बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पांच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डे ६ हजार भन्दा बढी मतान्तरले अगाडि छन् । १९ वडा मध्ये १७ वडाको परिणाम आउंदा पाण्डे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा पाण्डे ३ हजार ३९४ मतले अगाडि छन् । पाण्डेले २३ हजार ४३३ मत प्राप्त गर्दा भट्टराईले १७ हजार ३९ मत पाएका छन् ।
उप मेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निकटतम प्रतिस्पर्धी भन्दा ५ हजार ४५६ मतले अघि छन् । अर्यालले १८ हजार ८७५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १३ हजार ४१९ मत पाएका छन् । बुटवलमा सबैभन्दा धेरै १० हजार ३ सय मत खसेको वडा नं ११ र वडा नंं १२ को मतगणना जारी छ । वडा नं १२ मा ४२८० मत खसेको छ ।
Advertisement