• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

म जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो जीवनशैलीमा चमकको के अर्थ ? : ईन्जिनियर पाण्डेय


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • गुल्मी। यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । यही सन्दर्भमा आज हामी नेकपा एमालेको तर्फबाट रेसुङ्गा नगरपालिका प्रमुख पदका उमेद्वार वरिष्ठ ईन्जिनियर तथा पूर्वाधारविज्ञ राजेन्द्रप्रसाद पाण्डेयसँग चुनावी विषयकेन्द्रितमा रहेर अन्तरवार्ता गरेका छौँ । प्रस्तुत छ पाण्डेयसँग गरिएको कुराकानीको संपादित अंश
    स्थानीय सरकारको नेतृत्व गर्न अग्रसर हुनुभएको छ, मतदातामाझ के कस्ता योजना लिएर प्रस्तुत हुनुभएको छ ?
    हेर्नुुस् म कुनै थप पद, प्रतिष्ठा वा व्यक्तिगत अर्थोपार्जनको लहडमा आएको होईन । राष्ट्रसेवाको लामो सीप, अनुभव तथा योगदानकै धरातलमा पनि मेरो अगाडि आकर्षक अवसरहरु थिए र छन् पनि । भनाईको तात्पर्य मेरो पृष्ठभूमिले पनि ती कुराहरुकै लागि म यसरी चुनावमै आउनुपर्ने थिएन । तर, पछिल्ला केही वर्षयता रेसुङ्गा नगरपालिका र खासगरी तम्घास बजार क्षेत्रको आर्थिक चहलपहलमा निकै कम भएको, बसाईसराईदर बढ्न पुगी यहाँको समग्र सेवाक्षेत्र, व्यवसायिक तथा आर्थिक प्रणाली नै मन्द गतिमा शिथिलतातर्फ गएको कुराले मलाई चसक्क छोएकै थियो । जब म जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा प्राप्त गरेको चमकको के अर्थ ? यो कुराले मलाई असाध्यै पिरोलिरहेको थियो । त्यसैले अवकाशपूर्वदेखि नै मैले यस ठाउँको श्रीवृद्धिको लागि के, कसरी कति र कहिले गर्न सकिन्छ भन्ने हिसाबले सुक्ष्म ढङ्गले अध्ययन गरी केही योजना तयार पारेँ । सांगठनिक हिसाबले पहिलेदेखिनै कर्मचारी संगठनमा भएको हिसाबले ती योजनाहरुको स्पष्ट मोडल, लागत, समय, पूरा गर्ने आधार, स्रोत व्यवस्थापन लगायतका विषयहरुबारे पार्टीपङ्ति र विज्ञ समुहमा पनि पर्याप्त छलफल भयो । यसबीच मैले राष्ट्रसेवकबाट अवकाश पनि लिएँ र अबको पूरै समय यस रेसुङ्गा नगरको समुन्नतिमा सुम्पिने संकल्पसहित नेकपा एमालेको तर्फबाट प्रमुख पदको उमेद्वार बनेर आएको हो । मैले भनेका तीनै योजना हाम्रो प्रतिबद्धतामा समेटेर हामी मतदातामाझ पुगिरहेका छौँ ।
    घरदैलो अभियानमै हुनुहुन्छ, कस्तो वातावरण बनिरहेको छ ? तपाइँका योजना र प्रतिबद्धताप्रति कस्ता प्रतिक्रिया दिएका छन् मतदाताले ?
    एउटा कुरा मैले निकै सकरात्मक महशुस गरेँ त्यो के भने, मतदातामा चेतनाको स्तर म आफैले सोँचेभन्दा पनि धेरै राम्रो पाएँ । सायद पूरा गर्ने भरोसा भएरै होला उहाँहरु हामीसँग निकै जिज्ञासु भएर प्रस्तुत हुनुभएको छ । र धेरैको के पाईयो भने स्थानीय सरकार भनेको प्रत्यक्ष हाम्रा दैनिकीसँग जोडिएको संरचना हो, यसर्थ यसमा पुरै पार्टीगत रुपमा मात्र नभई उमेद्वारको क्षमता र योजना कार्यान्वयनको आधार खोजिरहेका छन् । हामी यो यो आधारमा यो काम यसरी गर्न सकिन्छ भन्ने आधारसहित प्रस्तुत भएकाले हामीप्रतिको विश्वास दिनानुदिन बढ्दो छ । फिल्डका सबैजसो कमरेडहरुको रिपोर्टिङ् पनि त्यही नै छ ।
    तपाइँले अघि भनेका योजनाहरु मुख्य रुपमा के के हुन् ? संक्षेपमा बताइदिनोस् न ।
    नेकपा एमालेले यसपटकको निर्वाचनमा रेसुङ्गा नगरपालिकालाई सेवाक्षेत्र तथा आर्थिक गतिविधी सघन बनाउँदै एउटा उदयीमान शहरका रुपमा विकास गर्ने मोडलमा जोड दिएको छ । त्यसका लागि सबैभन्दा पहिले त सडकमार्गलाई चुस्त बनाउनुपर्यो । जसका लागि बढीमा साढे दुई घण्टामा पूर्वपश्चिम राजमार्ग पुग्न सकिने गरी लुम्बिनी रेसुङ्गा ढोरपाटन मार्ग बनाउने भनेका छौँ । यसको स्टेप प्वाइन्ट रेसुङ्गालाई पार्ने गरी यो मार्गबनाउने हो । गेम चेन्जरका रुपमा स्थापना गरिने यस मार्गले रेसुङ्गाको पर्यटकीय गतिविधी गुणात्मक हुनुका साथै यहाँको सिँगो निर्यात प्रणालीमा नयाँ आयाम आउँछ । गुल्मीकै गौरवको आयोजना मझेङ् खानेपानी आयोजना लगायत उत्तराद्र्धमा रहेका सबै योजनालाई शीघ्र कार्यान्वयन गर्छौँ । नगरपालिकाका १४ वटै वडालाई उत्तिकै महत्व दिएर प्रत्येक वडाको एक पहिचान कायम राख्नेगरी उत्पादनका योजना कार्यान्वयन गर्ने र ती सबैलाई दीगो रोजगारीसँग जोड्नेगरी कार्यक्रम तय गरेका छौँ ।
    गुल्मी अस्पताललाई विशेषज्ञ सेवासहितको विशेष सुविधासम्पन्न अस्पताल बनाउने काम शुरु भईसकेको यहाँलाई थाहै होला । अत्याधुनिक संरचना र विशेषज्ञ सेवा छिटो संचालनमा ल्याउन लागिपरेका छौँ । यसमा नगरपालिकाको विशेष सहयोग रहने कुरा स्मरण गराउन चाहन्छु ।
    उता हाम्रो सीमाहाघाट देउलीकोटमा बाँध बाँधेर ड्याम्प बनाउने, भनेको त्यो एउटा मानवनिर्मित ताल, बन्छ । स्वीमिङ् पुल मनोरन्जनको गन्तव्य मात्र नभई त्यसबाट स्थानीय स्तरमा सिँचाईको प्रबन्ध पनि मिलाउने हो । बहुउपयोगी कन्सेप्टलाई जोड दिईएको छ । यो पनि एउटा गौरवको आयोजना हो जसको डीपीआर अगाडि बढाईसकिएको छ ।बम्जीजम्प लगायत साहसीक खेलमैदानदेखि युवामैत्री संरचनामा प्रत्यक्ष रुपमा जनसहभागिता जुटाउने हाम्रो धेय रहेको छ । जसका कारण हाम्रो ठाउँमा के चीज कुन उपादेयताले कस्तो खालको बनाउने कति खर्च लाग्ने त्यसलाई रोजगारीमा कसरी जोड्ने भन्ने कुरामा पारदर्शिता र जिम्मेवारीबोध हुन्छ ।
    सेवाप्रवाह सजिलो बनाउने गरी डिजिटल एप्स को कुरा ल्याउनुभएको छ, कत्तिको संभव छ यो ?
    तपाइंले उठाउन खोजेको इ गभर्ननेन्सको कुरा हो । मतलब नगरपालिकाको कर तिर्न, बिजुली पानी लगायतको बिल भुक्तानी मोबाईल एप्सबाटै गर्ने कुरा हो । म आफैले रेसुङ्गा नगरपालिकाभन्दा धेरै विकट ठाउँहरुमा पनि मोबाईल एप्सको थालनी गर्ने र समन्वय गर्ने कामको जानकारी लिएको छु । हामीकहाँ नसकिने भन्ने कुरै छैन, मानिसलाई टाढाटाढाबाट हिँडेर कार्यालय आउने फेरी घण्टौँ लाइनमा बस्ने दुख किन दिने ? जब हामी एकपटक सेट गरेको एप्समा सेवाग्राहीलाई जोडेपछि सबै काम घरैबाट गरिदन सकिन्छ । यसको सहजीकरणका लागि वडागत रुपमा विद्यालय, शिक्षक विद्यार्थी सामाजिक परिचालक लगायतलाई सहजकर्ताका रुपमा परिचालन गर्न सकिन्छ । तर एकपटक सिकिसकेपछि त्यस्तो समस्या आउँदैन त्यसको डिजाइन नै अति सरल तरिकाले गरेका छौँ ।
    यो हामीले भनेको मेरो रेसुङ्गा एप्सको कुरा सरसर्ती सुन्दा बिल घरबाटै बुझाउन सकिने भन्ने मात्र बुझ्नु भएन तपाईँमार्फत म सबै आदरणीय नगरबासीहरुलाई के स्पष्ट पार्न चाहन्छु भने, यसबाट तपाईले लिन चाहेका सिफारिसपत्र जस्ता कार्यालयले दिने कागजात सिधै पाइने हो । त्यसको प्रोसेस घरै बसेर मोबाईलबाट गर्ने हो ।
    सबै काम त्यस प्रणालीबाट तत्काल गर्न नसकिने अवस्था होला त्यसका लागि कार्यालय आईपुग्ने सेवाग्राहीलाई कसरी छिटो र सजिलो सेवा दिन सक्नुहुन्छ ?
    सिस्टममा गईसकेपछि धेरै सेवाहरु त्यसैभित्रबाट गर्न सकिन्छ । तत्काल कार्यालयमा आउनुपर्ने थोरै प्रकृतिका कामका लागि असुविधा नहोस् भनेर नगरबासीको सजिलोका लागि नगरबस संचालनमा ल्याउँछौँ । सँगसँगै नगरपालिकाका सबै वडालाई परिक्रमा गर्ने गरी रेसुङ्गा चक्रपथ निर्माण गर्ने हाम्रो तयारी हो । सेवाग्राहीका काम छिटो गर्ने वातावरण मिलाउन कार्यालयमा नागरिक सहायता कक्षको भरपर्दो संरचना निर्माण गरी परिचालन गर्ने हो । सुशासनमा चुस्त र पूर्वाधारमा दुरुस्त प्रणाली आजको मुख्य आवश्यकता हा, म घमण्डका साथ नभई गर्वका साथ भन्छु त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।
    तम्घासलाई शैक्षिक हवका रुपमा विकास गर्ने भन्नुभएको छ, त्यसका लागि के के योजना छन् ?
    हेर्नुस शिक्षा मानव जिवनको निकै महत्वपूर्ण चिज हो । म आज जुन अवस्थामा छु यसको एउटा मात्र कारण शिक्षा नै हो । यसै कुरालाई मध्यजनर गर्दै रेसुङ्गा नगरलाई प्राबिधिक शिक्षाको शैक्षिक हवको रुपमा विकास गरि ईन्जिनियरिङ्ग, कृषि, भेटेनरी, स्वास्थ्य सम्बन्धीको उच्च शिक्षा तथा सामुदायिक बिद्यालयहरुमा गुणस्तर सुधार विस्तार तथा विश्वास दिलाउने गरि म रेसुङ्गा नगरलाई शैक्षिक हवको रुपमा विकास गर्न चाहन्छु ।
    अत्यमा केहि छ की भन्नु पर्ने ?
    धेरै कुराहरु त म भनिनै सके म फेरि पनि भन्छु की रेसुङ्गा नगरलाई साच्चिकै विकशित र समुन्नत बनाउन म यसपटक बिशेष योजनाका साथ आएको छु र नगरवासीले पनि निकै माया गरिरहनु भएको छ । सबैक्षेत्रबाट उत्साहपूर्ण सहयोग सदभाव रहेको यस सन्र्दभमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म लगायत मेरो सम्पूर्ण टिमलाई मतदान गरि विजयी बनाउन हुन हार्दिक अपिल गर्न चाहन्छु र मेरा कुरा राख्ने सु–अवसर प्रदान गरेकोमा तपाई र यो मिडियालाई धेरै धेरै धन्यवाद ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation