चामल लिएर फर्कदै गरेका महिलालाई घिसारदै लगेर जंलमा बलतकार

आहा खबर
खोटाङ / चामल लिएर घर फर्कने क्रममा खोटाङमा एक महिला बलात्कृत भएकी छन् । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङ घर भएकी २५ वर्षिय महिला गत सुक्रबार बलात्कृत भएकी हुन् ।

भोजपुरको बालङ्खा बजारबाट चामल लिएर घर फर्कनेक्रममा चप्लेटी जंगलमा ति महिलालाई सोहि ठाँउका २२ वर्षिय हरी खड्काले बलात्कार गरेको पिडितले बताएकी छिन् ।

आफु चामल लिएर घर फर्कनेक्रममा खड्काले आफुलाई पछ्याएको र जंगलको विचमा आएपछि जवरजस्ती तानेर जंगलमा बलात्कार गरेको पीडित महिलाले बताए । अहिले ति खड्का फरार रहेका छन् ।

बलातकृत महिलाको डिएनए परिक्षण र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन उनका श्रीमान नौ वर्षकी छोरी सहित दिक्तेल आएका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...