तुलसीपुर। दाङको तुलसीपुरमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब पौने ८ बजेतिर सल्यान कपुरकोट गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ डुम्रीगाउ बस्ने २६ बर्षिय सालिकराम बुढाथोकीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दामु प्रसाद श्रेष्ठका अनुसार अन्दाजी २७/२८ बर्षिय आर्यन थापा र आफ्नो श्रीमती बिच अनैतिक सम्बन्ध भएको थाहा पाए पछि खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती टीका रावल बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै आर्यन थापालाई पनि सालिकरामले खुकुरी प्रहार गरेर घाइते बनाएका छन् । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ।
सालिक राम नेपाल आर्मी ज्वाला दल गणका सहायक अमल्दार हुन्। उनी यसअघि मिसनमा गएर घर फर्किएको प्रहरीले जनाएको छ । तर सालिकराम र टीका बिच दुई हप्ताबिच छोडपत्र भएपछी हाल आर्यनसंग विवाह गर्ने सहमति भएपछी उनीहरु संगै बस्दै आएको घाइते आर्यनले बताएका छन्।
आर्यन १९ नम्बर बाहिनीमा कार्यरत सिपाही हुन्।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, एक पुरुष घाइते
तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, एक पुरुष घाइते
Advertisement
तपाईको प्रतिक्रिया