काभ्रेपलान्चोक। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले केपी वली कम्पनी नामक एमालेले नै एमसीसी पास गर्ने वताएका छन । शनिवार काभ्रेपलान्चोक जिल्ला मण्डनपुर नगरपालिकाकाे बृहत् युवा भेलालाई सम्बाेधन गर्दै नेता चाैधरीले विभिन्न शर्तसहित केपी वली कम्पनी एमसीसी पास गर्ने तयारी रहेको वताएका हुन । माधव नेपाल सहित १४ सासंदकाे पद नभएको सुचना सार्वजनिक गर्नुपर्ने,सभामुखलाई महाअभियाेग लगाएर गठवन्धन विघटन गर्ने जस्ता विभिन्न शर्तहरुसहित काङ्ग्रेसलाई एमसिसि पास गर्न सहयाेग गर्ने वली कम्पनी तयार रहेकाे नेता चाैधरीकाे भनाइ रहेकाे छ । प्रतिनिधि सभा सदस्य समेत रहेका समाजवादीका नेता चाैधरीले आगामी निर्वाचनमा केपी वली पार्टीले प्रत्यक्षमा अधिकाशं निर्वाचन क्षेत्रमा आफ्नो धराैटी समेत जाेगाउन नसक्ने दावी गरे । सरकारमा सहभागी दलहरुविचकाे गठवन्धनलाई भत्काएर निर्वाचनमा जाने सपना देख्ने केपी वली कम्पनीको त्याे सपना सपनामै सिमित हुन्छ उनलेे भने` आगामी निर्वाचनसम्म सरकार गठवन्धन दलहरुका विचमा गठवन्धन गरेरै चुनावी मैदानमा जाने पक्का भएकाले निर्वाचनमा केपी वलीकाे पाटीले अधिकांश क्षेत्रमा आफ्नो धराैटी जाेगाउन सक्दैन ।´ हुने वताए । चाैधरीले दुई दुईपटक ससंद विघटन गर्ने वली पाटी प्रतिनिधि सभा निर्वाचनमा जाने नैतिकता नभएको पनि ठाेकुवा गरे । उनले एकीकृत समाजवादी पार्टी जनताको मनमनमा वसिसकेकाले अवकाे निर्वाचननमा जनताको पहिलो पार्टी हुने वताए ।
केपी वली कम्पनी पार्टीले नै एमसीसी पास गर्छ: मेटमणि चाैधरी
केपी वली कम्पनी पार्टीले नै एमसीसी पास गर्छ: मेटमणि चाैधरी
Advertisement
तपाईको प्रतिक्रिया