प्युठान । सरुमारानीका किशोरीहरुलाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ । गाउँपालिकाले विद्यालय शिक्षा हासिल गरेका किशोरीहरुलाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरेको हो।
पालिकाभित्रका ६ वटै वडाबाट सहभागी ३४ जना किशोरीहरुलाई ४५ दिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको सूचना प्रविधि अधिकृत शिव राज न्यौपानेले जानकारी दिए। कम्प्युटर शिक्षा आजको अपरिहार्यता रहेकोे र किशोरीको प्राविधिक सीपसम्बन्धी ज्ञान वृद्धि गर्न सञ्चालन गरिएको यो तालिम निकै प्रभावकारी र समय सान्दर्भिक रहेको अधिकृत न्यौपानेले बताए।
सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं ४ नं वडा अध्यक्ष चिन्त सोमै मगर, गाउँपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्य, लेखा प्रमुख टोप बहादुर शाही, ईन्जिनियर शुभाष गौतम,शिक्षा शाखा प्रमुख पुष्पलाल शाही सहभागी थिए । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले सिकेको सीपको उपयोग गर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए ।
समापन समारोहमा कम्प्युटरसम्बन्धी आधारभूत सीप हासिल गरेका ३४ जना किशोरीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
सरुमारानीका किशोरीहरुलाई कम्प्युटर तालिम प्रदान
सरुमारानीका किशोरीहरुलाई कम्प्युटर तालिम प्रदान

Advertisement
तपाईको प्रतिक्रिया