• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

सरोकारवाला भन्छन : ‘राज्यले मातृभाषाको संरक्षण गर्नुपर्छ’


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • देवदह । मातृभाषालाई राज्यले विभेद गर्दा मातृभाषा लोपहुदै गएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले मातृभाषा, लिपी राज्यको गहना भएकोले यसको संरक्षण गर्ने दायित्व राज्यको भएको बताएका थिए ।

    Advertisement

    देवदह मदरटङ्गस एकेडेमी देवदह–५, ले २५ औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा आयोजित मातृभाषा सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन। कार्यक्रममा बोल्नेहरुले मातृभाषा संरक्षण, सम्वद्र्धन गर्न सके रोजगार समेत सृजना हुनेमा जोड दिएका थिए । उनीहरुले हरेक विद्यालयमा मातृभाषामा शिक्षा प्रदान गर्न सकेमात्र यसको संरक्षण, सम्वद्र्धन हुनेमा जोड दिएका थिए । उनीहरुले मातृभाषा संरक्षण, सम्वद्र्धनमा राज्यले लगानी गर्न नसकेको बताउदै विदेशी भाषालाई प्राथमिकता दिएका कारण मातृभाषा लोपहुदै गईरहेको बताएका थिए । उनीहरुले मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धनले मात्र जातीय पहिचान स्थापित हुनेमा जोड दिएका थिए ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका, नगर शिक्षा अधिकारी टिकाराम शर्माले संविधानले मातृभाषामा शिक्षा लिन पाउने अधिकारी प्रदान गरेको बताउनु भयो । उहाले देवदह नगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रममा मातृभाषालाई समेत जोडेर शिक्षा प्रदान गर्न सकिनेमा जोड दिनु भयो । उहाले मातृभाषा संग संस्कृति जोडिएकोले मातृभाषामा शिक्षा प्रदान गर्न आवश्यक रहेको औल्याउनु भयो ।

    सोही अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले मातृभाषाले कानुनी मान्यता नपाएका कारण संरक्षण, सम्वद्र्धन हुन नसकेको बताउनु भयो । उहाले औपचारिक शिक्षाको माध्यमबाट मातृभाषा संरक्षण, सम्वद्र्धन गर्न सकिने बताउदै त्यसको लागि निर्वाचित जनप्रतिनिधिहरुले पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाले नेपालका राज्यसत्ता संचालकहरुले कानुन बनाएर मातृभाषा मार्ने काम गरेको आरोप लगाउनु भयो ।

    यसैगरी तमु भाषा विद् ठाकुरजंग गुरुङ्गले भाषा, हराए संस्कृति हराउने र संस्कृति हराए जातीय पहिचान हराउने हुदा संरक्षण, सम्वद्र्धृनमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले देवदह मदरटङ्ग एकेडेमीले विगत २५ बर्षदेखि मातृभाषा संरक्षण गर्ने गरी काम गरिरहेको बताउदै अवका दिनमा विद्यालयलाई भाषिक सिकाई केन्द्रको रुपमा विकास गर्दै जानु पर्नेमा जोड दिनु भयो । उहाले वालवालिकालाई मातृभाषामा शिक्षा प्रदान गर्न सकेमात्र शिक्षाले फड्को मार्ने दावी गर्नु भयो।

    देवदह मदरटङ्गस एकेडेमीका प्रवन्ध निर्देशक एवं गुरुङ्ग भाषाका अभियन्ता भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य पुरन गुरुङ्ग, देवदह नगरपालिका–६, का वडाअध्यक्ष खेमबहादुर थापा, २ का वडाअध्यक्ष दलबहादुर साकासकोटी, नेपाल आदिवासी÷जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, ब्राहमण सेवा समाज देवदहका उपाध्यक्ष देवु भट्टराई, नेपाल मगर संघ देवदहका अध्यक्ष मनबहादुर राना, कुमाल सेवा समाजका कृष्ण कुमाल, नेवाःपुचः देवदहका अध्यक्ष कुशल श्रेष्ठ, देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गको स्वागत र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation