• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, कार्तिक ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

  • ५. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ६. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ७. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ८. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

  • ९. जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

  • १०. गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

गुल्मीको गर्जुरामा वर पिपल र स्वामीको विधिवत विवाह


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • गुल्मी । अहिलेको पुस्तालाई सुन्दा अचम्म लाग्न सक्छ वृक्षको पनि बिहे गरिन्छ भनेर । तर यो निकै पुरानो चलन थियो । 
    पछिल्लो समय यस्तो परम्परा हराउदै पनि गएको थियो। तर गुल्मी  जिल्लामा त्रिवृक्षको विवाह गरिएको छ । गुल्मीमा वरपिपल, स्वामीको विधिपुर्वक पुजा तथा विवाह गरिएको छ । जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरा पार्कमा भव्यताका साथ पुजा तथा विवाह कार्यक्रम गरिएको हो। समितिका पदाथिकारीले ०७० सालमा रोपर्ण गरेको वर पिपल बिस्तारै बढदै गएपछि त्यसको संरक्षण स्वरुप चौपारी निर्माण गरेर विधिवत पुजा गरिएको छ । वर पिपललाई विधिवत पुजा गरेपछि त्यसको काट्न नहुने लगायतका मान्यता रहि आएको छ । पछिल्लो समय गाउँबस्तीमा बर पिपल लगायतका धार्मिक आस्था जोडिएका वृक्षहरु लोभ हुँदै गएकाले त्यसको संरक्षणका लागि विवाह र पुजा कार्यक्रम गरिएको तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीका अध्यक्ष धनबहादुर रानाले बताउनुभयो । विष्णु भगवानको पिपल,बर्माको अवातर वर मानिन्छन्।
       उनीहरु बीचमा विवाह हुने गर्दछ । विवाहको साँची अर्थात् लोकान्तिका रुपमा महेश्वर भगवानको अवतारका रुपमा स्वामीलाई पुजन गरिने प्रचलन छ । लोभउन्मुख चौपारीको संरक्षणका लागि जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले गर्जुरामा साढे ६ लाखको लगानीमा चौपारी निर्माण गरेको छ । चौपारी निर्माणको लागि रेसुङ्गा नगरपालिकाले ९८ हजार ५ सय ३४ र गुल्मी उद्योग वाणिज्य संघले २५ हजार आर्थिक सहयोग गरेका छन् ।
        चौपारीको लागि बाँकी आवश्यक रकम संस्थाका विभिन्न व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको हो । रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले चौपारीको उद्धघाटन गर्नुभएको थियो । नगरप्रमुख पन्थीले चौपारी निर्माण र पुजाको कर्म अत्यन्तै अनुकरण कार्यको सुरुवात भएको बताउनुभयो  । उहाँले पहलकदमी संघलाई धन्यबाद दिदैं काम सानो भएपनि समाजमा ठूलो सन्देश प्रवाह गरेको बताउनुभयो  । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा र महत्वलाई उजागर गरी पर्यटन प्रर्वद्धनमा थप टेवा पुगेको नगरप्रमुख पन्थीको भनाइ छ ।  २०६९ सालमा स्थापना भएको संंघ जिल्लाका सामाजिक कार्यक्रमा सरिक हुदैँ आएको छ । जिल्ला तरकारी तथा फलफूल व्यावसायी संघ गुल्मीले चौपारी निर्माणदेखि अन्य कार्यमा सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिएको छ । २०६९ सालमा तदर्थ समिति हुदैँ स्थापना भएको उक्त संस्थाले विपत्ति तथा धार्मिक कार्यमा समयमा खाद्यान्न र फलफूुल वितरण गरिएको संघका अध्यक्ष रानाले बताउनुभयो  । उनले फलफूल संघले विभिन्न समयमा गरेका सामाजिक कार्यले समुदायमा परिवर्तन समाजसेवाको दियो छरिरहेको बताउनुभयो  ।  हिन्दु धर्म ऐतिहासिक परम्परामा आधारित भएर त्रिवृक्षको संरक्षणको लागि वृक्षको पुजन गरिएको पण्डित घनश्याम आर्चायले बताउनुभयो । पण्डित आर्चायका अनुसार मानिस प्रकृति पुजक र भगवान्को आस्थामा धार्मिक कार्य गर्ने गर्दछन् । मानव जीवनमा आउने प्राकृति विपत्ति र मान्छेको रक्षाका लागि पनि धार्मिक विश्वास अनुरुप पुजा गरिएको उहाँले बताउनुभयो  ।
      पछिल्लो सार्वजनिक स्थलमा जथाभावीसडक विस्तारका क्रममा सयौं वर्ष पुराना बरपीपलका रूख नष्ट हुँदै गएका छन् । त्यसको संरक्षण स्वरुप गुल्मीमा बर पीपलका रूख रोपर्ण गरेर बिधिवत रुपमा चौपारी निर्माण गरिएको छ । अन्य सयौं रूखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन । जरा धेरै टाढासम्म फैलने भएकाले बाढी पहिरो नियन्त्रणमा यस्ता ठुला रुखहरुको महत्वपुर्ण सहयोग पुराएका हुन्छन् । अदूरदर्शी विकास र जलवायु परिवर्तनको असरले सुक्खा क्षेत्र बढ्दै छ । पोखरी तालसँगै सिमसार क्षेत्र संकटमा छ । चौपारीमा बसेर स्वच्छ हावा लिने, विश्राम गर्ने परम्परा अहिले हराउँदै गएको छ गाउँमा मानिसहरुले धर्म कमाउन पोखरी खन्थे र वल पीपल रोप्थे छ । अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा बरपीपल रोपेर चौतारी बनाउने चलन थियो ।
        पुराना रूखहरू नष्ट हुँदै जाने र नयाँ रोप्न कोही पनि अग्रसर नभएपछि गाउँमा बरपीपलका रूख देखिन छोडेका छन् । गुल्मीमा सड्क बिस्तारको क्रममा धेरै ठाउँमा बरपीपलका पुराना रूख नष्ट गर्दै सडक निर्माण गरिएका छन् । 

    Advertisement

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता
    रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
    प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    भर्खरै

    • १.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ३.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ४.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ५.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ६.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ७.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ८.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...