनले खाई नखाई मुख मारेर थोरै थोरै पैसा जम्मा गरेर सन्धिखर्क बजार भन्दा केही टाढा सन्धिखर्क-१ को हटारी नेटामा घर बनाइन ।
२०६६ सालमा ऋण धन गरेर घर बनाउँदा उनले जिवनमा ठूलो खुसिको अनुभूति गरेकी थिइन तर विडम्बना उनको २८ वर्षको जागिरे जीवन र श्रम बाट बनेको घर आज ध्वस्त भएको छ ।
श्रीमती आचार्यले बजारमा गएर प्राय तरकारी किनिनन् । उनले आफ्नो परिवारलाई खानको लागि तरकारी घरमै उत्पादन गर्थिन । उनले उत्पादन गरेको तरकारी उनको घर परिवारले मात्र नभएर मुख्यमन्त्री कार्यालय दाङ पठाएर मुख्य मन्त्रीका स्टाप सम्म पुग्थ्यो । उनले मुख्यमन्त्री कार्यालय दाङमा रहँदा पनि आफुलाई निरन्तर श्रममा जोडीन । त्यहाँ बस्दा पनि उनले खानको लागि तरकारी उत्पादन गर्थिन । आचार्यलाई धेरैले दयाकी खानि भन्छन् अरुलाई दु:ख पर्यो भने आफ्नो अर्को नभनि उनि तुरुन्त भेट्न जान्छिन् । आफु सक्दो सहयोग गर्छिन र प्यारो समिप्यता र सान्त्वना दिएर फर्कन्छिन् । कुनै समस्यामा परे सबैले उनलाई संझन्छन् । उनि सँग बोल्दा पनि मनमा शान्तिको अनुभूति हुने स्थानीयको भनाई छ । श्रीमती आचार्यको थात बास सबै सकिएको छ । थात बास नभए पनि जनताले देखाएको प्रेम र मायाले आफूलाई शान्त्वना मिलेको उनको भनाई छ । उत्तेजनामा आएर आफूलाई घरबास बिहिन बनाए पनि आफूले कहिले पनि अरुको कुभलो नचाहने उनको भनाई छ । उनले स्थानीय बासिन्दाको बीचमा मनथाम्न नसकी बलिन्द्र आसुका थोपा चुँहाउँदा उपस्थित सयौंका आँखा रसाएका थिए । अझै उनि बोलेको भिडियो सार्बजनीक हुँदा धेरैजना भक्कानीएर रोए ।
२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु
२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

Advertisement
तपाईको प्रतिक्रिया