रुपन्देही। देवदह नगरपालिकाको वडा नम्बर ११ मा संचालन भएको एकिकृत घुम्ती सेवावाट करिव आठ सय जना नागरिक लाभान्वित भएका छन।
एकीकृत घुम्ती सेवाको आँखा परिक्षण ५५ जनाले, कृषि सेवा ७२ जना, ल्याब १२५ जना, भेटनरी सेवा ९४ जना, जेष्ठ नागरिक ७० जना, आयुर्वेद ६१ जना, नक्सा परामर्श २५ जना, रोजगार शाखा २५ जना र १७१ जनाले स्वास्थ्य परिक्षण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
जनताको सहजताको लागि एकीकृत घुम्ती सेवा सुरु गरिएको सापकोटाले बताउनुभयो । पालिकाको ११ वटा शाखाबाट प्रदान गरिने सेवा गाउघरमा पुगेर प्रवाह गरिएको हो। नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले एकीकृत घुम्ती शिविरले प्रशासन र नागरिकलाई जोड्ने बिश्वास ब्याक्त गर्नुभयो ।
नागरिकको सुबिधाका लागि शिविर सञ्चालन गरिएको बताउदै खरेलले आगामी दिनमा अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
यसरी पालिकाबाट प्रवाह हुने सेवाहरु गाउँघरमै पाउँदा वडाका बासिन्दाहरु खुशी भएको वडाअध्यक्ष दुधनाथ यादबले बताउनुभयो ।
देवदहमा एकीकृत घुम्ती सेवाबाट ८ सय जना लाभान्वित
देवदहमा एकीकृत घुम्ती सेवाबाट ८ सय जना लाभान्वित

Advertisement
तपाईको प्रतिक्रिया