स्थानीय र जिल्ला विपद व्यवस्थापन समितिको समेत तत्काल ध्यानाकर्षण हुन जरुरी छ।
– प्रदीपराज कणेल
ग्यास लिक भएमा विध्युतीय स्विच अन र अफ दुवै गर्न हुदैन । यसोगर्दा स्पार्क भएर फैलिएको ग्यास वल्छ, जसवाट मानवीय र भौतिक क्षति हुनपुग्छ ।
ग्यास लिक भै फैलिएमा झ्याल ढोका खोली हावा आउनजान दिनुपर्छ । लिक हुँदै गरेको सुरुवातिमा रेगुलेटर बन्द गर्नु पर्दछ । ग्यास फैलिई आगो लागिरहेको भए – ग्यासको आगो निभाउन निर्मित ” ए वि सि फायर सेफ्टि एस्टिङ्ग्युसर ” को सावधानीसाथ प्रयोग गर्नु पर्दछ । सम्भव भएसम्म मास्क लगाउने । राती उज्यालोकोलागि टर्च वा मोबाइलको टर्च प्रयोग गर्ने । सुरक्षित रुपमा मानिसहरु बाहिर निस्कने वा निकाल्ने । वारुणयन्त्र वोलाउन निर्धारित नम्बर पहिचान गरि सो नम्बरमा वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्ने । कोहि घाइते भएकोभए सुविधायुक्त अस्पतालमा लैजाने । आफ्नो भान्सा र घरमा रहेका ग्यास सिलिन्डर, रेगुलेटर, पाईप, चुल्हो र अन्य उपकरणको नियमित चेकजाँच र मर्मत सम्भार गर्ने ।
अन्य अवस्थामा पनि काम सकिएपछि रेगुलेटर बन्द गर्नुपर्दछ ।
नियमक निकाय तथा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समितिले – विपद पुर्व तयारी तथा प्रतिकार्य योजनामा ” ग्यास चुहावट वा विष्फोट ” को जोखिम न्यूनीकरण गर्न योजना, रणनीति र कार्ययोजना समावेश गरि प्रवर्द्धनात्मक – नियन्त्रणात्मक र उपचारात्मक कार्यक्रम अवलम्बन गरि सो समेतको नियमित अनुगमन र समिक्षा गर्ने । अस्पतालहरुमा ” जलन उपचार ” कालागि तालिम, साधन स्रोत उपलब्ध गराउने । स्मरण रहोस तराईमा हिउँद याममा धुर ताप्ने ( घुर्यान ताप्ने ) क्रममा असावधानीका कारण कैयन व्यक्ति वर्षेनी यस समस्यावाट पीडित हुनेगरेका छ्न ।
(लेखक लामोसमयसम्म निजामती क्षेत्रमा रहेर काम गरेका प्रदीपराज कणेल पूर्व प्रमुख जिल्ला अधिकारी सिडिअोवाट अवकाश प्राप्त हुन् ।