नवलपरासी। नवलपरासीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन।
शुक्रवार रामग्राम नगरपालिका वडा नं.१६ सबुनी स्थित ३० बर्षिया ललिता कहाँरलाई घाँटी र कोखमा चक्कु प्रहार गरि हत्या गरेको अभियोगमा श्रीमान जोखन कहाँरलाई प्रहरीले पक्राउ गरेको हो।
सोमवार पाल्हिनन्दन गाउँपालिका वडा नं.६ पडरी स्थित नेपाल भारत सिमानामा लुकीछिपी बसेको अवस्थामा कहाँरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक एवं सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए ।
पक्राउ परेका कहाँरलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थपगरि अनुसंधान भईरहेको नवलपरासी प्रहरीले जनाएको छ।
Advertisement