• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कपिलवस्तुका पत्रकार र जनप्रतिनिधि विच अन्तरक्रिया


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • कपिलबस्तु। कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा शनिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकाे आयाेजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकाे समन्वयमा गाउँपालिकाकाे समृद्धिका लागि जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हाे । जिल्लामैे विजयनगर गाउँपालिका भाैगाेलिक बनावटले विकट र विकासमा पछाडी परे पनि विकासकाे हिसाबले स्थानीय सरकार आएपछि भाैतिक संरचना, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत क्षेत्रमा निकै फडेकाे मारेकाे छ ।

    Advertisement

    पत्रकारिताले खबरदारी गर्दै गाउँपालिकाकाे चाैतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै पत्रकारहरुसँग गाउँपालिकाकाे समग्र विकासका लागि सल्लाह, सुझाव समेत संकलन गरेकाे छ । यसकाे साथै आगामी वर्षको याेजनाकाे बारेमा समेत पत्रकारहरुसँग बृहत छलफल गरिएको जनाइएको छ । मानव जीवनमा सरसफाई अभावका कारण विभिन्न राेगहरु मानिसलाई लाग्दा विकासका काम बाधा हुने गरेकाेले विजयनगर पुर्ण सरसफाईमा अभियान साथ लागेकाे गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पत्रकारिताकाे माध्यमबाट विकासको काममा सुशासन, अनियमितता विरुद्ध महत्त्वपूर्ण भूमिका खेल्दै गाउँपालिकालाई सचेत गराई रहेकाे बताए । विजयनगरकाे समग्र विकासका लागि कसरी जाने ? भन्ने विषयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएको बताउँदै जनताको आवश्यकता र चाहना अनुसार क्रमिक रुपमा अगाडी बढिरहेको बताए । उनले सामाजिक विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेकाे भन्दै सबैभन्दा बढी बजेट विनियोजन गरिएको जनाए ।

    अध्यक्ष थापाले जनताका आधारभूत कुराहरु पालिकाले प्राथमिकतामा राखेर बढेकाे जिकिर गर्दै विकास निर्माण लगायतकाे गुणस्तरीयतामा जाेड दिएकाे बताए । उनले पूर्ण सरसफाई अभियानमा याेजनाबद्ध रुपमा गाउँपालिकाकाे टीम लागेकाे जनाए । शिक्षा, स्वास्थ्यमा सुधारका कुरामा निरन्तर लागिरहेको जाेड दिँदै समग्र विकास लागि संघ, प्रदेश र संघसंस्थासँग समेत पहल भई ररहेकाे उनकाे भनाई छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य चिन्ता परियारले शिक्षा, स्वास्थ्य र विकास निर्माणकाे गुणस्तरीयतामा पालिकाले जाेड दिन आवश्यक रहेकाे बताए । उनले पालिकाले सुरुवात गरेकाे पूर्ण सरसफाई महत्त्वपूर्ण अभियानलाई भएको भन्दै सुझाव समेत दिए ।

    यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारिताका माध्यमबाट पत्रकारले खबरदारी गर्दै सचेत गराउनुपर्ने बताए । उनले खुला दिसामुक्त क्षेत्र घाेषणा भए पनि चर्पीकाे निर्माण नगर्ने र बनाए पनि प्रयाेग नगर्नेलाई पालिकाले कारवाही गर्न जरुरी रहेकाे बताए । नागरिक सचेतनाका विभिन्न अभियानका कार्यक्रमहरु सञ्चालन गरिए पनि चर्पी प्रयोग नगर्ने अधिकांश जनता भएकाले पूर्ण सरसफाई युक्त पालिका निर्माणका लागि पालिकाले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।

    यस्तै पत्रकार खग प्रसाद चापागाईं र माेहन बेल्बासेले तथ्य र तथ्यांककाे आधारमा समाचार सम्प्रेषण गर्न आवश्यक रहेकाे बताएका छन् । पत्रकारले खबरदारी गर्दै सुशासन कायम गर्न, अनियमितता विरुद्ध कलम चलाउनुपर्नेमा जाेड दिएका थिए ।

    अन्तरक्रिया कार्यक्रम सम्पन्न पश्चात् पत्रकारहरुकाे टाेलीले विजयनगर गाउँपालिकाकाे वडा नम्बर ६ बद्दाैेरमा निर्माण भईरहेकाे १५ शैय्याकाे अस्पतालकाे समेत अवलोकन गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल थापाले ९० प्रतिशत काम सम्पन्न भईसकेकाे बताए । १८ करोड बढीको लागतमा निर्माणा भइरहेको उनले जनाए । यस्तै वडा नम्बर १ गुगाैलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयकाे पनि अवलोकन गरिएको विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष राम प्रघट काेरीले बताए । यस्तै ऐतिहासिक पुरैना ताल र पिकनिक स्पाेर्टसमेेत अवलोकन गरिएको जनाइएको छ ।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation