• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ३. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ४. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ५. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • ६. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

गुल्मीमा माघ महिनामै १६ ठाउँमा आगोलागी  


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिक जसो आगोलागीका घटनाहरू बढ्दै जाने गर्दछन् । आगोलागीबाट गुल्मी जिल्लामा पनि वर्षेनी आगोलागीबाट करोडौं मुल्यको जन धनको क्षती हुने गरेको छ ।
    गुल्मी जिल्लामा सुख्खा सिजन सुरुभएसँगै आगोलागीका घटनाहरु तिब्र रुपमा बढ्ने गर्दछन् । गाउँमा बस्ती रित्तिदैं गएको र झाडी बढ्दै जाँदा आगलागीका घटनाहरु दैनिक जसो बढ्ने गर्दछन्। जिल्लामा माघ महिनामा विभिन्न १६ ठाउँमा आगोलागी भएको प्रहरीले जनाएको छ । एक महिनाको अवधीमा उक्त ठाउँका सामुदायिक वनमा आगोलागी भएको थियो ।
    आगोलागीबाट एउटा घर, ३ वटा गोठ जगेको तथ्याङक रहेको छ । त्यस क्रममा २ वटापशु चौपाया जलेर नष्ट भएका छन् । ४ वटा घइते अवस्थामा रहेका छन् ।
    आगोलागीमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्लामा विभिन्न स्थानका १६ ठाउँमा लागेको आगो नियन्त्रण गर्न ५१ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
    गर्मीसुरु नहुँदै यतिधेरै ठाउँमा आगोलागी हुनु यसवर्षको सुख्खा सिजनका लागि ठूलो चुनौतीको विषय बन्ने देखिन्छ । जिल्लामा अघिल्ले वर्ष गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको थियो ।आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको थियो । अघिल्लो वर्ष जिल्लामा ६१ वटा घर र ७९ वटा गोठ जलेर करोडौंको क्षति भएको थियो ।
    गुल्मी जिल्लामा पछिल्लो २० वर्षको तथ्याङक हेर्दा ०७३ साल पछि आगोलागीको ठूलो घटना अघिल्लो वर्ष घटेको छ ।
    ०७३ सालमा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दगाकोटमा स्थानीय सामुदायिक वनबाट बस्तीमा आगो पुग्दा ५८ वटा घर जलेका थिए । सयौं पशुचौपाय र सयौं गोठ जलेर नष्ट भएका थिए।आगोलागीबाट वर्षेनी जनधनको क्षती हुने गरेको छ । यसवर्ष पनि हिँउदमा पानी नपरेकाले आगोलागीका घटनाहरु बृद्धि हुनसक्ने अनुमान सबत्र हुन थालेको छ ।  आगोलागीबाट सम्भावित क्षती कम गर्न जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न रणनीतिहरु अपनाउने कार्ययोजना अगाडी सारेको छ । आगोनियन्त्रण सम्बन्धी कार्य योजना बनाएर अगाडी बढने गरि विभिन्न खालका रणनीतिहरु तयार गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।   सुरक्षकर्मीलाई अग्नि नियन्त्रणका सामाग्री तयारी अवस्थामा राख्ने काम र अपुग सामाग्री मागका लागि विभिन्न कार्यालयसँग समन्वय पनि भइरहेको गौतमले बताए । आगो लागिका लागि जोखिम नियन्त्र र आगोलागि भइहालेको खण्डमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर त्यस बारेमा पनि योजनाहरु बनाइएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।  आगो लागाउने व्यक्ति पहिचाहनका लागि पनि सुस्म तरिकाले निगरानी गर्न ठाउँ–ठाउमा प्रहरीद्धारा निगरानी गर्ने काम पनि गरिने भएको छ। गर्मी र सुख्खा सिजन सुरु भएसँगै आगोलागीका घट्ना र यसको रोकथामका लागि कसरी अगाडी बढने भन्ने बारेमा विभिन्न ठाउँमा बहस हुन थालेको छ ।
    आगोलागी नियन्त्रणका लागि स्थानीय सरकारको प्रमुख भूमिका हुन्छ । नजिक र छिटो छरितो पुग्ने भनेकै स्थानीय सरकार भएकाले अग्नी नियन्त्रणका लागि पनि स्थानीय सरकारले विभिन्न योजनाहरु अगाडी बढाएका छन् । आगोलागिका घटनाहरु कम गर्न सामुदायिक वन उपभोक्ता समितिलाई पूर्व तयारी सहित सक्रियता बढाउने, सचेतना कार्यक्रमहरु राख्ने काम गरेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । विपद्मा काम लाग्ने खालका संरचना बनाउने पालिकाको नीति चन्द्रको गाउँपालिकाले लिएको छ ।   पालिकाबाट द्रुत प्रतिकार्य टिम निर्माण, स्थानीय प्रहरी चौकीको सहभागितामा आगोलागि नियन्त्रणका उपकरण वितरण गर्ने  काम पनि स्थानीय सरकारले गर्दै आएको केसीले बताए । आगोलागि भइहाल्यो भने शान्तिपुर र मजुवा बजारमा फायर आइडेन्ट उपकरण जडान गर्ने काम पनि चन्द्रकोट गाउँपालिकाले गरेको छ ।
    पालिकाका सबै वडा टोलहरुमा बाटो पुगेका ठाउँमा ट्याक्टरमा जडान गर्ने गरि १४ हजार लिटरको ट्याङकर खरिद गरेको अध्यक्ष खत्रीले बताए । आगोलागिबाट गतवर्ष सबैभन्दा धेरै क्षति इस्मा गाउँपालिकामा भएको थियो ।
    यसवर्ष गाउँपालिकाले अहिल्यैबाट आग्नी नियन्त्रण गर्ने गरि योजना बनाएको छ । गाउँपालिकाले मिनि दम्कलको रुपमा प्रयोग गर्ने त्यसका लागि नगरप्रहरी समेत भर्ना गरेर तालिम प्रदान गरेर तयारी थालिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।    पालिकाले अहिलेदेखि नै पूर्व तयारी गरिरहेको छ । रेडक्रस, स्थानीय युवाहरुको टिम बनाएर जनचेतनाका काम गरिरहेको खड्काले बताए ।  आगोलागि नियन्त्रणका लागि फायर पम्प, ट्याङकर सहितको ट्याक्टर तयारी अवस्थामा राखेको, नगरप्रहरी, कर्मचारी लगायतले फायरपम्प चलाउने गरि तालिम प्रदान अध्यक्ष खड्काले बताए । आगो लगाउने कार्य मानवबाटै भएकाले यसको नियन्त्रणका लागि जनचेतनाका कामहरु हुन सकेको नसकेको उनले बताए ।आगोलागि हुन साथ तुरुन्तै नियन्त्रण गर्ने गरि टिमी बनाएर तयारी थालेको खड्काले बताए । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण ल्याउन कठिन हुन्छ ।   आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधी र केहि स्थानीयको आगोलागी क्षेत्रमा पुग्ने गरेपनि धेरै ठाउँमा आगोलागि सजिलै हुन सत्तैन । आगोले प्रत्येक बर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।    आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा पर्ने गर्दछ ।    जैविक विविधताको धनी वन जंगलमा बर्सेनि लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको छ ।  आगो लगाएको सुराकी दिने ब्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने व्यवस्था पनि रहेको छ ।
    तर अहिलेसम्म आगो लगाउने व्यक्ति समेत पक्राउ परेको पाइदैन।

    Advertisement

    वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि कानुनमा रहेको छ ।

    जिल्लामा अघिल्लो वर्षका अग्नी पीडितका लागि आवास निर्माण लागि पाउनुपर्ने रकम समेत पाएका छैनन् । आवास निर्माण भए पनि सरकारबाट रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा परेका छन् ।

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा
    बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता
    रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ३.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ५.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ६.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    भर्खरै

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ४.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ६.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ७.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ८.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation