• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

गुल्मीको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योग संघको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ कात्तिक १५ गतेबाट सञ्चालनमा आएको थियो ।
    उपल्लो तम्घास स्थित मन्दिर परिसरमा १३ दिनसम्म चलेको मेलामा ३ सय वटा स्टल रहेका थिए । त्यसमध्ये ५० वटा स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राखिएको थियो ।
    कात्तिक २५ गतेसम्म चल्ने भनिएको महोसत्व २ दिन थपिएको थियो । महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिएको थियो ।
    जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताए ।
    महोसत्व अवधीभरमा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा विभिन्न ठाउँबाट आएका पाहुँनालाई घुम्नका लागि पुर्याइएको गुल्मी उद्योग संघका महासचिव सुर्दशन खनालले बताए । त्यस्तै जिल्लामा साना ठूला व्यवसायीहरु विभिन्न कारणले बन्द हुँने अवस्थामा आएकाले लगानी सम्भाव्यता छलफल समेत गरिएको थियो ।
    विभिन्न क्षेत्रका बिज्ञहरुको सभागितामा नेपाल र गुल्मी जिल्लामा कसरी लगानी भित्र्याउन सकिन्छ भनेर छलफल समेत गरिएको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए । यस छलफलबाट जिल्लाका लगानी सम्भाव्यता बारे प्रस्तुतिहरु राखिएको थियो ।
    यो अभियानलाई जिल्लामा हुँने कुनै पनि कार्यक्रमहरुमा बहस प्रराम्भ गरेर विभिन्न क्षेत्रहरुमा लगानी भित्र्याउने प्रमुख उदेश्य रहेको पन्थले बताए । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती राखेका थिए ।
    गुल्मी जिल्ला सदरमुकाम तम्घासमा यस अघिका ५ वटा भन्दा बढी महोत्सवहरु चिदीचौर खेल मैदानमा हुँदै आएका थिए । तर यसपटक तम्घासकै उपल्लो तम्घासमा महोत्सव राखिएको थियो ।
    चिदीचौर खेल मैदानमा खेलका लागि मात्रै प्रयोजन गर्ने भनेर श्रृङ्गार्न थालिएकाले महोत्सव गर्न दिइएको थिएन । त्यसैले पनि उपल्लो तम्घासमा निजी जग्गामा महोत्सव गरिएको थियो ।
    यो सँगै गुल्मी जिल्लामा ठूला मेला महोत्सव गर्न सार्वजनिक जग्गाको समेत अभाव खड्किएको छ । गुल्मी उद्योग संघले नयाँ ठाउँमा गरेको महोत्सव सोचेभन्दा धेरै राम्रो जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।
    यस अघिका महोत्सव चिदीचौरमा हुँदा दर्शकहरुको उल्लेख्य सहभागिता हुने गर्दथ्यो । यसपटकको महोत्सवमा पनि त्यसैको हाराहारिमा दर्शकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation