• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा तीन दिनसम्म कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको हो ।
      जिल्लाका विभिन्न स्थानमा ५ वटा भन्दा वढि घार व्यवसायीक रुपमै मौरी गर्ने कृषकलाई गोदावरी मौरी विकास केन्द्रबाट विज्ञ व्यक्तिहरुको सहभागितामा कृषकलाई तालिम प्रदान गरिएको थियो । मौरी पालन गर्दा हुने फाइदा, चुनौती, लगायतका विषयमा कृषकलाई तालिम प्रदान गरिएको हो ।
      तालिमले कृषकलाई मेहनत गरे सफल भइदो रहेछ भन्ने उर्जा प्रदान गरेको कालिगण्डकी गाउँपालिकाबाट मौरी पालन तालिम लिन आएका कुमार थापाले बताए । उनले यश तालिमले मौरी पालनमा आइपर्ने कुनैपनि चाुनौतीलाई सामाना गर्न सक्ने गरि दक्षता प्रदान गरेको बताए ।
       अहिले ८ घार मौरी पालन गर्दै आएका कृषक  एकादेव न्यौपाने तलिबाट मौरी पालन व्यवसायलाई बिस्तार गर्ने सोच बढेको बताए । यो तालिमले साना साना प्राविधिक ज्ञान प्राप्ती गर्न पाउदा धेरै उपलब्धी हासिल गरेको नैपानेले बताए ।
       कृषकलाई मौरी व्यवस्थापन कसरी गर्ने, रोगहरुको निराकरण कसरी गर्ने, मौरीलाई आहार कम भएको खण्डमा कसरी व्यवस्थापन गर्ने प्राविधिक विषयमा कृषकलाई तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । तालिमबाट मौरी पालन गरेका कृषहरुलाई आधारभूत ज्ञान प्राप्ती सँगै मौरी पालनमा आकर्षण र उत्पादन बढाउने प्रमुख उदेश्यले तालिम प्रदान गरिएको भण्डारीको भनाए छ ।
       जिल्लालाई मह उत्पादनको जिल्ला रुपमा बिस्तार गर्न कृषि ज्ञानकेन्द्रले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसले गर्दा जिल्लामा मह उत्पादन गर्ने कृष र उत्पादन बढदै गएको छ ।
      तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अरु व्यवसायभ भन्दा मौरी पालन व्यवसाय सजिलो रहेकाले तालिममा सिकेका उपलब्धीलाई व्यवहारमा लागु गर्न आग्रह गरे । पेसा गत चुनौतीमा आइपर्ने चुनौलाई सामुहिक रुपमा छलफल गरेर अगाडी बढनुपर्ने खत्रीले बताए ।
       जिल्लामा मौरी पालन व्यवसायमा आकर्षण बढदै गएको छ । कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यस व्यवसाय तर्फ कृषकको रोजाई बढदै गएको छ ।
       वर्षमा दुई पटक मह निकाल्ने गरिन्छ । जिल्लामा कृषकले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको कृषकहरुको भनाइ छ।
       गुणस्तरीय मह भएकाले अधिकांश मह घरवाटै १ हजार ५ सय रुपैयामा बिक्री हुने गरेको छ । १० वटा भन्दा बढी घारमा मौरी पालन गर्ने कृषकलाई मौरी र घारमा अनुदान दिने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
        जिल्लामा गतवर्ष भन्दा मह उत्पादन बृद्धि भएको छ । उत्पादन बढनुमा घार संख्यामा बृद्धि, चरन क्षेत्र राम्रो भएको र यो पटक पानीले असर नपरेको उत्पादन बढेको हो ।
        जिल्लामा उत्पादन भएको मह बिक्रीका लागि बजारी गर्न समस्या छैन । पहाडी क्षेत्रमा शेरेना जातको मह उत्पादन हुँने हुँदा यसको मह खोजी खोजी किन्ने गरेको कृषको भनाइ छ ।
       मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले अझै पनि बिना तालिम गर्दै आएका थिए । तर यश वर्ष भने तालिम प्रदान गरिएको हो ।
       जिल्लामा मह उत्पादन बृद्धि गर्न भन्दै बैशाख मह दिवस मनाउन पनि थालिएको छ । गएको बैशाख ४ गते मुसिकोट नगरपालिकाको मालारानीमा मह दिवस मनाइएको थियो ।
       हाल जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ।  जिल्ला भर हाल ४ हजार ५ सय जना मौरी पालन गर्ने कृषक रहेका छन् । जसमध्ये आधुनिक घार ३ हजार ६३६ वटा रहेका छन् ।
        परम्परागत घार २ सय ८९ वटा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा वार्षिक १० लशमलव ५९ मेटन मह उत्पादन हुने गरेको छ ।

    Advertisement

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...