• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ३. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ४. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ५. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ६. खुट्टाले लेखेर ३.४० जिपिए

  • ७. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

बुबाको मृत्युसँगै मेरा जीन्दगीका आधा खुशीहरू स्वर्गेबास भए


  •   बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
  • गुल्मी । म १० वर्ष उमेरको हुँदा जब बुबालाई हामीले सधैंका लागि गुमायौं। उहाँ हाम्रो जीवनको आधार, प्रेरणा, र छायाँ हुनुहुन्थ्यो। उहाँ हाम्रो लागि केवल पिता मात्र नभई, एक मार्गदर्शक, हाम्रो रक्षक र हाम्रो सम्पूर्ण खुशीको स्रोत हुनुहुन्थ्यो। उहाँका सात छोराछोरीमध्ये– चार दिदी, दुई बहिनी, र म उहाँको माया र हेरचाहमा सुरक्षित थियौं। कान्छी बहिनी त केवल चार वर्षकी मात्र थिइन्, जसले बुबाको माया र सहारा पाउनै बाँकी थियो ।
    हाम्रो जीवन उहाँको सानो स्नेह, एक शब्द र मुस्कानमा रमाएको थियो। बुबाको साथ हुँदा संसारको कुनै चिन्ता थिएन। उहाँका पाइलाहरू हाम्रो घरभित्र पसेपछि सबै दुःख विलीन हुन्थे। तर उहाँको मृत्युसँगै हाम्रो जीवनको उज्यालो निभ्यो। जिम्मेवारीको विशाल भार अब आमाको काँधमा आयो। उहाँले आफ्ना आँसु लुकाएर हामीलाई रेखदेख गर्न थाल्नुभयो। तर हामी सबैका लागि यो एक भयानक परिवर्तन थियो।
    बुबा लामो समयदेखि बिरामी पर्नुभएको थियो। उहाँको उपचारका लागि हामीले हाम्रा सम्पूर्ण स्रोत खर्च गर्यौं। उहाँलाई बचाउन धेरै प्रयास ग¥यौं, तर उहाँको निधन भयो। उहाँको मृत्युले हाम्रो परिवारलाई केवल मानसिक मात्र होइन, आर्थिक रूपमा पनि तहसनहस बनायो। घरमा बुबा नभएपछि, हाम्रो साना सपना, जीवनको सहजता र खुसी सबै तुहिए ।
    बुबाको अन्तिम संस्कार गर्दा पनि हामी ऋणको भारीले थिचिएका थियौं। धेरैले सहानुभूति दिए पनि आर्थिक सहयोग गर्न कोही तयार भएनन्। बुबा गुमाउनुको पीडा हाम्रो लागि सागर जत्तिकै गहिरो थियो। त्यो पीडालाई छिमेकीहरूको हेला, शत्रुहरूको झगडा र सामाजिक अवहेलनले झन् गहिरो बनायो ।
    घरको अवस्था झन् झन् दयनीय बन्दै गयो। हाम्रो भान्सामा खानेकुराको अभाव हुन थाल्यो। बिहान खायौं भने बेलुका के खाने भन्ने चिन्ता थियो। बिहान बेलुका थोरै खानाको लागि पनि ठूलो संघर्ष गर्नु पर्थ्यो। आमाको आँखा भरिएका आँसु हेरेर हामीलाई थाहा हुन्थ्यो, उहाँभित्र धेरै पीडा थियो । उहाँ हामीलाई हरसम्भव खुशी राख्न प्रयास गरिरहनुभएको थियो ।
    त्यस समय घरमा केही सुन्तला फल्थे। दिदीहरूले डोकोमा सुन्तला बोकेर टाढा सदरमुकाम पु¥याउनुभयो। त्यो पैसाले चामल, नुन र तेल ल्याइन्थ्यो। हरेक दिन हाम्रा दिदीहरू बिहानको उज्यालोमा सुन्तला बेच्न जानुहुन्थ्यो, र बेलुका थाकेका हातहरूले चामल ल्याउनुहुन्थ्यो। आमाले त्यो चामललाई पकाई समान रूपमा भाग लगाएर हामी सबैलाई खुवाउनुहुन्थ्यो ।
    तर हाम्रो कठिनाइ त्यत्तिमै सीमित थिएन। छिमेकीहरूले हाम्रो कमजोर अवस्थाको फाइदा उठाउन खोजे। जग्गा मिच्ने प्रयास गरियो, पानीको स्रोतमा झगडा गरियो। यस्ता झगडाहरूले आमाको चिन्ता अझ बढायो। तर उहाँ कहिल्यै झुक्नुभएन। श्रीमानको वियोगको पीडा लिएर पनि उहाँ हाम्रो परिवारलाई अगाडि बढाउन दृढ रहनुभयो।
    बुबाको अनुपस्थितिमा हाम्रो जीवनका हरेक खुसी मेटिएको थियो। आमाले भने हरेक दुःख सहेर हामीलाई अगाडि बढ्न सिकाउनुभयो। उहाँको प्रेरणाले हामीलाई मिहिनेत गर्न र कठिनाइको सामना गर्न बल दियो।
    मलाई अझै याद छ, बुबाको मृत्युको एक वर्षअघि जेठी दिदीको विवाह भई भारतको पञ्जाबमा बस्नुहुन्थ्यो । उहाँले सानो जागिर गर्नुहुन्थ्यो। पछि उहाँले अरू दिदीहरूलाई पनि उतै बोलाएर काम गर्न प्रेरित गर्नुभयो। उहाँहरूबाट आएको सानो पैसा हाम्रो लागि जीवन परिवर्तन गर्ने स्रोत बन्यो। दिदीहरूले हामीलाई शिक्षित बनाउन र खानपानको लागि पैसा पठाउनुभयो।
    दिदीहरूका संघर्षका ती दिनहरू कहिल्यै बिर्सन सक्दिनँ। , दिनरात काम गर्दा भोगेका पीडाहरू, र उनीहरूको बलिदान हाम्रा लागि उदाहरणीय छन्।
    आज, जब म आफ्नो परिवारको वर्तमान स्थितिलाई हेर्छु, ती दिनहरूको संघर्ष र आँसु सम्झन्छु। जेठी दिदीले पञ्जाबमा घर बनाएर बस्नुभएको छ। साइलो दिदी र कान्छी बहिनी दुवै प्रहरी सेवामा हुनुहुन्छ। अन्य दिदीबहिनीहरू व्यापार र जागिरमा व्यस्त हुनुहुन्छ। म आफैंले पनि आफ्नो संघर्षलाई एक शक्ति बनाएर जीवनमा अगाडि बढ्न सफल भएको छु।
    तर यो सफलता सजिलै सम्भव भएन। यी सबै संघर्षहरूको जरा बुबाको मृत्युसँगै गाँसिएको छ। उहाँले हाम्रो जीवनमा जुन मार्गदर्शन र प्रेरणा दिनुभयो, त्यो कहिल्यै बिर्सन सकिँदैन।
    प्रत्येक साँझ, जब म बुबाको तस्वीर हेर्छु, म उहाँसँग धेरै कुरा गर्न चाहन्छु। म उहाँसँग सोध्न चाहन्छु, “बुबा, तपाईं हुनुहुन्थ्यो भने हाम्रो जीवन कति फरक हुन्थ्यो होला?“ उहाँको अनुपस्थितिले हाम्रो जीवनमा धेरै कमी र अभाव ल्याएको छ।
    यो कथा केवल हाम्रो परिवारको मात्र होइन, हरेक संघर्षशील व्यक्तिको कथा हो। जीवनले कस्तो अवस्थामा पु¥याए पनि, यदि दृढता र मिहिनेतको साथ अघि बढ्न सकिन्छ भने, त्यो चुनौतीलाई पार गर्न सम्भव हुन्छ।
    स्वर्गीय बुबा, तपाईं आज हामीसँग हुनुहुन्न। तर तपाईंको सम्झना र शिक्षा हरेक मोडमा हाम्रो लागि मार्गदर्शक बनेका छन्। तपाईंको प्रेरणा र आशिर्वादले हामीलाई जीवनका हरेक चुनौतीसँग लड्न शक्ति प्रदान गरेको छ। तपाईंको अनुपस्थिति हाम्रो लागि अपूरणीय छ, तर तपाईंको माया सधैं हाम्रो जीवनमा मार्गदर्शक प्रकाश बनेर रहिरहनेछ।
    – लेखक क्षेत्री सञ्चारकर्मी हुन् ।

    Advertisement

    बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ३.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ४.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ५.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ६.
      खुट्टाले लेखेर ३.४० जिपिए

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation